NE/Prabhupada 0393 - निताइ गुण​-मणि आमार तात्पर्य



Purport to Nitai Guna Mani Amara


यो भजन लोचन दास ठाकुरले लेख्नु भएको हो, चैतन्य महाप्रभुको लगभग समकालीन हुनुहुन्थ्यो | उहाँले चैतन्य महाप्रभुको जीवन र उपदेशको बारेमा धेरै पुस्तकहरु लेख्नुभएको छ | त उहाँ भन्नुहुन्छ नित्यानन्द प्रभु सबै राम्रो गुणहरु सम्पन्न हुनुहुन्छ, गुण-मणि | गुण-मणि भनेको सबै गुणहरुको गहना हो | त निताइ गुण​-मणि आमार निताइ गुण​-मणि उहाँले बार-बार भन्नुहुन्छ नित्यानन्द प्रभु सबै राम्रो गुणहरुको कुण्ड हुनुहुन्छ | अनिया प्रेमेर वन्या भासाइलो अवनी | र उहाँको अध्यात्मिक गुणहरुको कुरामा, उहाँले पुरै दुनियाभरि भागवत प्रेमको बाढी ल्याउनुभयो | उहाँको नम्रताको कारणले मनुष्यहरुले भागवत प्रेम महसुस गर्न सके | प्रेमेर वन्या लोइया निताइ आइला गौड​-देशे | जब चैतन्य महाप्रभुको घर छोडेर सन्यास लिनुभयो, उहाँले आफ्नो मुख्यालय जग्गनाथ पुरीमा बनाउनुभयो | त उहाँले सन्यास स्वीकार गर्नुभए पछि, उहाँले आफ्नो घर र देश छोड्नुभयो, नित्यानन्द प्रभु पनि उहाँसँगै जग्गनाथ पुरी जानुभयो | र केहि दिन पछि, चैतन्य महाप्रभुले उहाँलाई आग्रह गर्नुभयो " यदि हामी दुवैजना यहाँ बस्यौ भने बंगालमा कसले प्रचार गर्छ ?" बंगाललाई गौड-देश पनि भनिन्छ | त चैतन्य महाप्रभुको आदेशमा, उहाँले भागवत प्रेमको बाढी ल्याउनु भयो, र पुरै बंगाल, गौड-देशमा वितरित गर्नुभयो | र त्यो भागवत प्रेमको बाढीमा,सबै भक्तहरु डुब्न पुगे | केवल अभक्तहरु मात्रै दुबेनन्, उनीहरु डुब्न सकेनन् , तर उनीहरु तैरिदै थिए, दीन हीन बाछे | तर जहाँ सम्म नित्यानन्द प्रभुको कुरा छ, उहाँले भक्त र अभक्त बीच भेद देख्नु हुन्न | दीन हीन पतित पामर नाहि बाछे | धनि वा गरिब, प्रबुद्ध वा मुर्ख, सबैजनाले चैतन्य महापप्रभुको आदेश पालन गर्थे, र भागवत प्रेमको महासागरमा डुब्न पुग्थे | त्यस्तो भगत प्रेम भनेको ब्रह्मार दुर्लभ​ | ब्रह्माजी, जो यो ब्रह्माण्डको सर्वोच्च शिक्षक हुनुहुन्छ, उहाँलाई पनि यो स्वाद पाउँन गारो छ | तर चैतन्य महाप्रभु र नित्यानन्द महप्रभुको कृपाले, यो भागवत प्रेम सबैमा भेदभाव विना वितरित भयो | त आबद्ध करुणा-सिन्धु, यो ठुलो महासागरलाई सबै दिशाबाट थुनेको जस्तो थियो | भागवत प्रेमको सागर धेरै ठुलो सागर थियो, तर त्यो डुब्न सकिन थियो | त नित्यानन्द प्रभुले समुन्द्रबाट एउटा सानो नहर बनाएर सबै घर तिर लग्नुभयो | घरे घरे बुले प्रेम​-अमियार बान् | भागवत प्रेमको अमृतको बाढीलाई बंगालको हरेक घरमा वितरण गर्नुभयो | वास्तवमा बंगालमा अझै नि जब चैतन्य महाप्रभु र नित्यानन्द प्रभुको कुरा हुन्छ त्यहाँ व्याकुलता हुन्छ | लोचन बोले, अब लेखकले आफ्नो तर्फबाट बोल्दै छन्, जसले नित्यानन्द प्रभुले दिनुभएको कुराको फाइदा लिदैन, उहाँको विचारमा त्यो मानिसले जानीबुझी आत्महत्या गर्दै छ |