NE/Prabhupada 0429 - कृष्ण भगवानको नाम हो । कृष्ण भनेको सर्व-आकर्षक, सर्वोत्तम



Lecture on BG 2.11 -- Edinburgh, July 16, 1972


हाम्रो वर्तमान स्थिति यो छ कि सम्पूर्ण सभ्यता चल्दैछ, सबजना शरीर हुन् भन्ने गलत अवधारणामा | त्यो सत्य होइन | तसर्थ, यो कृष्ण कीर्तन, यस हरे कृष्ण अभियान, यसको विशेष असर छ | नसोच्नुहोस् कि यो हरे कृष्ण अभियान साधारण ध्वनि तरङ्ग हो | यो अध्यात्मिक तरङ्ग हो | यसलाई महा-मात्र भनिन्छ | महा-मन्त्र | जस्तै..... मलाई थाहा छैन तपाईको देशमा सर्पोलाई वशमा पार्ने मानिस छन् कि छैनन् | भारतमा अझै पनि सर्पोलाई वशमा पार्ने मानिस छन् | तिनीहरु केहि मन्त्र जप्छन् र सर्पोले टोकेको मानिसलाई सन्चो पार्न सकिन्छ | कोहि भारतीय यहाँ हुनुहुन्छ, उनीहरुलाई थाहा छ | अझै पनि | विशेषगरी मैले पन्जाबमा धेरै सर्पोलाई वशमा पार्ने मानिस देखेको छु, जसलाई कसरी मन्त्र जप्ने थाहा छ | त्यसैले यदि यो सम्भव छ कि एउटा मृत मानिसलाई शारीरिक रुपमा...... अवश्य पनि, एउटा मानिसलाई सर्पोले टोक्दा ऊ मर्दैन | ऊ अचेत हुन्छ | ऊ मृत हुँदैन | तर मन्त्र जपेर ऊ आफ्नो चेतनामा फर्कन्छ | तसर्थ भारतमा चलन छ, यदि एउटा मानिसलाई सर्पोले टोक्छ, उसलाई जलाइँदैन, वा उसलाई मृत शरीरको रुपमा मानिंदैन | उसलाई कुनै डुंगामा राखिन्छ र पानीमा बगाइन्छ | यदि उसले मौका पाउँछ, ऊ फेरी चेत अवस्थामा आउन सक्छ | त्यसैगरी, हामी वर्तमान समयमा आफ्नो अज्ञानताको कारणले सुत्दैछौं | हामी सुत्दैछौं | तसर्थ हामीलाई जगाउन यस महा-मन्त्र चाहिन्छ | जगाउन | चेतो-दर्पण​-मार्जनम् (चै च अन्त्य २०|१२) | जस्ती यी युवाहरु, यी युरोपेली युवा र युवतीहरु जो मसँग छन्...... मसँग लगभग यिनीहरु तीन, चार हजारभन्दा बढी शिष्यहरु छन् | उनीहरु हरे कृष्ण जप्दैछन् | र उनीहरुले आवेशमा आएर जपेका होइनन् | उनीहरु पूर्ण रुपमा आश्वस्त छन् | यदि तपाई उनीहरुसँग बोल्नुहुन्छ, उनीहरुले धेरै राम्रो दर्शन बोल्नेछन् | सबै कुरा समझदार मानिस जसरी | उनीहरु कसरी गर्दैछन् ? चार वर्ष अगाडी, उनीहरुलाई कृष्णको नाम थाहा थिएन | उनीहरुले अंग्रेजी शब्दकोषमा कृष्णको नाम देखेका हुन सक्छन्, "एक हिन्दु भगवान" भनेर लेखिएको | तर वास्तवमा, त्यो तथ्य होइन | कृष्ण भगवानको नाम हो | कृष्ण भनेको सर्वआकर्षक, सर्वोत्तम | सर्वआकर्षक भनेको उहाँ उत्तम हुनुपर्छ; अन्यथा, उहाँ कसरी आकर्षक हुनुहुन्छ ? एउटा नराम्रो मानिस आकर्षक हुन सक्दैन | तसर्थ कृष्ण शब्द भनेको सर्वआकर्षक | उहाँसँग सम्पूर्ण राम्रा गुणहरु छन्, सबै ऐश्वर्य छन्, त्यसैले उहाँ आकर्षक हुनुहुन्छ | त्यो भगवानको सहि विवरण वा सहि नाम हो | यदि भगवानको कुनै विशेष नाम छ जुन सबै कुरामा पूर्ण छ, त्यो शब्द कृष्ण हो | यो संस्कृत शब्द हो तर यसको अर्थ....... कृष्ण भनेको भगवान | शास्त्रमा भनिएको छ, ईश्वरः परमः कृष्णः (ब्र स ५|१) | ईश्वरः भनेको नियन्त्रक र परमः, दिव्य | ईश्वरः परमः कृष्णः (ब्र स ५|१) | तो वैदिक साहित्यको उपदेश हो | त्यसैले हाम्रो कृष्ण भावनामृत अभियान साम्प्रदायिक धार्मिक अभियान होइन | यो वैज्ञानिक रुपले दार्शनिक अभियान हो | यो बुझ्ने प्रयास गर्नुहोस् | तर प्रक्रिया धेरै सजिलो छ | प्रक्रिया भनेको यो जप्ने, हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे/ हरे राम हरे राम राम राम हरे हरे | हामी जादुगर हैनौं, तर हामी आफ्ना शिष्यहरुलाई भन्छौं, "केवल यस दिव्य ध्वनि जप," र ऊ क्रमिक रुपमा हृदयभित्रको सम्पूर्ण फोहोर कुराबाट सफा हुन्छ | यो हाम्रो विधि हो | चैतन्य महाप्रभुले वर्णन गर्नुभएको छ, उहाँले हामीलाई उपदेश दिनुभएको छ, चेतो-दर्पण​-मार्जनम् (चै च अन्त्य २०|१२) | यस भौतिक जगतमा हाम्रो सम्पूर्ण समस्या गलत अवधारणाको कारण हो | "म यो शरीर हुँ" पहिलो गलत अवधारणा हो | र वास्तवमा हामी सबजना यो स्तर, जीवनको शारीरिक अवधारणामा छौं | र प्रमुख धारणामा गल्ति भएकोले हामी जे सिर्जना गर्दैछौं, हामी जे बुझ्दैछौं, तिनीहरु सब गलत हुन्छन् | किनकि प्रमुख सिद्धान्तमा गल्ति छ | त्यसैले सर्वप्रथम हामीले यो गलत विचार त्याग्नुपर्छ कि म यो शरीर हुँ |" यसलाई भनिन्छ चेतो-दर्पण​-मार्जनम् (चै च अन्त्य २०|१२), हृदयको शुद्धिकरण | म सोच्दैछु,"म यो शरीर हुँ," तर वास्तवमा म यो होइन | हामीले यो गलत धारणालाई सहि बनाउनुपर्छ र त्यो धेरैर सजिलोसँग गरिन्छ, केवल यस हरे कृष्ण महा-मन्त्र जपेर | यो व्यवहारिक छ | त्यसैले हाम्रो अनुरोध छ कि तपाईहरु सबजना, कृपया हाम्रो हरे कृष्ण महा-मन्त्र जप्ने उपदेश लिनुहोस् | तपाईले केहि गुमाउनुहुँदैन | तर लाभ धेरै छ | हामीले तपाईसँग कुनै शुल्क लिंदैनौं | अरु छन् जसले तपाईलाई केहि मन्त्र दिएर शुल्क लिनेछन् | तर हामी नि:शुल्क वितरण गर्दैछौं | सबजनाले लिन सक्छन् | बच्चाहरुले पनि लिन सक्छन् | हाम्रो समाजमा धेरै बच्चाहरु छन् | उनीहरु जप्छन् र नाच्छन् | यसलाई कुनै शिक्षा चाहिंदैन | यसलाई कुनै शुल्क चाहिंदैन | केयादी तपाई केवल जप्नुहुन्छ....... तपाईले जपेर एउटा परिक्षण किन नगर्ने ? त्यो हाम्रो अनुरोध हो | हरे कृष्ण हरे कृष्ण कृष्ण कृष्ण हरे हरे / हरे राम हरे राम राम राम हरे हरे | कसैले आपत्ति प्रकट गर्न सक्छ,"म किन तिम्रो हिन्दु कृष्णको नाम जप्ने ?" हामी भन्दैनौं कि कृष्ण वा भगवान..... भगवानका धेरै नामहरु छन् | त्यो हामी स्वीकार्छौं | यो होइन कि.......... भगवान असिमित हुनुहुन्छ | तसर्थ, उहाँको असिमित नाम हुनुपर्छ | तर यस कृष्ण शब्द धेरै पूर्ण छ किनकि यो भनेको सर्व-आकर्षक | तपाईले भन्न सक्नुहुन्छ,"भगवान महान हुनुहुन्छ |" त्यो ठिक छ | उहाँ कसरी महान हुनुहुन्छ | त्यो अर्को बुझाई हो | यदि तपाई सोच्नुहुन्छ कि "कृष्ण हिन्दु भगवानको नाम हो, मैले यो किन जप्ने ?" चैतन्य महाप्रभुले भन्नुहुन्छ, "होइन |" यदि तपाईसँग कुनै नाम छ, भगवानको अर्को वैकल्पिक नाम, तपाईले त्यो जप्न सक्नुहुन्छ | हाम्रो एकमात्र अनुरोध भनेको तपाई भगवानको पवित्र नाम जप्नुहोस् | यदि तपाईसँग भगवानको कुनै नाम छ, तपाईले जप्न सक्नुहुन्छ | तपाई शुद्ध हुनुहुनेछ | त्यो हाम्रो प्रचार हो |