NE/Prabhupada 0419 - दिक्षा भनेको कृष्ण भावनाको तेस्रो स्तर



Lecture & Initiation -- Seattle, October 20, 1968


यो दीक्षा भनेको कृष्ण भावनाको तेस्रो अवस्था | जो दीक्षित छन्, उनीहरुले सम्झनुपर्छ कि उनीहरुले नियम पालन गर्नुपर्छ | जस्तै यदि कोहि मानिस कुनै प्रकारको रोगबाट मुक्त हुन चाहन्छ, उसले चिकित्सकद्वारा दिइएको नियम पालन गर्नुपर्छ, र त्यसले उसलाई रोगबाट सिघ्र सन्चो हुन मदत गर्नेछ | त्यसैले यी चार प्रतिबन्धका सिद्धान्त उनीहरुले पालन गर्नुपर्छ र दैनिक कम्तिमा सोह्र माला जप्नुपर्छ र क्रमिक रुपमा ऊ यस धारणामा पक्का हुनेछ र आसक्ति र स्वाद पाउनेछ, र कृष्ण-प्रेम स्वत:...... यो सबैको हृदयमा छ | कृष्ण-प्रेम, यो बाहिरी कुरा होइन कि हामी प्रभाव पार्न खोज्दैछौं | होइन | यो सर्वत्र हरेक जीवमा छ | अन्यथा कसरी यी अमेरिकी युवा र युवतीहरुले यो लिंदैछन् यदि यो त्यहाँ छैन ? यो त्यहाँ छ | म केवल मदत गर्दैछु | जस्तै सलाई: यसमा आगो छ र कसैले केवल रगडेर मदत गर्न सक्छ, त्यति हो | त्यसमा आगो छ | तपाईले दुइटा लठ्ठी रगडेर आगो प्राप्त गर्न सक्नुहुन्न, यदि त्यसको टुप्पोमा रसायन हुँदैन | त्यसैले कृष्ण भावना सबैको हृदयमा छ, एक मानिसले केवल यसलाई कृष्ण भावनाको सङ्गद्वारा पुनर्जागृत गर्न सक्छ | त्यसैले यो कठिन पनि छैन, अव्यवहारिक पनि छैन, असजिलो पनि छैन | सबै कुरा राम्रो छ | त्यसैले सबजनालाई हाम्रो अनुरोध भनेको उनीहरुलाई चैतन्य महाप्रभुको यस उदारतापूर्ण उपहार दिनुहोस्, कृष्ण भावनामृत अभियान तथा हरे कृष्ण जप, र तपाई खुसी हुनुहुनेछ | त्यो हाम्रो कार्यक्रम हो |

धेरै, धेरै धन्यवाद |