NE/Prabhupada 0426 - जो विद्वान छ, उसले न जीवित शरीरको लागि शोक गर्छ, न मृत शरीरको लागि



Lecture on BG 2.11 -- Edinburgh, July 16, 1972


प्रभुपाद: अनुवाद |

प्रद्युम्न: अनुवाद: "भगवानले भन्नुभयो: तिमी कुरा विद्वानको जस्तै गर्छौ तर जसको लागि शोक गर्नु आवश्यक छैन त्यसैको लागि शोक गर्दैछौ | विद्वानहरु न जीवितको लागि शोक गर्छन् न मरेका लागि नै गर्छन् (भ गी २|११) |"

प्रभुपाद: "भगवानले भन्नुभयो: तिमी विद्वानको जस्तै कुरा गर्दैछौ, तर जसको लागि शोक गर्नु आवश्यक छैन त्यसैको लागि शोक गर्दैछौ | विद्वानहरु न जीवितको लागि शोक गर्छन् न मरेका लागि नै गर्छन् | कृष्ण दर्शन, कृष्ण भावनाभावित अभियान, मानिसहरुलाई जीवको मौलिक अवस्था बुझ्न हो | यहाँ भनिएको छ कि जो विद्वान छ, उसले न जीवितको लागि शोक गर्छ न मृतको लागि गर्छ | (सँगै:) उनीहरुलाई अगाडीको पंक्तिबाट हटाउनुपर्छ | उनीहरुलाई हटाउनुपर्छ, उनीहरु पछाडी जानुपर्छ | वर्तमान सभ्यता जीवनको शारीरिक धारणामा आधारित छ | "म यो शरीर हुँ |" "म भारतीय हुँ," "म अमेरिकी हुँ," "म हिन्दु हुँ," "म मुस्लिम हुँ," "म कालो हुँ," "म सेतो हुँ," इत्यादी | सम्पूर्ण सभ्यता जीवनको शारीरिक धारणामा चल्दैछ | ज्ञानको विकास भए तापनि, धेरै विश्वविद्यालय र शैक्षिक संस्थाहरुको स्थापना, तर यो विषय कहीं पनि सिकाइँदैन,"म के हुँ |" उनीहरु यो शिक्षा दिएर अझै गलत बाटोतर्फ लाग्दैछन् कि "तिमी यो जमिनमा जन्मेका छौ | तिमीले आफ्नो राष्ट्रको लागि सोच्नुपर्छ, तिमीले आफ्नो राष्ट्रको लागि कार्य गर्नुपर्छ |" वा तथाकथित राष्ट्रियता सिकाइँदैछ | तर कसैलाई पनि ऊ वास्तवमा के हो सिकाइँदैन | कुरुक्षेत्रको युद्धभूमिमा अर्जुनको उही स्थिति थियो | त्यहाँ युद्ध थियो | त्यो महाभारतको इतिहास हो | यसलाई भनिन्छ महाभारत | यस भगवद गीता महाभारतको अंश हो | महाभारत भनेको विशाल भारत वा विशाल ग्रह | त्यसैले विशाल भारतको इतिहासमा दुईतर्फका दाजु-भाईबीच युद्ध भएको थियो, पाण्डव र कुरु | पाण्डव र कुरु उही परिवारका थिए जसलाई कुरु वंश भनिन्छ, र त्यस समयमा ५,००० वर्ष अघि, कुरु वंशले सारा संसारभरि शासन गर्दै थियो | अहिले, जसलाई हामीले भारत-वर्ष भनेर चिन्छौं, यो एउटा अंशमात्र हो | पहिले, यस ग्रहलाई भारत-वर्ष भनेर चिनिन्थ्यो | त्यो भन्दा अगाडी, हजारौं वर्ष अघि, यस ग्रहलाई इलावृत-वर्ष भनेर चिनिन्थ्यो | तर भारत नाम गरेका एक महान सम्राट थिए | उनको नाम पछी, यो ग्रहलाई भारत-वर्ष भनेर चिनिन्थ्यो | तर क्रमैले, केहि समयमा, मानिसहरु एक पृथक भागबाट टुक्रिए | जस्तै हामीसँग भारतमा अनुभव छ, भनौं २० वर्ष वा २५ वर्ष अघि, त्यहाँ पाकिस्तान थिएन | तर कुनै तरिकाले पाकिस्तानको अर्को विभाजन छ | वास्तवमा, धेरै, धेरै वर्ष अगाडी यो ग्रहको कुनै विभाजन थिएन | ग्रह एक हो, र राजा पनि एक थिए र संस्कृति पनि एक थियो | संस्कृति भनेको वैदिक संस्कृति थियो र राजा एक थिए | जसरी मैले तपाईलाई भनें कि कुरु-वंशका राजाहरुले संसारभरि शासन गर्थे | यहाँ राजतन्त्र थियो | त्यसैले एक परिवारको दुई दाजु-भाईबीच युद्ध भएको थियो, र भगवद-गीताको मुल विषय यहि हो | भगवद गीता युद्धभूमिमा बोलिएको थियो | युद्धभूमिमा हामीसँग निकै थोरै समय हुन्छ | यस भगवद गीता युद्धभूमिमा दुई समुहको भेट हुँदा बोलिएको थियो | र अर्जुन, अर्को समुहलाई देखे पछी कि अर्को समुहमा, उनीहरु सबजना आफन्त थिए, सबै नातेदार, किनकि यो युद्ध दाजुभाईबीच थियो, उनी करुणामयभए | करुणापूर्वक, उनले कृष्णलाई भने कि,"मेरो प्रिय कृष्ण, मा युद्ध गर्ने इच्छा गर्दिनँ | मेरो दाजुहरुले राज्य भोग गरुन् | मैले उनीहरुलाई यस युद्धमा मार्न सक्दिनँ |" यो भगवद गीताको विषय हो | तर कृष्णले उनलाई प्रोत्साहन दिनुभयो कि "तिमी क्षत्रिय हौ | युद्ध गर्नु तिम्रो कर्तव्य हो | तिमी आफ्नी कर्तव्यबाट किन पछी हट्दैछौ ?"