NE/Prabhupada 0498 - जब मैले यो शरीर त्याग्छु, मेरा सम्पूर्ण गगनचुम्बी भवन, व्यापार - समाप्त



Lecture on BG 2.15 -- Hyderabad, November 21, 1972


त्यसैले यहाँ सिफारिश छ | कृष्ण भावनाभावित हुने प्रयास गर्नुहोस् | अनि भौतिक जगतका यी सब बाहिरी, क्षणिक परिवर्तनहरुबाट तपाई विचलित हुनुहुनेछैन | यो शरीरमात्र होइन, व्यवहारिक रुपमा जो अध्यात्मिक जीवनमा विकसित छ, ऊ तथाकथित राजनैतिक उतारचढाव वा सामाजिक विचलनद्वारा विचलित हुँदैन | हुँदैन | उसलाई थाहा हुन्छ कि यी कुराहरु केवल बाहिरी हुन्, जस्तै सपनामा | यो एउटा सपना पनि हो | हाम्रो वर्तमान अस्तित्व, यो पनि सपना हो | जसरी हामी रातमा सपना देख्छौं | सपनामा हामी धेरै कुराहरु सिर्जना गर्छौं | यो भौतिक जगत पनि स्थूल सपना हो | स्थूल सपना | त्यो सुक्ष्म सपना हो | र यो स्थूल सपना हो | त्यो सपना भनेको मन, शरीर, बुद्धिको कार्य हो | र यहाँ, पाँच भौतिक तत्त्व: पृथ्वी, जल, वायु, अग्नि, आकाशको कार्य....... तर तिनीहरु सबै, यी आठ, तिनीहरु केवल भौतिक हुन् | हामीले सोच्दैछौं कि "मैले धेरै राम्रो घर निर्माण गरेको छु, गगनचुम्बी भावन यो सपना बाहेक केहि होइन | सपना बाहेक केहि होइन | सपना यो अर्थमा कि जब मैले यो शरीर त्याग्छु, मेरा सब गगनचुम्बी भावना, व्यापार, उद्योग समाप्त हुन्छ | ठिक उही सपना | सपना केहि मिनेट वा केहि घण्टाको लागि हो | र यो केहि वर्षको लागि हो | त्यति हो | यो सपना हो | त्यसैले कोहि पनि यो सपनाद्वारा विचलित हुनुहुँदैन | त्यो अध्यात्मिक जीवन हो | कोहि पनि विचलित हुनुहुँदैन | जस्तै हामी विचलित हुँदैनौं | मानौं, सपनामा मलाई गद्दीमा राखिन्छ र म राजाको रुपमा कार्यरत थिएँ, र यो सपना सकिए पछी, म दु:खी हुदीनँ | त्यसैगरी, सपनामा मैले देख्छु कि बाघले मलाई आक्रमण गरेको छ | म वस्तवमा रुन्छु "यहाँ बाघ छ ! यहाँ बाघ छ ! मलाई बचाऊ |" र जुन व्यक्ति मेरो पछाडि वा मेरो छेउमा बसेको छ, उसले भन्छ,"ओहो, तिमी किन रुँदैछौ ? बाघ कहाँ छ ?" जब ऊ जागरुक हुन्छ, उसले देख्छ कि त्यहाँ बाघ छैन | सबै कुरा त्यस्तै हुन्छ | तर यो सपना, यी स्थूल र सुक्ष्म सपनाहरु केवल प्रतिबिम्ब हुन् | जस्तै सपना के हो ? सम्पूर्ण दिन, मैले जे सोच्छु, सपना प्रतिबिम्ब हो | मेरो पिताले कपडाको व्यापार गर्नुहुन्थ्यो | त्यसैले उहाँले कहिलेकाही सपनामा मूल्य भन्नुहुन्थ्यो: "यो मूल्य हो |" त्यसैगरी, यो सब सपना हो | यो भौतिक अस्तित्व, पाँच स्थूल तत्त्व र तीन सुक्ष्म तत्त्वद्वारा बनेको शरीर सपनाजस्तै हो | स्मर नित्यम् अनियताम् | तसर्थ चाणक्य पण्डितले भन्छन्, स्मर नित्यम् अनियताम् | यो अनित्य, अस्थायी...... सपना सधैं अस्थायी हुन्छ | त्यसैले हामीले थाहा पाउनुपर्छ कि हामीसँग जे छ, हामीले जे देख्छौं, यी सब सपना हुन्, सब अस्थायी हुन् | तसर्थ यदि हामी अस्थियी कुराहरुसँग फस्छौं, तथाकथित समाजवाद, राष्ट्रवाद, परिवारवाद, वा यो-वाद, त्यो-वाद, र हाम्रो समय नाश गर्छौं, कृष्ण भावना विकास नगरी, तब त्यसलाई भनिन्छ श्रम एव हि केवलम् (श्री भा १|२|८), केवल हाम्रो समय नाश, अर्को शरीर सिर्जना गर्दै | हाम्रो वास्तविक कार्य भनेको हामीले थाहा पाउनुपर्छ कि "म यो शरीर होइन | म अध्यात्मिक तथ्य हुँ | त्यसैले मेरो भिन्न कार्य छ |" त्यसलाई भनिन्छ अध्यात्मिक जीवन | त्यो अध्यात्मिक जीवन हो, जब हामीले बुझ्छौं कि "म ब्रह्म हुँ | म यो पद्धार्थ होइन |" ब्रह्म-भूतः प्रसन्नात्मा (भ गी १८|५४) | त्यस समय हामी आनन्दित हुनेछौं | किनकि हामी धेरै भौतिक कुराहरुद्वारा प्रभावित छौं, र हामी दु:खी र खुसि छौं, यी सब बाहिरी गतिविधिहरुद्वारा प्रभावित भएर, तर जब हामी ठिक ढंगमा बुझ्छौं कि "मलाई यी कुराहरुको मतलब छैन," तब हामी आनन्दित हुन्छौं | "ओहो, मेरो कुनै जिम्मेवारी छैन | मैले यी सब कुराहरुसँग केहि गर्नु छैन |"