NE/Prabhupada 0485 - भक्तहरुले कृष्णको हरेक लिला उत्सवको रुपमा मनाउँछन्



Lecture -- Seattle, October 18, 1968


अतिथि: म चाहन्छु कि कि तपाईले उत्पत्ति र महत्व बनाउनुहोस्, जगन्नाथ रथ यात्राको |

प्रभुपाद: जगन्नाथ महोत्सवको महत्व यो छ कि, जब कृष्णले वृन्दावन छाड्नुभयो, कृष्णलाई उहाँको पोषक पिता, नन्द महाराजले पाल्नुभएको थियो | तर जब उहाँ हुर्कनुभयो, १६ वर्षीय, उहाँलाई आफ्नो वास्तविक पिता, वासुदेवले लानुभयो, र कृष्ण र बलराम, दुई दाजु-भाईले वृन्दावन छाड्नुभयो र...... उहाँहरु वासिन्दा हुनुहुन्थ्यो........ उहाँहरुको राज्य द्वारकामा थियो | त्यसैले कुरुक्षेत्रमा- कुरुक्षेत्र सधैं धर्म-क्षेत्र, धार्मिक स्थल हो- त्यहाँ सुर्य-ग्रहण थियो र भारतको विभिन्न भागहरुबाट मानिसहरु त्यहाँ स्नान गर्न आए | त्यसैगरी, कृष्ण र बलराम आफ्नी बहिनि सुभद्रासँग, उहाँहरु पनि शाही रुपमा आउनुभयो, धेरै सैनिकसँग र धेरै....... जस्तै राजा | त्यसैले यी वृन्दावन वासीहरु, उनीहरुले कृष्णलाई भेटे, र विशेषगरि गोपिहरु, उनीहरुले कृष्णलाई देखे, र उनीहरुले शोक गरे कि "कृष्ण, हजुर यहाँ हुनुहुन्छ, हामी पनि यहाँ छौं, तर स्थान भिन्न छ | हामी वृन्दावनमा छौं |" यसको लामो कथा छ कि उनीहरुले कसरी शोक गरे र कसरी कृष्णले उनीहरुलाई शान्त पार्नुभयो | यो विछोडको अनुभव हो, कसरी वृन्दावन वासीहरुले कृष्णबाट विछोड अनुभव गरे | जब कृष्ण रथमा आउनुभयो, त्यसलाई रथ यात्रा भनिन्छ | यो रथ-यात्राको इतिहास हो | भक्तहरुले कृष्णको हरेक लिला उत्सवको रुपमा मनाउँछन् | त्यो हो रथ यात्रा |