NE/Prabhupada 0430 - चैतन्य महाप्रभुले भन्नुहुन्छ कि भगवानका हरेक नाम भगवान समान शक्तिशाली छन्



Lecture on BG 2.11 -- Edinburgh, July 16, 1972


नाम्नाम् अकारि बहुधा निज​-सर्व​-शक्तिस् तत्रार्पिता नियमितः स्मरणे न कालः एतादृशी तव कृपा भगवन् ममापि दुर्दैवम् ईदृशम् इहाजनि नानुरागः (चै च अन्त्य २०|१६) चैतन्य महाप्रभुले भन्नुहुन्छ कि भगवानको हरेक नाम भगवान समान शक्तिशाली छ | किनकि भगवान परम हुनुहुन्छ, उहाँको नाम, रुप, लिलामा कुनै भिन्नता छैन | भगवानभन्दा केहि पनि भिन्न छैन | त्यो पूर्ण ज्ञान हो | अद्वय-ज्ञान | त्यसैले यदि तपाईले भगवानको पवित्र नाम जप्नुहुन्छ, त्यो भनेको तपाई प्रत्यक्ष रुपमा भगवानको सम्पर्कमा हुनुहुन्छ | किनकि नाम भगवानभन्दा अभिन्न छ | बुझ्ने प्रयास गर्नुहोस् | त्यसैगरी, यदि तपाईले आगो छुनुहुन्छ, यसले पोल्नेछ | यदि तपाईलाई थाहा छ वा छैन कि आगोको गुण के हो, यसले फरक पर्दैन | यदि तपाईले आगो छुनुहुन्छ, यसले पोल्नेछ | त्यसैगरी, यदि तपाईले भगवानको पवित्र नाम जप्नुहुनेछ, यसले कार्य गर्नेछ | उदारहणको लागि जस्तै तपाईले एउटा फलामको छड आगोमा राख्नुहुन्छ, यो तातो हुँदै जान्छ र बिस्तारै यो रातो हुन्छ | आगोको सङ्गले फलामको छड आगो बन्छ | फलामको छड आगो होइन | तर आगोको सङ्गले यो आगो बराबर बन्छ, ताकी जब यो रातो हुन्छ, तपाईले जहाँ छुनुहुन्छ, त्यो फलामले जलाउनेछ | त्यसैगरी, यदि तपाई सधैं भगवानको सम्पर्कमा रहनुहुन्छ, तब बिस्तारै तपाई भगवान जस्तै बन्नुहुन्छ | तपाई भगवान बन्नुहुँदैन तर तपाई भगवान जस्तै बन्नुहुन्छ | र जब तपाई भगवान जस्तै बन्नुहुन्छ, तब तपाईका सम्पूर्ण भागवत गुण निस्कनेछन् | यो विज्ञान हो | बुझ्ने प्रयास गर्नुहोस् | हामी भगवानका अंश हौँ, हरेक जीवा | तपाईले आफ्नो अध्ययन गरेर भगवान के हुनुहुन्छ अध्ययन गर्न सक्नुहुन्छ | किनकि म अंश हुँ र जस्तै, एउटा चामलको झोलाबाट तपाईले केहि दाना चामल लिनुहुन्छ भने, तपाईले देख्नुहुन्छ र तपाईले बुझ्नुहुन्छ कि झोलाको चामल कस्तो गुणको छ | त्यसैगरी, भगवान महान हुनुहुन्छ, त्यो ठिक छ | तर यदि हामीले केवल आफुलाई अध्ययन गर्छौं, तब हामीले भगवान के हुनुहुन्छ बुझ्न सक्छौं | जस्तै, तपाईले समुद्रबाट एक थोपा पानी लिनुहुन्छ | तपाईले समुद्रको रासायनिक बनावट बुझ्न सक्नुहुन्छ | तपाईले बुझ्न सक्नुहुन्छ | यसलाई भनिन्छ ध्यान, आफ्नो अध्ययन गर्नु, "म के हुँ ?" यदि कसैले आफ्नो अध्ययन गरेको छ, उसले भगवानलाई पनि बुझ्न सक्छ | अब उदाहरणको लागि लिऔं,"म के हुँ ?" तपाईले आफुमा ध्यान गर्नु भए तपाईले बुझ्न सक्नुहुन्छ कि तपाई एक व्यक्ति हुनुहुन्छ | व्यक्ति भनेको तपाईको आफै मत छ, मसँग आफ्नै मत छ | तसर्थ कहिलेकाही हामी असहमत हुन्छौं | किनकि तपाई व्यक्ति हुनुहुन्छ, म व्यक्ति हुँ | र किनकि भगवानको अंशको रुपमा हामी सबजना व्यक्ति हौँ, तब भगवान पनि व्यक्ति हुनुहुन्छ | यो अध्ययन हो | जसरी म व्यक्ति हुँ, भगवान पनि व्यक्ति हुनुहुन्छ | भगवान निराकार हुन सक्नुहुँदैन | यदि भगवानलाई हामीले मूल पिता, परम पिताको रुपमा लिन्छौं..... इशाई धर्मले मान्छ | अरु सब धर्मले मान्छन् | र हामी पनि मान्छौं, भगवद-गीता | किनकि कृष्णले भन्नुहुन्छ, अहं बीज​-प्रदः पिता (भ गी १४|४), "म सम्पूर्ण जीवहरुको मूल पिता हुँ |" यदि भगवान सबै जीवहरुको पिता हुनुहुन्छ र हामी समस्त जीवहरु व्यक्ति छौं, भगवान कसरी निराकार हुन सक्नुहुन्छ ? भगवान व्यक्ति हुनुहुन्छ | यसलाई भनिन्छ दर्शन; यसलाई भनिन्छ तर्क | अब, यहाँ, यस जगतमा, हाम्रो अनुभव छ कि हामी कसैलाई प्रेम गर्न चाहन्छौं | जो पनि | पशु राज्यमा पनि | एउटा सिंहले आफ्ना डमरुलाई प्रेम गर्छ | त्यहाँ प्रेम छ | तसर्थ यो प्रेम भगवानमा पनि छ | र जब हामी भगवानको सम्पर्कमा आउँछौं, हाम्रो व्यवहार केवल प्रेममा आधारित हुन्छ | म कृष्ण वा भगवानलाई प्रेम गर्छु र कृष्णले मलाई प्रेम गर्नुहुन्छ | यो हाम्रो भावनाको आदानप्रदान हो | यस प्रकारले, भागवत विज्ञान, कुनै वैदिक साहित्य नपढी- अवश्य पनि, त्यसले तपाईलाई मदत गर्नेछ- यदि तपाईले भगवान के हुनुहुन्छ भनेर गहन अध्ययन गर्नुहुन्छ, तपाईले भगवानलाई बुझ्न सक्नुहुन्छ | किनकि म भगवानको नमुना हुँ, म सानो अंश हुँ | जस्तै सुनको अंश सुन हुन्छ | समुद्रको पनिको थोपा पनि नुनिलो हुन्छ | समुद्र पनि नुनिलो हुन्छ, तपाईले बुझ्न सक्नुहुन्छ | त्यसैगरी, हाम्रो व्यक्तित्व अध्ययन गरेर, आफ्नो झुकाव अध्ययन गरेर, हामीले भगवान के हुनुहुन्छ बुझ्न सक्छौं | यो एक पक्ष हो | र यहाँ, भगवानले आफैं प्रस्तुत गर्नुहुन्छ, कृष्ण | उहाँ भन्नुहुन्छ "यदा यदा हि धर्मस्...... (विराम) .............सन्त भक्तहरुको रक्षा र राक्षसहरु मार्न, म प्रकट हुन्छु |" तर विचार गर्नुहोस् कि भगवान परम हुनुहुन्छ | उहाँलो भक्तको मुक्ति होस् वा राक्षसलाई मार्ने होस्, तिनीहरु एउटी कुरा हुन् | किनकि हामीले वैदिक साहित्यबाट हामी बुझ्छौं कि भगवानद्वारा वध गरिएका राक्षसहरु, तिनीहरुले पनि उही मोक्ष, मुक्तिको विन्दु प्राप्त गर्छन् | किनकि ऊ भगवानद्वारा मारिएको हो, उसलाई भगवानले स्पर्श गर्नुभएको छ | यो महान विज्ञान हो | यो भवन होइन | यो दर्शन र आधिकारिक वैदिक साहित्यमा आधारित छ | त्यसैले हाम्रो एकमात्र अनुरोध भनेको तपाई यो अभियान गम्भिरतापूर्वक लिनुहोस् र तपाई खुसी हुनुहुनेछ |