NE/Prabhupada 0461 - म गुरु बिना गर्न सक्छु । यो नचाहिने कुरा हो



Lecture on SB 7.9.7 -- Mayapur, February 27, 1977


जस्तै हाम्रो देशमा, तपाईलाई थाहा छ होला, एउटा कवि थिए, रविन्द्रनाथ तगोरे | उनले अक्सफोर्ड विश्वविद्यालयबाट धेरै सम्मान प्राप्त गरे | उनी कहिल्यै विद्यालय गएनन् तर उनले "डा रविन्द्रनाथ तगोरे" भनेर सम्मान प्राप्त गरे | र यदि तपाई सोच्नुहुन्छ कि "मैले पनि विद्यालय नगएर विद्यावारिधि प्राप्त गर्नेछु," त्यो मुर्खता हो | त्यो विशेष हो | त्यसैगरी, अनुकरण गर्ने प्रयास नगर्नुहोस् | साधारण बाटो अनुसरण गर्नुहोस्, साधन​-सिद्धि | तपाईले शास्त्रमा निर्देशित नियम पालन गर्नुपर्छ | तसर्थ यति धेरै शास्त्रहरु छन् | र गुरु मार्गनिर्देशक हुनुहुन्छ | हामीले सधैं...... तपाई नित्य-सिद्ध वा कृपा-सिद्ध भए पनि, तपाईले साधारण नियम उल्लंघन गर्नुहुँदैन | त्यो धेरै खतरनाक हुन्छ | त्यसो गर्ने प्रयास नगर्नुहोस् | हामीले अनुसरण गर्नुपर्छ | जस्तै चैतन्य महाप्रभु | चैतन्य महाप्रभु कृष्ण स्वयं हुनुन्छ तर उहाँए गुरु स्वीकार्नुभयो | उहाँको गुरु को हुनुहुन्छ ? उहाँ सबैको गुरु हुनुहुन्छ तर उहाँले ईश्वर पुरीलाई आफ्नो गुरुको रुपमा स्वीकार्नुभयो | कृष्ण स्वयंले सान्दीपनि मुनिलाई आफ्नो गुरु स्वीकार्नुभयो, हामीलाई सिकाउनुभयो कि गुरु बिना तपैले कुनै विकास गर्नसक्नुहुन्न | आदौ गुर्वाश्रयम् | पहिलो कार्य भनेको गुरु स्वीकार्नु हो | तद्-विज्ञानार्थं स गुरुम् एवाभिगच्छेत् (मु उ १|२|१२) | यो नसोच्नुहोस् कि "म धेरै विकसित छु | मलाई कुनै गुरु चाहिंदैन | म गुरु बिना गर्न सक्छु |" त्यो नचाहिने कुरा हो | त्यो सम्भव छैन | "गर्नुपर्छ |" तद्-विज्ञानार्थं |तद्-विज्ञानार्थं भनेको अध्यात्मिक विज्ञान | "जानुपर्छ |" गुरुम् एवाभिगच्छेत् समित्-पनिः श्रोत्रियं ब्रह्म​-निष्ठम् | तस्माद्-गुरुं प्रपद्येत जिज्ञासुः श्रेय उत्तमम् (श्री भा ११|३|२१) | यदि तपाई दिव्य विज्ञान, अध्यात्मिक ज्ञान बुझ्न वास्तवमा गम्भीर हुनुहुन्छ, तपाईको गुरु हुनुपर्छ | तस्माद् गुरुं प्रपद्येत जिज्ञासुः श्रेय उत्तमम् | र चैतन्य महाप्रभुले भन्नुभएको जस्तै, आमार आज्ञाय गुरु हञा तार​ऽ एइ देश (चै च मध्य ७|१२८) | गुरु स्व-निर्मित हुँदैन | हुँदैन | वैदिक साहित्यमा त्यस्तो एक घटना पनि छैन | र आजकाल धेरै धुर्तहरु कुनै अधिकारी बिना गुरु बन्दैछन् | त्यो गुरु होइन | तपाई आधिकारिक हुनुपर्छ | एवं परम्परा-प्राप्तम् इमं रा... (भ गी ४|२) | र जब परम्परा हराउँछ, स कालेन योग नष्टो परन्तप​, तत्काल समाप्त | अध्यात्मिक शक्ति सकिन्छ | तपाई गुरुको पहिरनमा हुन सक्नुहुन्छ, तपाईले ठुलो, ठुलो शब्द बोल्न सक्नुहुन्छ, तर यो कहिल्यै प्रभावशाली हुनेछैन | यी विज्ञान हुन् | प्रह्लाद महाराज हाम्रो गुरु हुन् | उनी सामान्य होइनन् | यो नसोच्नुहोस् कि "उनी पाँच वर्षका बालक हुन्, उनीसँग कुनै ज्ञान छैन |" होइन | उनी पूर्ण नित्य-सिद्ध गुरु हुन् र हामीले सधैं उनको कृपाको लागि प्रार्थना गर्नुपर्छ | या उनी वैष्णव ठाकुर हुन् | वैष्णव ठाकुर् तोमार कुक्कुर बोलिया जानह मोरे | यो विनम्र तरिका हो | "हे वैष्णव ठाकुर......" सबै वैष्णवहरु ठाकुर हुनुहुन्छ | उहाँहरु साधारण व्यक्ति हुनुहुँदैन | ठाकुर...... तसर्थ हामी सम्बोधन गर्छौं: भक्तिविनोद ठाकुर, भक्तिसिद्धान्त सरस्वति ठाकुर | त्यसैले वैष्णव, प्रह्लाद ठाकुर | हामीले सधैं प्रार्थना गर्नुपर्छ, वैष्णव ठाकुर, तोमार कुक्कुर बोलिय जानह मोरे | भक्तिविनोद ठाकुरको एउटा भजन छ | "मेरो प्रिय वैष्णव ठाकुर, कृपया मलाई आफ्नो कुकुरको रुपमा स्वीकार्नुहोस् |" वैष्णव ठाकुर | जसरी कुकुरले मालिकको निर्देशनमा सबै कुरा आज्ञाकारी भएर पालन गर्छ, हामीले कुकुरबाट यो शिक्षा लिनुपर्छ, कसरी मालिक प्रति आज्ञाकारी हुने | त्यो उपदेश हो | सबै कुरामा तपाईले केहि सिक्न सक्नुहुन्छ | सबजना | तसर्थ महा-भागवत, उनीहरु सबैलाई गुरुको रुपमा स्वीकार्छन्, केहि सिक्नको लागि | वास्तवमा, कुकुरबाट हामीले यो कला सिक्न सक्छौं, जीवनलाई जोखिममा राखेर पनि कसरी आज्ञाकारी हुने | धेरै घटनाहरु छन्, कुकुरले मालिकको लागि पनि ज्यान दिएको छ | र हामी वैष्णवको कुकुर हुनुपर्छ | छाडिया वैष्णव​-सेवा, निस्तार पायेछे केबा |