NE/Prabhupada 0434 - ठगहरुलाई नसुन र अरुलाई ठग्ने प्रयास नगर



Morning Walk -- May 10, 1975, Perth


प्रभुपाद: आधुनिक युग भनेको सबै धुर्तहरु र मुर्खहरु | हामीले कुनै धुर्त वा मुर्खको अनुसरण गर्नुपर्दैन | तिमीले सबभन्दा पूर्ण कृष्णको अनुसरण गर्नुपर्छ |

परमहंस: समस्या यो छ कि सबजना ठग्दैछन् | सबजना यसको वा त्यसको केहि ज्ञान प्रस्तुत गर्दैछन्.....

प्रभुपाद: तसर्थ हामीले कृष्णलाई स्वीकारेका छौं, जसला ठग्नुहुनेछैन | तिमी ठग भए तिमी ठगहरुको विश्वास गर्छौ | हामी ठग्दैनौं, र हामी त्यस्ता व्यक्तिलाई स्वीकार्छौं जसले ठग्नुहुँदैन | तिमी र ममा यहि भिन्नता छ |

गणेश: तर हजुर समक्ष आउनु अगाडी हामी सब ठग थियौं, श्रील प्रभुपाद | हामी सबै ठग थियौं, त्यसैले यो कसरी हुन्छ कि हामीले एउटा ठगलाई स्वीकारेका छैनौँ ? यो कसरी हुन्छ कि हामी ठगहरुले हजुरसँग केहि ज्ञान स्वीकारेका छौं ?

प्रभुपाद: हुन्छ, किनकि हामी कृष्णले भन्नुभएको कुरा बोल्दैछौं | उहाँ ठग हुनुहुँदैन | उहाँ भगवान हुनुहुन्छ | म तिमीसँग बोल्दैछु, मेरो आफ्नो ज्ञान होइन | म तिमीलाई कृष्णले बोल्नुभएको कुरा प्रस्तुत गर्दैछु | त्यति हो | तसर्थ म ठग होइन | म ठग थिएँ होला, तर मैले केवल कृष्णको वाणी बोले देखि म ठग रहिनँ | (लामो विराम) कृष्ण भन्नुहुन्छ, वेदहम् समतितनि (भ गी ७|२६),"मलाई अतित, वर्तमान र भविष्य थाहा छ |" तसर्थ उहाँ ठग हुनुहुँदैन | तर जहाँसम्म हाम्रो कुरा छ, हामीलाई थाहा छैन अतित के थियो र भविष्य के छ | र हामीलाई पूर्णत: वर्तमान पनि थाहा छैन | र यदि हामीले केहि बोल्छौँ, त्यो ठगी हुन्छ | त्यो ठगी हुन्छ | (लामो विराम) हाम्रो कृष्ण भावनामृत अभियान भनेको ठगहरुलाई नसुन्ने र अरुलाई नठग्ने | ईमानदार हुने र अधिकारीबाट सुन्ने | यी हुनुहुन्छ कृष्ण | (लामो विराम)

अमोघ: श्रील प्रभुपाद ? यो किन हुन्छ कि केहि मानिसहरु, जब तिनीहरुले कृष्ण भावनाको बारेमा सुन्छन्, तिनीहरुले यसलाई ग्रहण गर्छन् र कसैले गर्दैनन् | अझै, त्यो पछी, जसले ग्रहण गर्छन्, कोहि रहन्छन्, र जोही केहि समयपछी असफल हुन्छन् ?

प्रभुपाद: त्यो भनेको भाग्यमानी र अभागी हो | जस्तै कसैले पैतृक सम्पत्ति प्राप्त गर्छ | लाखौं डलर हुन्छ तर ऊ पैसा दुरुपयोग गरेर गरिब बनेको हुन्छ | त्यस्तै | ऊ अभागी हुन्छ | ऊसँग पैसा हुन्छ, तर उसले यसको उपयोग गर्न सक्दैन |

जयधर्म: के भाग्य भनेको कृष्णको कृपा हो ?

प्रभुपाद: कृष्णको कृपा सधैं हुन्छ | यो तिम्रो स्वतन्त्रताको दुरुपयोग हो | तिमीले गर्दैनौ......... तिमीलाई अवसर दिइन्छ- त्यो भाग्य हो | तर तिमीले भाग्यलाई स्वीकार गर्दैनौ | त्यो तिम्रो दुर्भाग्य हो | यो चैतन्य चरितामृतमा वर्णित छ | चैतन्य महाप्रभुले भन्नुभयो, एइ रुपे ब्रह्मन्द भ्रमिते कोन भग्यवन् जिव (चै च मध्य १९|१५१) | कोनो- कुनै भागुअमानी मानिसले यो स्वीकार्न सक्छ | किनकि प्राय: सबै अभागी हुन्छन् | हेर त, सारा युरोप र अमेरिकाभरि हामीले प्रचार गर्दैछौं | कति शिष्यहरु आएका छन् ? धेरै नगण्य संख्या, उनीहरु आएका भए तापनि | उनीहरु भाग्यमानी छन् |