NE/Prabhupada 0414 - परम पुरुषोत्तम भगवान कृष्णको समिपमा जाने



Lecture & Initiation -- Seattle, October 20, 1968


प्रभुपाद: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

दर्शक: गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि |

प्रभुपाद: कृष्ण भावनामृत अभियान भनेको सर्वोच्च पुरुषोत्तम भगवान, कृष्ण समक्ष पुग्ने | यो कृष्ण भावना हो | प्रत्यक्ष रुपमा | यो चैतन्य महाप्रभुको विशेष उपहार हो कि...... यस युगमा धेरै कमजोरीहरु छन्, मानव जीवनमा कमी, कि तिनीहरु क्रमिक रुपले कृष्ण भावना वा भागवत भावना त्याग्छन् | तिनीहरुले क्रमिक रुपले त्याग्दैछैनन्, तिनीहरुले पहिल्यै त्यागिसके | तसर्थ वेदान्त-सूत्रमा भनिएको छ, अथातो ब्रह्म जिज्ञासा | यो होइन कि हामीले भिन्न किसिमको धार्मिक विधि ल्याएका छौं | यो वर्तमान समयको थुओ आवश्यकता हो | किनकि हामी भन्छौं कि तपाई बाइबल पालन गर्नुहोस्, वा कुरान पालन गर्नुहोस् वा वेद पालन गर्नुहोस्, लक्ष्य भगवान हुनुहुन्स्छ | तर वर्तमान समयमा यो कलि युगको प्रभावको कारणले..... कलि-युग भनेको झगडा र असहमतिको युग | त्यसैले, यो युगमा मानिसहरु धेरै कारणले निराश छन् | पहिलो अयोग्यता भनेको तिनीहरु धेरै समयसम्म बाँच्दैनन् | भारतमा औसत आयु पैंतीस वर्ष छ र मलाई थाहा छैन यहाँको औसत आयु कति छ, तर भारतको जनसंख्या धेरै घना छ | भारत बाहिर उपनिवेश कायम गर्न उनीहरुको त्यस्तो बुद्धि छैन वा उनीहरुले मतलब गरेनन् | सबजना त्यहाँ शोषण गर्न गए तर उनीहरुले अरु स्थानलाई शोषण गर्ने कहिल्यै सोचेनन् | त्यो उनीहरुको संस्कृति हो..... उनीहरु अरुको सम्पत्ति हडप्ने प्रयास गर्दैनन् | जे भए पनि, भारतको स्थिति धेरै अनिश्चित छ किनकि उनीहरुले आफ्नो संस्कृति छाडिसके, र उनीहरु पश्चिमी संस्कृतिको नक्कल गर्ने प्रयास गर्दैछन् जुन उनीहरुले धेरै परिस्थितिको कारणले गर्न सक्दैनन्, र त्यसले गर्दा उनीहरु सिल्ला र च्यारिब्दिसको सिङ्गको बीचमा फसेका छन् | यो युग त्यस्तै छ | भारतमामात्र होइन, अरु देशहरुमा कठिनाईहरु भिन्न तरिकामा छन् | समस्या भिन्न छन् | तर त्यहाँ अरु समस्या छन्, भारतमा वा अमेरिकामा वा चीनमा | सबैतिर तिनीहरु संसारिक शान्तिको लागि धेरै योजना बनाउने प्रयासमा छन् | तपाईको देशमा पनि, अमेरिकामा पनि, केनेडीजस्ता ठुला मानिसको लागि पी सुरक्षा छैन | जो पनि कुनै क्षणमा मारिन सक्छ, र त्यहाँ कुनै कार्यवाही छैन | त्यसैले यहाँ अर्को समस्या छ | साम्यवादी देशहरुमा तिनीहरु नागरिकमाढी बलपूर्वक शासन गर्दैछन् | त्यसैले धेरै रुसीहरु, धेरै चिनियाँहरु, तिनीहरु आफ्नो देशबाट बाहिर निस्कंदैछन् | तिनीहरुलाई यो साम्यवादी विचार मन पर्दैन | समस्याहरु यो युगको कारण छन् | यो कलि युगको कारण समस्याहरु छन् | र समस्याहरु के हुन् ? समस्या यो हो कि यस युगमा मानिसहरुको आयु छोटो छ | हामीलाई थाहा छैन हामी कहिले मर्नेछौं | कुनै पनि क्षण | यो भनिएको छ कि भगवान रामचन्द्रको शासनको बेलामा, एउटा ब्राह्मण (सँगै:) यसले काम गर्दैन ? एउटा ब्राह्मण, उनी राजाकहाँ आए,"मेरो प्रिय राजा, मेरो छोरो मर्यो | त्यसैले यो जवाफ दिनुहोस् कि पिताको उपस्थितिमा छोरो मर्नुपर्यो |" हेर्नुहोस् त राजा कति जिम्मवार थिए | एउटा वृद्ध पिताले राजालाई असन्तोष प्रकट गरे, :के कारणहो कि पिताको उपस्थितिमा एउटा छोरो मर्छ ? कृपया जवाफ दिनुहोस् |" हेर्नुहोस् त त्यहाँ कति जिम्मेवार सरकार थियो | सरकार जिम्मेवार हुन्छ यदि छोरा पिताभन्दा अघि मर्छ | प्राकृतिक रुपमा, पिता छोराभन्दा वृद्ध हुन्छन्, त्यसैले उनी पहिले मर्नुपर्छ | त्यहाँ त्यतो जिम्मेवार सरकार थियो | अहिलेको सभ्य संसारमा कोहि पनि मारिन सक्छ, तर कसैले त्यसको मतलब गर्दैन |