NE/Prabhupada 0487 - चाहे बाइबल होस् वा कोरान होस् वा भगवद्-गीता, हामीले हेर्नुपर्छ कि फल कस्तो छ



Lecture -- Seattle, October 18, 1968


प्रभुपाद: अरु कुनै प्रश्न छ ?

जाह्नवा: ख्रिस्ट चेतना र कृष्ण चेतना, शब्दहरु मिल्दो-जुल्दो छन् | कृपया यो शब्दहरु मिलाएर यिनीहरु कसरी आए व्याख्या गर्नुहोस् |

प्रभुपाद: त्यो मैले धेरै पटक व्याख्या गरिसकें- एउटा जेबी शब्दकोश र अन्तर्राष्ट्रिय शब्दकोश | तपाईले भन्न सक्नुहुन्न कि जेबी शब्दकोश कुनै शब्दकोश होइन, तर यो विशेष वर्गको विद्यार्थीको लागि हो | र अन्तर्राष्ट्रिय शब्दकोश विशेष वर्गको विद्यार्थीको लागि हो | उनीहरु सब विद्यार्थी हुन् | ख्रिस्टले जे बोल्नुभयो, त्यो पनि भागवत चेतना हो तर त्यो विधेश वर्गका मानिसहरुको लागि थियो | र तिनीहरु कस्तो वर्गका मानिस थिए ? तिनीहरु पूर्ण रुपमा सभ्य पनि थिएनन् | किनकि ख्रिस्टले भागवत चेतना प्रचार गर्दै हुनुहुन्थ्यो, त्यो उनको गल्ति भयो र तिनीहरुले उनलाई सुलीमा चढाए | तिनीहरु कुन वर्गका मानिस थिए ? निर्णय गर | उनको एकमात्र गल्ति भनेको उनले भगवानको बारेमा प्रचार गर्दै थिए र तिनीहरुले उनलाई सुलीमा चढाए | प्रतिफल सुलीमा चढाउनु थियो | त्यसैले तिनिहरु कुन वर्गका मानिसहरु थिए | त्यो समाजको स्तर, केवल बुझ्ने प्रयास गर | तसर्थ जे येशु ख्रिस्टले तिनीहरुको लागि बोल्नुभयो, त्यो पर्याप्त थियो | तर जब भगवद गीता अर्जुनजस्ता व्यक्तिको लागि बोलियो, त्यो भिन्न कुरा हो | हामीले समय, परिस्थिति र दर्शकको अनुरुप बोल्नुपर्छ | के यो देख्दैनौ कि यहाँ थोरै मानिसहरु उपस्थित छन् ? किन ? तिनीहरु कृष्ण विज्ञान, कृष्ण भावना बुझ्न सक्दैनन् | यो सबै वर्गका मानिसहरुको लागि होइन | यो भागवत चेतनाको सर्वोच्च स्तर हो | भागवत प्रेम | त्यहाँ पनि निशंकोच रुपमा भागवत प्रेमको शिक्षा छ | त्यो भिन्नता हो | उही कुरा | सधैं बुझ्ने प्रयास गर | सानो जेबी शब्दकोश प्राथमिक तहका विद्यार्थीहरुको लागि हुन्छ र अन्तर्राष्ट्रिय शब्दकोश उच्च तह, स्नातकोत्तर तहका विद्यार्थीको लागि, दुवै शब्दकोश हुन् | तर यो एउटा वर्गको लागि यो र त्यो अर्को वर्गको लागि हो | र परिक्षण भनेको फलेन परिचीयते | फलेन परिचीयते, तिमीले बुझ्नुप्रछ | मानौं तिमी जङ्गलमा यात्रा गर्दैछौ | त्यहाँ धेरै रुखहरु हुन्छन् | तर तिमीले बुझ्न सक्दैनौ कि यो रुख के हो, त्यो के हो | तर जब तिमीले फुल देख्छौ,"ओहो, यहाँ स्याउ छ | यो स्याउको रुख हो |" जस्तै अर्को दिन तिमीले मलाई भन्दै थियौ, तिमीले कहिल्यै स्याउको रुख देखेका छैनौ ? हो | जब तिमीले स्याउ देख्छौ, तिमीले बुझ्छौ,"यो स्याउको रुख हो |" कुनै पनि शास्त्रको परिक्षण भनेको एक मानिसले भागवत प्रेम कसरी विकास गर्दैछ | फलेन परिचीयते | यदि तिमीले पाउँछौ कि कुनै धार्मिक सिद्धान्त पालन गरेर तिमीले आफ्नो भागवत प्रेमको विकास गर्दैछौ, तब यो पूर्ण हुन्छ | यसको मतलब हुँदैन कि यो बाइबल हो वा कोरान हो वा भगवद गीता हो | यसको मतलब हुँदैन | हामीले हेर्नुपर्छ कि फल के हुन्छ | यदि फल यो हुन्छ कि मानिसले भागवत प्रेमको विकास गर्दैछन्, तब यो पूर्ण हुन्छ | यो बुझ्ने प्रयास नगर कि यो राम्रो हुन्छ, यो नराम्रो हुन्छ...... हुँदैन | नतिजाद्वारा बुझ्ने प्रयास गर | जस्तै उनी मार्ग: यदि तिमीले फल हेर्छौ, तब यो प्रथम श्रेणीको हुन्छ | त्यसैले यसको मतलब हुँदैन कि यो बाइबल हो कि गीता | यदि तिमीले बाइबल पढेर भागवत प्रेम विकास गर्न सक्छौ, यो प्रथम श्रेणीको हो, र यदि तिमीले फलेन परिचीयते र यदि तिमीले गर्न सक्दैनौ, तब यो बाइबल होस् वा कोरान होस् वा भगवद गीता होस्, यसको तिमीमा कुनै असर हुँदैन | त्यसैले यो तिमीमा निर्भर छ | तुलनाले होइन तर तिम्रो आफ्नो गतिविधिहरुले | यदि तिमीले वास्तवमा येशु ख्रिस्टले दिनुभएको उपदेश पालन गर्छौ, तिमीले पनि भागवत प्रेमको विकास गर्छौ | यसमा कुनै शंका छैन | त्यसैगरी, यदि तिमीले कृष्णको उपदेश पालन गर्छौ, तिमीले पनि विकास गर्छौ | त्यसैले यो तिमीमा निर्भर छ | तिमीले पालन गर्ने प्रयास गर | यदि तिमीले पालन गर्दैनौ, केवल तुलनात्मक अध्ययन गर्ने प्रयास गर्छौ, "यो राम्रो छ" वा "यो नराम्रो छ", त्यसलाई भनिन्छ श्रम एव हि केवलम् (श्री भा १|२|८)- केवल बेकार मेहेनत गर्ने | किन तुलनात्मक अध्ययन ? केवल हेर कि तिमीले भागवत प्रेम कति विकास गर्दैछौ, त्यति हो | फलेन परिचीयते | "यदि त्यहाँ स्याउ छ, त्यो ठिक छ; यो रुख के हो मतलब छैन | मलाई स्याउसँग मतलब छ |"