NE/Prabhupada 0456 - शरीरलाई चलाउने जीव पारा शक्ति हो



Lecture on SB 7.9.6 -- Mayapur, February 26, 1977


भागवत-गीतमा भनिएको छ,भूमिर् आपो ऽनलो वायुः खं मनो बुद्धिर् एव च​... भिन्ना मे प्रकृतिर् अष्टधा (भा गी ७.४) यो भौतिकवादी मानिसहरु- बैज्ञानिक, फिजिसित्स्त र अरु भौतिकवादीहरु - उनीहरु यो भौतिक तत्वहर जस्तै पृथ्वी, पानी, आगो, हावा, आकाशहरुमा अल्झिरहेका छन् बुढी,मनोविज्ञान वा थोरै बुद्धी तर त्यो भन्दा बादी होइन | उनीहरु विश्व विद्यालय, क्याम्पस, शिक्षिक् संस्थाहरलाइ साथ दिंदै छन् | उनीहरु यस भौतिक तत्वहरुमा चासो देखाउदै छन् | उनिहरुसंग कुनै अध्यात्मिक ज्ञान छैन | कृष्ण भन्नुहुन्छ... हामीले भागवत गीताबाट निर्देशन पाउछौँ, अपरेय्म: "यी आठ तत्व, यिनीहरु तल्लो दर्जाको छन् |" त्यसैले, किनभने उनीहरु तल्लो दर्जाको प्रकृति बारे अध्यन गर्दैछन् त्यसैले उनीहरुको ज्ञान तल्लो दर्जाको छन् | यो तथ्य हो | मैले दोष लगाउन खोजेको छैन | होइन | मसंग केहि जानकारी छैन | ठुल्ठुला प्राध्यापकहरु, उनीहरु भन्छन यो शरीर सकिन्छ... "शरीर समाप्त" भनेको पञ्चत्व​-प्राप्त​ | उनीहरुलाई थाहा छैन किन त्यहाँ अर्को शरीर छ, सुक्ष्म शरीर- चेतना, बुद्धी, घमन्ड | उनीहरुलाई थाहा छैन | उनीहरु यो पृथ्वी, पानी, हावा, आगो, आकाश, बारे मात्रै सोच छन् | "यति मात्रै सक्यो |" तिमीले यो शरीर बाले पनि वा गाडे पनि, सबै सकियो | र अरुहरु कता गयो? उनीहरुसंग केहि ज्ञान छैन | उनीहरुसंग सुक्ष्म शरीर, पिथ्वी, पानी, जसमा आत्मा हुन्छ भन्ने ज्ञान हुँदैन, र उनीहरुलाई झन् आत्माको बारे क थाहा? भागवाद-गीतमा कृष्णले ज्ञान दिनु भएको छ, अपरेयम: "यो तत्वहरु, चेतना सम्म, बुद्धि, अहङकार" भिन्न, "यिनीहरु मेरा विभिन्न शक्तिहरु हुन् | र," अपरेयम, "यो तल्लो स्तर हो | र अर्को, सर्वच्च प्रकृति |" अपरेयम इतस् त्व् विद्धि मे प्रकृतिं परा | पारा भनेको "उचात्तम |" अब, उनीहरु सोधछन्, " त्यो के हो? हामीलाई यो तत्वहरु बारे मात्रै थाहा हुन्छ | अरु के, सर्वच्च शक्ति ?" जीव भूतः महा-बाहो, भनिन्छ;"यसलाई जीवित भनिन्छ..." र उनीहरु सोच्दै छन् कि यी आठ भौतिक तत्वहरु वा पाँच तत्व भन्दा उच्चस्तरको शक्ति छैन | त्यसैले उनीहरु अज्ञानतामा छन् | उनीहरुले जिवनमा पहिलो पल्ट भागवाद-गीता यथारूपबाट ज्ञान पाएका छन् | र त्यसबाट उनीहरुले थाहा पाए कि यो भन्दा उच्चतम शक्ति छ भनेर, जो जीव-भुतः हो | जसले हाम्रो शरीर परिचालन गर्दैछ त्यो नै उच्चतम शक्ति हो | उनीहरुसंग केहि ज्ञान छैन, नत उनीहरु उच्चतम शक्ति बारे ज्ञान आर्जन नै गर्न सकदछन् उनीहरुको विश्व विद्यालय वा शैक्षिक् संस्थामा | त्यसैले उनीहरु मूढ​, मूढस् हुन् | उनीहरुले आफ्नो कहलाउने ज्ञान त निकाल्न सकलन तर वैदिक ज्ञानले उनीहरुलाई मूढस् भन्दछ | र यदी कसैले उच्चतम शक्ति बारे, प्रकृति, बारे बुझ्न सक्दैन, भने कसरी भगवानलाइ बुझ्न सक्छ? त्यो सम्भब छैन | र भगवान र भक्ति बीच साथ भयो भने, त्यो भक्ति हो | यो निक्कै गाह्रो छ | मंनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये (भा गी ७.३) | सिद्धये भनेको उच्चतम शक्ति बारे बुझ्नु हो | त्यो सिद्धि हो | र त्यसपछि मात्रै भगवानलाई बुझ्न सक्दछ | यो विषेसगरी यो युगमा निक्कै नै गाह्रो छ | मन्दाः सुमन्द​-मतयो (श्री भा १.१.१०)| उनीहरु...मंदाह भनेको उनीहरु रुची राख्दैनन्, वा उनीहरु थोरै रुची रख्चन, तर उनीहरु मन्द हुन्छन | उनीहरुलाई यो प्राथमिक ज्ञान बारे ज्ञान नै हुँदैन | र प्रथममा यो कुरा तिमीलाई थाहा हुनुपर्छ, अथातो ब्रह्म जिज्ञासा यो उच्चस्तरको ज्ञान हो | यो आवश्यक छ | तर सबै यसलाई नकार्दै छन् | उनीहरुसंग हाम्रो शरीर कसरी चल्दैछ भन्ने बारे जिज्ञासा पनि छैन | जिज्ञासा पनि छैन | उनीहरु सोच्चन यो तत्वहरु आफै मेल हुन्छ... उनीहरु अझै यो कुरालाई नकार्दै छन् र जब तिमीले चुनौती दिनछौ, तिमीले कुनै रशायन लिन सक्छौ र त्यस जीवन बनाउन सक्छौ," उनीहरु भन्छन्,"त्यो म गर्न सक्दिन |" र के हो यो? यदी तिमीले गर्न सक्दैनौ भने, तिमी किन यो नचाहिने बोल्दैछौ, कि "कुनै रशायण र तत्वको मिश्रंले जीवन प्रधान गर्छ भनेर?" तिमीले कुनै रशायण लिनछौ... हाम्रो डा. स्वरुप दामोदर क्यालिफोर्निया विश्व विद्यालयमा, एउटा ठुलो प्राध्यापक आए र कुनै रशायनको क्रमिक बिकास बारे बोल्दै थिए र उनले तुरुन्तै चुनौती दिए कि "यदी मैले तपाइलाई कुनै रसायन दिए भने तपाइले जीवन उत्पादन गर्न सक्नुहुन्छ?" उनले भने, "कि म गर्न सक्दिन |"(मुसुमुसु हाँसो)| यो हाम्रो स्थिति छ | उनीहरु यसलाई प्रमाणित गर्न सक्दैनन् | उनीहरुले यो गर्न सक्दैनन् |