NE/Prabhupada 0483 - कृष्णप्रति प्रेम विकास नभएसम्म उहाँको बारेमा सोच्न कसरी सकिन्छ ?



Lecture -- Seattle, October 18, 1968


यदि तपाईले कृष्णको बारेमा सोच्नुहुन्छ, त्यो विधि हो, कृष्ण भावना | तब मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः, यदि तपाईले यो योग विधि, कृष्ण भावनाको अभ्यास गर्नुहुन्छ, कसरी ? मद्-आश्रयः | मद्-आश्रयः भनेको "मेरो सम्पर्कमा भएको व्यक्तिको आश्रय लिनु |" मद्-आश्रयः | मद्-आश्रयः भनेको उहाँसँगको सिधा सम्पर्क | जब तपाईले उहाँको बारेमा, उहाँको रुपको बारेमा सोच्नुहुन्छ, तपाई सिधै उहाँसँगको सम्पर्कमा हुनुहुन्छ | तर जबसम्म तपाईले उहाँको बारेमा थाहा पाएका अध्यात्मिक गुरुको आश्रय लिनुहुँदैन, तपाईले लामो समयसम्म मन एकाग्र पार्न सक्नुहुँदैन | यो अस्थायी हुन्छ | तसर्थ तपाईले कृष्णको बारेमा थाहा पाएका व्यक्तिबाट श्रवन गर्नुपर्छ | तब कृष्णप्रतिको तपाईको ध्यान निरन्तर हुन्छ | तपाईले गुरुको निर्देशन अनुसार सबै कार्य गर्नुपर्छ | तपाईको जीवन अध्यात्मिक गुरुको निर्देशन अन्तर्गत मोडिनुपर्छ | तब तपाईले यो योग विधि पूर्ण रुपमा निरन्तर गर्न सक्नुहुन्छ | त्यो योग विधि के हो ? त्यो योग विधिको वर्णन भगवद गीताको छैटौं अध्यायको अन्तिम श्लोकमा गरिएको छ | योगिनाम् अपि सर्वेषां मद्-गतेनान्तरात्मना: (भ गी ६|४७) "जसले सदैव मेरो बारेमा सोच्छ," मद्-गत, "ऊ प्रथम श्रेणीको योगी हो |" धेरै स्थानमा यो वर्णित छ | प्रेमाञ्जन​-च्छुरित​ | कृष्णप्रति प्रेम विकास नभएसम्म उहाँको बारेमा सोच्न कसरी सकिन्छ ? जस्तै राधारानी | राधारानी आउनुभएको छ | उहाँ विवाहित हुनुहुन्थ्यो र गृहस्थ जीवन, तर उहाँ कृष्णको आराधना गर्न कृष्णकहाँ आउनुभएको छ | त्यसैगरी, हामीले कृष्णलाई सधैं आफ्नो मनमा राख्नुपर्छ, उहाँको बारेमा सोच्नुपर्छ | तब यो विधि, मय्य् आसक्त​-मनाः पार्थ योगं युञ्जन् मद्-आश्रयः, "मेरो वा मेरो प्रतिनिधिको आश्रयमा, जब तिमीले समग्रम् बुझ्छु, पूर्ण रुपमा बुझ्छौ, तब तिम्रो जीवन सफल हुन्छ |" असंशयम्: "निशंकोच रुपमा |" यो होइन कि तपाईको अध्यात्मिक गुरुले "कृष्ण सर्वोच्च पुरुषोत्तम भगवान हुनुहुन्छ" भनेको कारण | होइन | यदि तपाईसँग कुनै शंका छ, केवल प्रश्न गर्नुहोस्, बुझ्ने प्रयास गर्नुहोस् | यो तथ्य हो कि उहाँ निशंकोच रुपमा सर्वोच्च पुरुषोत्तम भगवान हुनुहुन्छ | तर यदि तपाईसँग कुनै शंका छ, तपाईले यो स्पष्ट पार्न सक्नुहुन्छ | असंशयम् | यस प्रकारले यदि तपाईले यो योग-अभ्यास गर्नुहुन्छ, कृष्ण भावना, सम्पूर्ण योग-विधिहरु मध्ये सर्वोच्च, असंशयम् समग्रं मां यथा ज्ञास्यसि (भ गी ७|१), तब तपाईले कृष्ण वा सर्वोच्च पुरुषोत्तम भगवानलाई बुझ्नुहुनेछ, पूर्ण रुपमा, कुनै शंका बिना, र तपाईको जीवन सफल हुनेछ |

धन्यवाद |

(भक्तहरु दण्डवत गर्छन्)