NE/Prabhupada 0404 - कृष्ण भावना रुपी तरबार ग्रहण गर, तिमी केवल श्रवण गर्ने प्रयास गर



Lecture on SB 1.2.16 -- Los Angeles, August 19, 1972


त्यसैले शुश्रूषोः, शुश्रूषोः श्रद्धधानस्य (श्री भा १|२|१६) | जो श्रद्धापूर्वक श्रवणमा संग्लग्न हुन्छ, श्रद्धधान​..... आदौ श्रद्धा | श्रद्धा बिना, तपाईले कुनै प्रगति गर्न सक्नुहुन्न | यो अध्यात्मिक जीवनको सुरुवात हो | आदौ श्रद्धा | "ओहो, यहाँ कृष्ण भावना चल्दैछ | यो धेरै राम्रो छ | उनीहरु राम्रो प्रचार गर्दैछन् |" मानिसहरु अझ पनि हाम्रा गतिविधिहरुको प्रशंसा गर्दैछन् | यदि हामी आफ्नो स्तर कायम राख्छौं, उनीहरुले सराहना गर्नेछन् | यसलाई भनिन्छ श्रद्धा | यो सराहनालाई श्रद्धा भनिन्छ, श्रद्धधानस्य​ | ऊ संग्लग्न नभए पनि, यदि कसैले भने पनि,"ओहो, यो धेरै राम्रो छ | यी मानिसहरु राम्रा छन् |" कहिलेकाही पत्रिकामा उनीहरु भन्छन् कि "यी हरे कृष्णका मानिसहरु राम्रा छन् | हामीहरुलाई उनीहरु जस्तै अरु पनि चाहिन्छ |" उनीहरु भन्छन् | त्यसैले यो सराहना पन त्यस मानिसको लागि स्तरोन्नतिको मौका हो | यदि उसले श्रवण गर्दैन, ऊ आउँदैन, केवल उसले भन्छ "यो धेरै राम्रो छ | हो |" जस्तै साना बच्चाहरु, उनीहरुले पनि सराहना गर्छन्, आफ्नो कर्ताल बजाएर उठ्दै | सराहना | जीवनको सुरुवात देखि, सराहना, "यो राम्रो छ |" उसलाई थाहा छ वा थाहा छैन, यसको मतलब हुँदैन | केवल सराहनाले उसलाई अध्यात्मिक जीवनको स्पर्श दिन्छ | यो यति राम्रो छ | श्रद्धा | यदि उनीहरुले विरुद्धमा केहि गर्दैनन्, केवल सराहना,"ओहो, तिनीहरु धेरै राम्रो गर्दैछन्...." त्यसैले अध्यात्मिक जीवनको विकास भनेको यस सराहनाको विकास, त्यति हो | तर तह अनुसारका सराहना हुन्छन् | शुश्रूषोः श्रद्धधानस्य वासुदेव​-कथा-रुचिः | अगाडीको श्लोकमा व्याख्या गरिएको छ, यद् अनुध्यासिना युक्ताः | एक मानिस संग्लग्न हुन्छ, सधैं सोच्दै | यो तरबार हो | तपाईले कृष्ण भावनाको यस तरबार हो | तब तपाई मुक्त हुनुपर्छ | गाँठोलाई तरबारले काट्न सक्छ | अब यस तरबार कहाँ पाउने ? त्यो प्रक्रिया यहाँ वर्णित छ, कि तपाईले केवल श्रद्धापूर्वक श्रवन गर्नुहोस् | तपाईले तरबार पाउनुहुनेछ | त्यति हो | वतावमा, हाम्रो कृष्ण भावनामृत आन्दोलन फैलदै छ | हामी एक पछी अर्को तरबार प्राप्त गर्दैछौं, केवल श्रवन गरेर | मैले यस अभियान न्यु-योर्कमा रुरु गरेको थिएँ | तपाई सबैलाई थाहा छ | मसँग वास्तवमा कुनै तरबार छैन | जस्तै कुनै धार्मिक सिद्धान्तमा तिनीहरु एक हातमा शास्त्र लिन्छन्, र अर्को हातमा तरबार: "तिमी यो शास्त्र स्वीकार; अन्यथा म तिम्रो टाउको काटिदिनेछु |" यो पनि अर्को प्रचार हो | तर मसँग तरबार पनि थियो, तर त्यस प्रकारको तरबार होइन | यो तरबार- मानिसलाई श्रवन गर्ने मौका दिने | त्यति हो | वासुदेव-कथा-रुचि: | जब उसले रुचि प्राप्त गर्छ..... रुचि | रुचि भनेको स्वाद | "यहाँ कृष्ण कथा हुँदैछ, धेरै राम्रो | मैले सुन्नुपर्यो |" यति तरबार तपाईले तत्काल लिनुहोस् | तरबार तपाईको हातमा छ | वासुदेव-कथा-रुचि: | तर कोप्रति रुची ? यो स्वाद ? किनकि, जसरी मैले धेरै पटक वर्णन गरिसकें, स्वाद, गुलियो मिठाई जस्तै | सबजनालाई थाहा छ कि यो धेरै मिठो हुन्छ, तर यदि तपाईले कमलपित्तले पिडित मानिसलाई दिनुहुन्छ, उसलाई त्यसको स्वाद तितो लाग्छ | सबजनालाई थाहा छ मिठाई गुलियो हुन्छ, तर कमलपित्तले पिडित मानिस, उसलाई मिठाई धेरै तितो लाग्छ | सबजनालाई यो थाहा छ | त्यो तथ्य हो | त्यसैले रुचि, वासुदेव कथा, कृष्ण-कथा श्रवण गर्न स्वाद, यो भौतिक रुपले रोगिले स्वाद लिन सक्दैन | यो रुचि, स्वाद | यो स्वाद प्राप्त गर्न प्रारम्भिक गतिविधिहरु छन् | त्यो के हो ? पहिलो कुरा सराहना हो: "ओहो, यो धेरै राम्रो छ |" आदौ श्रद्धा, श्रद्दधान​ | त्यसैले श्रद्धा, सराहना, यो सुरुवात हो | तब साधु-सङ्ग (चै च मध्य २२|८३) | तब मिसावट: "ठिक छ, यी मानिसहरु जप्दै र कृष्णको बारेमा बोल्दैछन् | म त्यहाँ गएर बस्नुपर्यो र अझ धेरै सुन्नुपर्यो |" यसलाई भनिन्छ साधु-सङ्ग | जो भक्त छन्, उनीहरुसँग सङ्ग गर्न | यो दोस्रो अवस्था हो | तेस्रो अवस्था भजन-क्रिया हो | जब कोहि राम्ररी सङ्ग गर्छ, तब उसले अनुभव गर्नेछ,"शिष्य किन नबन्ने ?" हामीले प्रयोग प्राप्त गर्नुपर्छ,"प्रभुपाद, यदि हजुरले कृपया मलाई आफ्नो शिष्य बनाउनुहोस् |" यो भजन-क्रियाको सुरुवात हो | भजन क्रिस्य भनेको भगवानको सेवामा संग्लग्न हुनु | त्यो तेस्रो अवस्था हो |