NE/Prabhupada 0469 - पराजित वा विजयी, कृष्णमा निर्भर हुनुपर्छ । तर युद्ध भने हुनुपर्छ



Lecture on SB 7.9.9 -- Mayapur, March 1, 1977


त्यसैले हाम्रो अभियान व्यवहारिक गतिविधिमा आधारित छ | तपाईसँग जे प्रतिभा छ, तपाईसँग जति बल छ, शिक्षा छ....... तपाईले केहि सिक्नु पर्दैन | तपाईसँग जे छ, तपाई जुनसुकै स्थानमा हुनुहुन्छ, तपाईले कृष्णको सेवा गर्न सक्नुहुन्छ | यो होइन कि तपाईले पहिले केहि सिक्नुपर्छ, तब तपाईले सेवा गर्न सक्नुहुन्छ | होइन | सेवा आफैंमा शिक्षा हो | तपाईले जति धेरै सेवा गर्ने प्रयास गर्नुहुन्छ, त्यति नै तपाई दक्ष सेवक बन्नुहुन्छ | हामीलाई अधिक बुद्धि चाहिंदैन | अन्यथा...... उदाहरण हो गज​-यूथ​-पाय​ | हात्तीको राजा सन्तुष्ट छ | ऊ पशु हो | ऊ ब्राह्मण होइन | ऊ वेदान्ति होइन | हुन सक्छ धेरै ठुलो, मोटो पशु, (हाँस्नुहुन्छ) तर जे भए पनि पशु नै हो | हनुमान पशु थिए | यस्ता धेरै कुराहरु छन् | जटायु पंक्षी थिए | उनीहरुले कसरी सन्तुष्ट पारे ? जटायुले रावणसँग युद्ध गरे | हिजो तपाईहरुले देख्नुभयो | रावणले सीतादेवीलाई अपहरण गर्दैथियो र जटायु, पंक्षी, उनी उडेर जाँदै थिए | रावणलाई यन्त्र बिना कसरी उड्ने थाहा थियो | ऊ भौतिक रुपमा धेरै, धेरै शक्तिशाली थियो | जटायुले उसलाई आकाशमा आक्रमण गरे: "तँ को होस् ? तैंले सीतालाई लाँदैछस् | म तँसँग युद्ध गर्छु |" रावण धेरै शक्तिशाली थियो | जटायु परास्त भए तर उनले युद्ध गरे | त्यो उनको सेवा हो | परास्त भएर कुनै मतब हुँदैन | हामीले त्यसैगरी युद्ध गर्नुपर्छ | जो कृष्ण भावनामृत अभियानको विपक्षी छन्, हामीले आफ्नो पूर्ण क्षमतामा तिनीहरुसँग युद्ध गर्नुपर्छ | हामी परास्त भए पनि मतलब हुँदैन | त्यो पनि सेवा हो | कृष्णले सेवा हेर्नुहुन्छ | परास्त वा विजयी, कृष्णमा निर्भर छ | तर युद्ध हुनुपर्छ | कर्मण्य् एवाधिकारस् ते मा फलेषु कदाचन (भ गी २|४७) | त्यो अर्थ हो | तपाईले कृष्णको लागि इमान्दारीपूर्वक, बुद्धिमानीपूर्वक कार्य गर्नुपर्छ, र विजय वा पराजय, यसको मतलब हुँदैन | जस्तै जटायु रावणसँग युद्ध गर्दा परास्त भए | उनको पखेटा काटियो | रावण धेरै बलियो थियो | र भगवान रामचन्द्रले उनको अन्तिम संस्कार गर्नुभयो किनकि उनी भक्त थिए | यो विधि हो, यो होइन कि हामीले केहि अधिक सिक्नुपर्छ | हामीसँग जे क्षमता छ, हामीले भगवानको सेवामा लगाउने निर्णय गर्नुपर्छ | यो जरुरि छैन कि तपाई धेरै धनि वा धेरै सुन्दर वा शारीरिक रुपले बलियो हुनुपर्छ | त्यस्तो केहि चाहिंदैन | स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे अहैतुक्य् अप्रतिहता (श्री भा १|२|६) | कुनै पनि परिस्थितिमा तपाईको भक्ति रोकिनुहुँदैन | त्यो सिद्धान्त हुनुपर्छ कि हामी कुनै पनि परिस्थितिमा रोकिंदैनौं | र कृष्ण थोरै फुल, थोरै पानी स्वीकार्न पनि तयार हुनुहुन्छ | पत्रं पुष्पं फलं तोयं (भ गी ९|२६) | उहाँले भन्नुहुँदैन,"मलाई धेरै आलिसान र मिठो परिकार देऊ | तब मैले.......," उहाँ सन्तुष्ट हुनुहुनेछ | होइन | वास्तविक आवश्यकता भक्ति हो | पत्रं पुष्पं फलं तोयं यो मे भक्त्या प्रयच्छति | यो वास्तविक आवश्यकता हो- भक्त्या | भक्त्या माम् अभिजानाति यावान् यश् च​... (भ गी १८|५५) | तसर्थ हामीले आफ्नो भक्ति, कृष्णप्रति प्रेम विकास गर्नुपर्छ | प्रेमा पुमर्थो महान्, चैतन्य महाप्रभुले सुझाव दिनुभएको छ | मानिसहरु धर्म-अर्थ-काम-मोक्ष पछी छन्, तर चैतन्य महाप्रभुले भन्नुभयो, "हुँदैन, तिमि मुक्त भए पनि, मोक्ष, त्यो कृष्णको कृपा पाउने योग्यता होइन |" प्रेम पुमर्थो महन् | पन्चम​-पुरुषर्थ​ | मानिसहरु धेरै धार्मिक हुने प्रयासमा छन् | त्यो राम्रो हो | अनि अर्थ | धर्म अर्थ | अर्थ भनेको आर्थिक रुपमा धेरै धनि, ऐश्वर्यवान | अनि काम, इन्द्रियतृप्तिमा धेरै दक्ष | अनि मुक्ति | यो साधारण माग हो | तर भागवतमा भनिएको छ,"होइन, यी कुराहरु योग्यता होइनन् |" धर्मः प्रोज्झित​-कैतवो ऽत्र (श्री भा १|१|२) |