NE/Prabhupada 0423 - म तपाईको लागि धेरै मेहेनत गर्दैछु, तर तपाईले फाइदा लिनुहुँदैन



Lecture on SB 2.9.14 -- Melbourne, April 13, 1972


यो धेरै राम्र्को कुरा छ | यहाँ अवसर छ | हामीले अवसर प्राप्त गर्छौं, लक्ष्मी | जसरी कृष्णको सेवा गरिन्छ | लक्ष्मी-सहस्र​-शत​-सम्भ्रम​-सेव्यमानम् (ब्र स ५|२९) | याद एक जीवनमा प्रयास गरेर मैले भगवानको राज्यमा प्रवेश गर्ने मौका प्राप्त गर्दैछु, शाश्वत, आनन्दमय जीवन पाउने, यदि मैले अस्विकार गर्छु, म कति अभागी हुन्छु | तपाईको पतन भए पनि | तर तत्काल स्थानान्तरण हुने मौका छ | तर मौका नभए पनि, यो पूर्ण नभए पनि, यो असफलता भए पनि, तब पनि भनिएको छ "यो पुण्य हुन्छ," किनकि अर्को जीवनमा मानव रुप पक्का छ | र साधारण कर्मीको लागि अर्को जीवन के हुन्छ ? त्यसको कुअनी जानकारी छैन | यं यं वापि स्मरन् लोके त्यजत्य् अन्ते कलेवरम् (भ गी ८|६) | ऊ रुख बन्न सक्छ, ऊ बिरालो बन्न सक्छ, ऊ देवता बन्न सक्छ | देवताभन्दा बढी होइन | त्यति हो | र देवता के हुन् ? उनीहरुले उच्च ग्रहमा केहि मौका प्राप्त गर्छन् र फेरी तल झर्छन् | क्षीणे पुण्ये पुनर् मर्त्य​-लोकं विशन्ति | बैंकको खाता, पुण्य गतिविधिको फल समाप्त भएपछी, फेरी तल झर्ने | आ-ब्रह्म​-भुवनाल् लोकन् पुनर् आवर्तिनो ऽर्जुन​: "तपाई ब्रह्माजी बस्नुहुने ब्रह्मलोक जानुभए पनि, जसको एक दिनको गणनाहामीले गर्न सक्दैनौं; तपाई त्यहाँ गए पनि फर्कनुपर्नेछ |" मद्-धाम गत्वा पुनर् जन्म न विद्यते | "तर यदि तिमी मकहाँ आउँछौ, तब यहाँ फेरी तल झर्नुपर्दैन |" यो कृष्ण भावनाको अवसर हो | त्यक्त्वा स्व​-धर्मं चरणाम्बुजं हरेर् भजन्न् अपक्वो ऽथ पतेत् ततो यदि यत्र क्व वाभद्रम् अभूद् अमुष्य किं को वार्थ आप्तो ऽभजतां स्व​-धर्मतः (श्री भा १|५|१७) तस्यैव हेतोः प्रयतेत कोविदो न लभ्यते यद् भ्रमताम् उपर्य्-अधः तल् लभ्यते दुःखवद् अन्यतः सुखं कालेन सर्वत्र गभीर​-रंहसा (श्री भा १|५|१८) तपाईले यो सब पढ्नुपर्छ | तपाई पढ्नुहुँदैन | भागवतको प्रथम खण्डमा यी कुराहरुको व्याख्या गरिएको छ | तर मलाई लाग्दैन कि तपाई यी सब कुराहरु पढ्नुहुन्छ | के तपाई पढ्नुहुन्छ ? यदि तपाईले पढ्नुहुँदैन, तपाईले अशान्त अनुभव गर्नुहुनेछ: "ओहो, म जापानबाट भारत जानुपर्यो, भारतबाट जापान |" तपाई अशान्त हुनुहुन्छ किनकि तपाई पढ्नुहुँदैन | म तपाईको लागि धेरै मेहेनत गर्दैछु, तर तपाईले फाइदा लिनुहुँदैन | खाने र सुत्ने कार्यको फाइदा नलिनुहोस् | यी पुस्तकहरुको फाइदा लिनुहोस् | तब तपाईको जीवन सफल हुनेछ | मेरो कर्तव्य-मैले यति मुल्यवान कुराहरु दिएको छु, दिन-रात हरेक शब्द-शब्दमा तपाईलाई सम्झाउने प्रयास गरेको छु | र यदि तपाईले यसको फाइदा लिनुहुँदैन भने मैले तपाईको लागि के गर्नसक्छु ? ठिक छ |