NE/Prabhupada 0494 - नेपोलियनले बलियो आर्क बनाए तर उनी कहाँ गए, कसैलाई थाहा छैन



Lecture on BG 2.14 -- Germany, June 21, 1974


अन्यथा रूपम् भनेको अर्को रुपमा बस्नु वा बाँच्नु | अर्को रुप भनेको म आत्मा हुँ | मसँग अध्यात्मिक शरीर छ | तर कुनै कारणले गर्दा, परिस्थितिवश, मेरो इच्छाको कारण, मैले कहिले मानव शरीर प्राप्त गर्छु र कहिले कुकुरको शरीर प्राप्त गर्छु, कहिले बिरालोको शरीर, कहिले रुखको शरीर, कहिले देवताको शरीर | ८४,००,००० विभिन्न प्रकारका शरीरहरु छन् | मैले आफ्नो इच्छा अनुसार परिवर्तन गर्दैछु | र मेरो संक्रमण अनुसार, कारणं गुण​-सङ्गः अस्य​, यी सुक्ष्म कुराहरु हुन् | त्यो मानव जीवनको वास्तविक ज्ञान हो, अस्थायी सुखको लागि कुनै कुराको उत्पादन नगर्ने | त्यो मुर्खता हो | त्यो समय नाश गर्ने मुर्खता हो | यदि हामीले आफ्नो वर्तमान शरीरको आनन्दको लागि केहि आविष्कार गर्छौं, म धेरै आनन्दपूर्वक स्थितिमा बाँच्छु, तर- "तिमीलाई आनन्दपूर्वक स्थितिमा बाँच्ने अनुमति छैन |" सर्वप्रथम तपाईले बुझ्नुहोस् | मानौं एउटा मानिसले धेरै राम्रो, धेरै बलियो घर निर्माण गर्छ | यो कुनै पनि परिस्थितिमा कहिल्यै पनि भत्किनेछैन | तर त्यो ठिकै छ, तर तपाईले आफ्नो लागि के गर्नुभएको छ कि तपाई कहिल्यै मर्नुहुनेछैन र तपाईले यो भोग गर्नुहुनेछ ? "छैन | यो छाडीदेऊ | मसँग एउटा बलियो घर हुनुपर्छ |" घर रहन्छ | तपाई त्यहाँ जानुहुन्छ | बलियो-निर्मित देश | जस्तै नेपोलियनले बलियो आर्क बनाए तर उनी कहाँ गए, कसैलाई थाहा छैन | तसर्थ भक्तिविनोद ठाकुरले भन्नुहुन्छ, गाउनुहुन्छ, जड​-बिद्या जतो मायार वैभव तोमार भजने बाधा | हामी जति धेरै तथाकथित भौतिक सुखमा प्रगति गर्छौं, त्यति धेरै हामीले आफ्नो वास्तविक परिचय बिर्सन्छौं | यो नतिजा छ | त्यसैले हामीले बुझ्नुपर्छ कि हाम्रो कार्य फरक छ जुन वास्तविक कार्य हो | त्यसलाई आत्म-साक्षात्कार भनिन्छ कि "म यो शरीर होइन |" यो आत्म-साक्षात्कार हो | कृष्णद्वारा यो उपदेश सुरुवातमा दिनुभएको छ कि "तिमी यो शरीर होइन |" पहिलो बुझाई, पहिलो ज्ञान भनेको यो बुझ्नु हो कि "म यो शरीर होइन | म आत्मा हुँ | मेरो भिन्न कार्य छ |" यो होइन कि यी अस्थायी कार्य वा गतिविधिहरु जुन कुकुर, मानव, बाघ, रुख वा माछामा छ, यी वास्तविक गतिविधि हुन् | आहार​-निद्रा-भय​-मैथुनं च​ | शारीरिक आवश्यकताहरुको उही सिद्धान्त | खानु, सुत्नु, यौन जीवन र रक्षा | तर मानव जीवनमा मेरो भिन्न कार्य छ, आत्म-साक्षात्कार, यो शारीरिक बन्धनबाट बाहिर निस्कने | र त्यसलाई भइन्छ ज्ञान | यो ज्ञान बिना, हामी ज्ञानमा जे विकास गर्दैछौं, त्यो मुर्खता हो, त्यति हो | श्रम एव हि केवलम् (श्री भा १|२|८) |