NE/Prabhupada 0454 - यदि हामीले आफ्नो दिव्य-ज्ञानलाई जगाउँदैनौं भने यो जीवन धेरै जोखिमपूर्ण हुन्छ



Lecture -- Bombay, April 1, 1977


प्रभुपादः त्यो श्लोक कुन हो? दिव्य​-ज्ञान हृदे प्रकाशितो मात्र उच्चारण गर| (भारतीयहरु दोहोर्याउछन्) त्यो भन्दा अगाडि|

भारतीय अतिथि: प्रेम​-भक्ति याहा होइते, अविद्या विनाश याते, दिव्य​-ज्ञान हृदे प्रकाशितो|

प्रभुपाद: त्यसैले प्रेम भक्तिको आबश्वकता पर्दछ । प्रेम​-भक्ति याहा होइते, अविद्या विनाश याते, दिव्य​-ज्ञान हृदे प्रकाशितो| दिव्य​-ज्ञान भनेको के हो त? दिव्य​ भनेको दिव्य,भौतिक होइन| तपो दिव्यम् (श्री भा ५.५.१). दिव्यम् भनेको, हामी पदार्थ र आत्माको मेल हौँ| त्यो आत्मा दिव्य छ| आपरेयम् इतस् तु विद्धि मे प्रकृतिं परा (भा गी ७.५). त्यो परा प्रकृति, हो| सर्वोच्च| यदि त्यहाँ कुनै सर्वोच्च व्यक्तित्व छ........... र त्यो सर्वोच्च व्यक्तित्वलाई बुझ्न हामीलाई सर्वोच्च ज्ञान चाहिन्छ,सामान्य ज्ञान होइन| दिव्य​-ज्ञान हृदे प्रकाशितो| त यो गुरुको हो कि दिव्य ज्ञानलाइ प्रकाशित गराइदिनु । दिव्य ज्ञान , किनकि गुरुले दिव्य ज्ञानलाइ प्रकाशित गरिदिनुहुन्छ , उहालाइ पुजा गरिन्छ । त्यो आवश्यक छ | आधुनिक सभ्यता ......... आधुनिक अथवा सधै; यसलाइ माया भनिन्छ । त्यो दिव्य ज्ञान कहिल्यै ,मैले भन्न खोजेको, प्रकाशित हुदैन| मानिसहरुलाई अदिव्य ज्ञानको अध्यारोमा राखिएका छन् । अदिव्य ज्ञान भन्नाले "म यो शरिर हु", " म भारतिय हु", " म अमेरिकन हु", "म हिन्दु"," म मुस्लिम",यसलाइ अदिव्य ज्ञान भनिन्छ । देहात्म​-बुद्धिः. यस्यात्म​-बुद्धिः कुणपे त्रि (श्री भा १०.८४.१३). म यो शरिर होइन| त्यसैले दिव्य ज्ञानको सुरुवात त्यहाबाट हुन्छ जब हामिले बुझ्ने कोषिस गर्दछौ कि "म यो शरिर होइन| म सर्वोच्च तत्व हु, म आत्मा हु|" "यो घटिया बस्तु हो| त्यसैले म किन यो घटिया ज्ञानमा रहने?" हामि घटिया ज्ञानमा रहनुहुदैन घटिया ज्ञान भन्नाले अज्ञान तथा अन्धकार| तमसो मा| वैदिक उपदेश " नीच ज्ञानमा नरहू|" ज्योतिर् गम: "सर्वोच्च ज्ञानमा आऊ|" गुरुलाई पूजा गर्छौं किनभने उहाँले सर्वोच्च ज्ञान दिनुहुन्छ| कसरी खाने,कसरी सुत्ने,कसरी सम्भोग गर्ने र प्रतिरक्षा गर्ने- यिनीहरुको ज्ञान हैन| सामान्यत: राजनितिक नेता,सामाजिक अगुवा,तिनीहरुले चाही यो ज्ञान दिन्छन्- कसरी खाने,कसरी सुत्ने,कसरी सम्भोग गर्ने, कसरी प्रतिरक्षा गर्ने| एउटा गुरुको यी सबै कुरासंग मतलब हुदैन| उहाँ दिव्य ज्ञान हुनुहुन्छ| त्यो चाहिन्छ| यो मानव चोला अवसर हो त्यस दिव्य ज्ञानलाई जगाउने, दिव्य ज्ञान हृदे प्रकाशित| र यदि उसलाई दिव्य ज्ञानका बारेमा आन्धाकरमा राखियो भने,यदि उसलाई तालिम दिएयो भने, कसरी खाने,कसरी सुत्ने,कसरी सम्भोग गर्ने, कसरी प्रतिरक्षा गर्ने| त्यसपछि जीवनको सत्यानाश हुन्छ| यो ठुलो हानि हो| मृत्यु-संसार​-वर्त्मनि. आप्राप्य मां निवर्तन्ते मृत्यु-संसार​-वर्त्मनि (भा.गी ९.३). यदि हाम्रो दिव्य-ज्ञानलाई जागृत गर्दैनौं भने आति घातक हुन्छ| हामीले सधैँ यो स्मरण गर्नुपर्छ| अति नै घातक-फेरी जन्म र मृत्युको चक्रमा फालिनेछौ, हामीलाई थाहा छैन हामी कहाँ जादै छौं| अति गम्भीर| यो कृष्णभावनामृत दिव्य ज्ञान हो| यो सामान्य ज्ञान होइन| सबैले यो दिव्य गायनलाई बुझ्ने प्रयाश गर्नुपर्दछ| दैवीं प्रकृतिम् आश्रितम्. तसर्थ जो पनि यस दिव्य ज्ञान लिनका लागि इच्छुक छ, उसलाई दैवीं प्रकृतिम् आश्रितम् भनिन्छ| संस्कृतको दैवी शब्दबाट दिब्य भन्ने शब्द आएको हो| संस्कृत शब्द,दैवी शब्दबाट, दिब्य शब्द आएको हो| महात्मानस् तु मां पार्थ द्ऐवीं प्रकृतिम् आश्रिताः (भा गी ९.१३). जस्ले यो दिव्य ज्ञानको प्रक्रियामा लागेको छ, ऊ महात्मा हो| महात्मा मात्र खाने,सुत्ने र सम्भोग गर्ने ज्ञान प्राप्त गरेर बनेको हैन| शास्त्रमा यो अर्थ हैन| स महात्मा शु दुर्लभ| बहूनां जन्मनाम् अन्ते ज्ञानवान् मां प्रपद्यन्ते वासुदेवः सर्वम् इति स महात्मा... (भा गी ७.१९) जसले यो दिव्य ज्ञान प्राप्त गरेको छ, वासुदेवः सर्वम् इति स महात्मा, त्यो हो महात्मा भनेको| तर यो अति नै दुर्लभ छ|अन्यथा, महात्मा भनाऊदाहरु सडकमा घुमिरहेको हुन्थे| त्यो नै तिनीहरुको व्यापार हो| त्यसैले सदा यो शब्द स्मरण गर्नु,दिव्य ज्ञान हृदे प्रकाशित| र आध्यात्मिक गुरूले यो दिव्य ज्ञान प्रकाशित गर्नुहुन्छ, उहाँप्रति कृतज्ञ हुनुपर्छ| यस्य प्रसादाद् भगवत्-प्रसादो यस्य प्रसादान् न गतिः कुतो ऽपि. त्यसैले गुरू पूजा,अर्चाबिग्रहको सेवा जतिक्कै महत्वपूर्ण छ| यो घटिया आराधना होइन| यो त दिव्य ज्ञान उजागर गर्ने प्रक्रिया हो| धेरै धेरै धन्यवाद| भक्तहरु:जय प्रभुपाद|