NE/Prabhupada 0448 - हामीले शास्त्र, गुरु र साधुबाट भगवानको बारेमा शिक्षा ग्रहण गर्नुपर्छ



Lecture on SB 7.9.3 -- Mayapur, February 17, 1977


प्रद्युम्न: अनुवाद- "त्यसपछी ब्रह्माजीले निकटमा उभिएका प्रह्लाद महाराजलाई अनुरोध गरे: मेरो प्रिय पुत्र, भगवान नृसिंह-देव तिम्रो दानव पिताप्रति धेरै आक्रोशित हुनुहुन्छ | कृपया अगाडी जाऊ र भगवानलाई शन्त पार |"

प्रभुपाद: प्रह्रादं प्रेषयाम् आस ब्रह्मावस्थितम् अन्तिके तात प्रशमयोपेहि स्व​-पित्रे कुपितं प्रभुम् (श्री भा ७|९|३) नृसिंह-देव धेरै, धेरै क्रोधित हुनुहुन्थ्यो | अब नास्तिक वर्गका मानिसहरु, जसलाई सर्वोच्च पुरुषोत्तम भगवानको प्रकृति के हो थाहा छैन, उनीहरुले भन्नेछन्,"किन भगवान क्रोधित हुनुपर्यो ?" भगवान किन क्रोधित नहुनुपर्यो ? भगवानसँग सबै कुरा हुनुपर्छ; अन्यथा कसरी भगवान पूर्ण हुनुहुन्छ ? पूर्णम् | जीवित लक्षणको अर्को गुण क्रोध पनि हो | ढुंगा क्रोधित हुँदैन, किनकि ऊ ढुंगा हो | तर कुनै पनि जीव क्रोधित हुन्छ | त्यो एउटा गुण हो | र किन भगवान क्रोधित नहुनुपर्यो ? उनीहरु भगवानको काल्पना गर्छन्; तिनीहरुसँग भगवानको वास्तविक अवधारणा छैन | तिनीहरु कल्पना गर्छन् कि "भगवान यस्तो हुनुपर्छ | भगवान अहिंस्रक हुनुपर्छ | भगवान धेरै शान्त हुनुपर्छ |" किन ? क्रोधको स्रोत कहाँ छ ? यो भगवानबाट आउँछ | अन्यथा क्रोधको कुनै अस्तित्व हुँदैन | सबै कुरा त्यहाँ छ | जन्माद्य् अस्य यतः (श्री भा १|१|१) | त्यो ब्रह्मको व्याख्या हो | हामीसँग जे अनुभवमा छ र हामीसँग जे अनुभवमा छैन..... हामीसँग सबै कुरा अनुभवमा छैन | जस्तै नृसिंह-देवको बारेमा भनिएको छ कि लक्ष्मीसँग पनि त्यस्तो रुपको अनुभव थिएन, कि भगवान आधा सिंह, आधा मानिस बन्न सक्नुहुन्छ | लक्ष्मी पनि, अरुको के कुरा गर्नु | लक्ष्मी, उनी भगवानकी नित्य सङ्गी हुन् | त्यसैले भनिएको छ, अश्रुत | त्यो के हो ? अदृष्ट | अदृष्ट अष्रुत पूर्वत्वात् | उनी भयभीत भइन् किनकि उनले कहिल्यै देखेकी थिइनन्, त्यस्तो भयानक रुप र आधा सिंह, आधा मानिस | भगवानका धेरै रुपहरु छन्: अद्वैत अच्युत अनादि अनन्त​-रूपम् (ब्र स ५|३३) | अनन्त-रूपम्; अझ पनि अद्वैत | त्यसैले भागवतमा भनिएको छ कि भगवानका अवतारहरु समुद्र वा नदिका वेगजस्ता हुन् | कसैले गन्न सक्दैन | तपाई थाक्नुहुनेछ यदि तपाई वेगको संख्या गन्न चाहनुहुन्छ | यो असम्भव छ | भगवानका अवतार वेगहरु जति छन् | त्यसैले तपाईले वेगहरु गन्न सक्नुहुँदैन; तसर्थ तपाईले बुझ्न सक्नुहुँदैन, उहाँका कति अवतरहरु छन् | लक्ष्मी पनि, अनन्तदेव पनि, उनीहरुले पनि सक्दैनन् | हाम्रो अनुभव- धेरै सिमित | हामीले किन भन्नुपर्यो कि "भगवानसँग यो हुन सक्दैन, भगवानसँग त्यो हुन सक्दैन....." ? यो नास्तिकता हो | तिनीहरु वर्ग बनाउँछन् | तिनीहरु भन्छन्...... हाम्रो तथाकथित वेदिक आर्य-समाजीमा पनि, तिनीहरु भन्छन् कि भगवानले अवतार लिन सक्नुहुँदैन | किन ? यदि भगवान सर्व-शक्तिमान हुनुहुन्छ तब उहाँले अवतार स्वीकार्न किन सक्नुहुँदैन ? तसर्थ हामीले भगवानको बारेमा शिक्षा यी धुर्तहरुबाट लिनुहुँदैन | हामीले भगवानको बारेमा ज्ञान शास्त्रबाट, गुरुबाट र साधुबाट लिनुपर्छ- जसले भगवान देख्नुभएको छ, तत्त्व दर्शिन | तद् विद्धि प्रणिपातेन परिप्रश्नेन सेवया, उपदेक्ष्यन्ति तद् ज्ञानम् (भ गी ४|३४) | तद् ज्ञानम् भनेको अध्यात्मिक ज्ञान | तद् विज्ञानम् | तद्-विज्ञानर्थम् स गुरुम् एवाभिगच्छेत् समित्-पाणिः श्रोत्रियं ब्रह्म​-निष्ठम् मु उ १|२|१२) तद्-विज्ञानम्, तपाईले कल्पना गर्न सक्नुहुँदैन | त्यो सम्भव छैन | तपाईले ती व्यक्तिबाट सिक्नुपर्छ जो तत्त्व-दर्शिनः छन्, जसले भगवानलाई देखेका छन् | देखेर पनि तपाईले सक्नुहुँदैन....... जस्तै लक्ष्मीदेवी, उनले हरेक क्षण निरन्तर देख्छिन् | उनलाई पनि थाहा छैन | अस्रुत-पुर्व | अदृस्तास्रुत​-पुर्व​ | त्यसैले जे हामीले देख्छौं वा देख्दैनौं, सबै कुरा त्यहाँ छ | अहं सर्वस्य प्रभवः (भ गी १०|८) | कृष्णले भन्नुहुन्छ, "जे तिमीले देख्छौ, जे तिमीले अनुभव गर्छौ, म सबै कुराको स्रोत हुँ |" त्यसैले क्रोध हुनुपर्छ | कसरी तपाईले भन्नसक्नुहुन्छ कि "भगवान क्रोधित हुनुहुँदैन | भगवान यस्तो हुनुहुँदैन | भगवान ......."? हुँदैन, त्यो तथ्य होइन | त्यो हाम्रो अनुभवको कमी हो |