NE/Prabhupada 0476 - यदि उचित स्थानमा निर्भरता हुन्छ भने त्यो नराम्रो हुँदैन



Lecture -- Seattle, October 7, 1968


मलाई थाहा छैन कि मेरो अवस्था शरणागत हुनु हो, र त्यो शरणागतिको सिद्धान्त मेरो खुसी जीवन हो | जस्तै एउटा सानो बच्चा, यदि ऊ आमा-बुवाको इच्छाप्रति शरणागत हुन्छ, उसको जीवन धेरै आनन्द प्रदायक, धेरै खुसी हुन्छ | एउटी युवती, यदि उनी बुवा-आमाको इच्छाप्रति शरणागत हुन्छिन् र...... त्यो विधि हो, वैदिक विधि | एउटी महिला, प्रकृतिले निर्भर हुन्छिन् | कृत्रिम रुपमा, यदि महिलाले स्वतन्त्रता चाहन्छिन, तब उनको जीवन दु:खी हुन्छ | तसर्थ वैदिक विधि अनुसार...... मैले उत्पादन गरेको होइन | मैले वैदिक सिद्धान्तमा आधिकारिक रुपमा बोल्दैछु | मनु-संहिता, वेदको नियम, मनु, मानवका प्रमुख...... मनु मानवका प्रमुख हुन् | त्यसैले उनीसँग आफ्नो नियम छ | जहाँसम्म हिन्दुको कुरा छ मनु-संहिताको नियम अझै भारतमा पालन गरिन्छ | मनु-संहितामा भनिएको छ, न स्त्रियं स्वतन्त्रम् अर्हति | उनले नियम दिएका छन् कि स्त्रीलाई स्वतन्त्रता दिनुहुँदैन | तब ? जीवन के हुन्छ ? जीवन भनेको जबसम्म उनी विवाहित हुँदिनन्, उनी आमा-बुवाको मार्गनिर्देशन, निर्भरतामा बाँच्नुपर्छ | र जब उनी विवाहित हुन्छिन्, उनी आफ्नो पतिमा निर्भर भएर बाँच्नुपर्छ | र जब पति बाहिर जान्छन्...... किनकि हिन्दु प्रथा अनुसार, पति सम्पूर्ण जीवन, मृत्युसम्म घरमा बस्दैनन् | होइन | जब बच्चाहरु हुर्कन्छन्, उनले श्रीमती र बच्चालाई त्याग्छन् र सन्यासी बन्छन्, जसरी म बनेको छु | मेरा बच्चा छन्, मेरा नातीहरु छन्, मेरी पत्नी अझै छिन्..... तर मैले सम्पूर्ण सम्बन्ध त्यागेको छु | मेरो पत्नीको पोषण कसरी हुँदैछ ? उनका हुर्केका बच्चाहरु छन् | त्यसैले कुनै चिन्ता छैन | त्यसैले निर्भरता नराम्रो होइन यदि उचित स्थानमा निर्भरता हुन्छ | कुनै पिताले आफ्नी अविवाहित छोरीको सुविधाप्रति उपेक्षा गर्दैनन्, आफ्ना अविवाहित छोरी र छोराहरु | हिन्दु प्रथा अनुसार, एउटा पिता, माताको जिम्मेवारी समाप्त हुन्छ, जब उनीहरुका बच्चा विवाहित हुन्छन्, कि छोटी वा छोरा | त्यति जिम्मेवारी हुन्छ | तब उनीहरु मुक्त हुन्छन् | त्यसैले निर्भरता, मैले निर्भरतामा बोल्दैछु | निर्भरता नराम्रो होइन, शरणागति नराम्रो होइन | महिला पतिप्रति शरणागत भएको मैले व्यक्तिगत रुपमा देखेको छु..... अझै भारतमा धेरै महिलाहरु छन्, उनीहरु धेरै खुसी छन् र उनीहरुको जीवन श्रेष्ठ छ | त्यसैले हामीले सिक्नुपर्छ कि कार्यहरु कसरी गर्नुपर्छ | कृत्रिम स्वतन्त्रता सधैं राम्रो हुँदैन | व्यवहारिक रुपमा, हामीसँग कुनै स्वतन्त्रता छैन | मैले स्वतन्त्रताको बारेमा सोच्न सक्छु तर व्यवहारिक रुपमा मसँग कुनै स्वतन्त्रता छैन | म मेरा इन्द्रियहरुको दास छु | कामादीनां कति न कतिधा पालिता दुर्निदेश​ | हामी सबै इन्द्रियहरुको सेवा गर्दैछौं | त्यसो भए मेरो स्वतन्त्रता कहाँ छ ? मैले मेरो पिता, मेरो राज्य, मेरो देश, मेरो समुदायबाट स्वतन्त्रता घोषणा गर्न सक्छु, तर म मेरो इन्द्रियहरुको दास हुन्छु | त्यसैले मेरो स्वतन्त्रता कहाँ छ ? हामीले आफ्नो मौलिक स्थिति थाहा पाउनुपर्छ कि हरेक परिस्थितिमा हामी निर्भर छौं | तसर्थ मेरो जीवनको पूर्णताको सर्वोत्तम विधि भनेको भगवान, कृष्णमा निर्भर हुनु हो | त्यो सम्पूर्ण समस्याको समाधान हो | र कृष्ण भावनामृत अभियान त्यहि हो | आफ्नो मौलिक स्थिति बुझ्ने प्रयास गर्नुहोस् र भगवान कृष्णमा शरणागत हुनुहोस् | तब तपाई खुसी हुनुहुनेछ | धेरै सजिलो कुरा | जुन क्षण तपाई भगवानमा शरणागत हुनुहुन्छ, तत्काल तपाई खुसी हुनुहुन्छ | माम् एव ये प्रपद्यन्ते मायाम् एतां तरन्ति ते |