NE/Prabhupada 0500 - यो भौतिक जगतमा स्थायी रुपमा खुसी हुन सकिंदैन



Lecture on BG 2.15 -- Hyderabad, November 21, 1972


प्रभुपाद: यदि तपाई वास्तवमा खुसी हुन चाहनुहुन्छ, यदि तपाई वास्तविक भलो चाहनुहुन्छ, तब तपाई कृष्ण भावनाभावित हुनुहोस् | त्यसले तपाईलाई वास्तवमा खुसी बनाउनेछ | अन्यथा, यदि तपाई केवल यस भौतिक स्थितिद्वारा विचलित हुनुहुन्छ, नासतो विद्यते भावो नाभावो विद्यते सतः उभयोर् अपि दृष्टो ऽन्तस् त्व् अनयोस् तत्त्व​-दर्शिभिः (भ गी २|१६) तत्त्व​-दर्शिभिः, जसले परमसत्यलाई देखेका छन्, वा जसले परमसत्यको अनुभूति गरेका छन्, उनीहरुले निष्कर्ष दिएका छन् कि पद्धार्थको स्थियी अस्तित्व छैन र आत्माको कुनै विनाश छैन | यी दुई कुराहरु बुझ्नुपर्छ | असतः | असतः भनेको भौतिक | नासतो विद्यते भावः | असतः, जे असत् छ....... भौतिक जगतमा जे पनि असत् छ | असत् भनेको यो रहनेछैन, अस्थायी | तपाईले अस्थायी जगतमा स्थायी सुखको आशा गर्न सक्नुहुन्न | त्यो सम्भव छैन | तर तिनीहरु खुसी बन्ने प्रयासमा छन् | धेरै योजना-आयोगहरु, काल्पनिक | तर वास्तवमा कुनै सुख छैन | धेरै आयोगहरु छन् | तर त्यहाँ...... तत्त्व-दर्शी, उनीहरुलाई थाहा छ........तत्त्व-दर्शी, जसले परमसत्यको अनुभूति गरेका छन्, उसलाई थाहा हुन्छ कि भौतिक जगतमा कुनै सुख हुन सक्दैन | यो निष्कर्ष निकाल्नुपर्छ | यो केब भ्रम हो, यदि तपाई यस भौतिक जगतमा खुसी हुन चाहनुहुन्छ | तर मानिसहरु यति मुर्ख भएका छन्, विशेषगरी वर्तमान समयमा, तिनीहरु यस भौतिक जगतमा केवल योजना बनाउँदैछन्, तिनीहरु कसरी खुसी हुन्छन् | हामीले व्यवहारिक रुपमा देखेका छौं | हाम्रो देशमा के छ ? यो भौतिक सभ्यताबाट धेरै टाढा छ | अमेरिकामा धेरै गाडीहरु छन् | हरेक तेस्रो मानिस, वा दोस्रो मानिससँग गाडी हुन्छ | हामी गरिब छौं, हामी सन्यासी, ब्रह्मचारी हौँ | तब अपनी, हरेक मन्दिरमा हामीसँग कम्तिमा चार, पाँच गाडीहरु छन् | हरेक मन्दिरमा | धेरै राम्रो गाडी | त्यस्तो गाडी भारतका मन्त्रिले पनि कल्पना गर्न सक्दैनन् | तपाई देख्नुहुन्छ ? राम्रा, राम्रा गाडीहरु | तिनीहरुसँग धेरै गाडी छन् | तर समस्या यो छ कि तिनीहरु सडक बनाउन संग्लग्न छन्, एक पछी अर्को, एक पछी अर्को, एक पछी..... यो यस्तो अवस्थामा आएको छ, चार, पाँच....... चार, पाँच-तल्लाको सडक | (हाँसो) त्यसो भए तपाई कसरी खुसी हुनुहुन्छ | तसर्थ तत्त्व​-दर्शिभिः न असतः | तपाई यस भौतिक जगतमा स्थायी रुपमा खुसी हुन सकुनुहुन्दैन | त्यो सम्भव छैन | त्यसैले यहाँ खुसी हुन आफ्नो समय नाश नगर्नुहोस् | अर्को स्थानमा भनिएको छ, पदं पदं यद् विपदां न तेषाम् (श्री भा १०|१४|५८) | उही उदाहरण दिन सकिन्छ | अमेरिकामा, लाखौं मानिस सडक दुर्घटनामा मर्छन् | कति ? गणना कति छ ? तिमीलाई याद छैन ?

श्यामसुन्दर: साठी हजार, मलाई लाग्छ यो.....

प्रभुपाद: साठी हजार ? होइन | त्योभन्दा बढी...... धेरै मानिसहरु गाडी दुर्घटनाको मारन मर्छन् | हाम्रा केहि शिष्यहरु, केहि महिना अघि, उनीहरुको मृत्यु सडक दुर्घटनामा भयो | अमेरिकामा सडक दुर्घटनाको कारण मृत्यु त्यति आश्चर्यजनक होइन | किनकि गाडीहरु सत्तरी, असी, नब्बे मीलको गतिमा कुद्छन्, र एउटा गाडीमात्र होइन, एक पछी अर्को, सयौं | र यदि कसैले थोरै ढिलो गर्छ, तत्काल (दुर्घटनाको आवाजको नक्कल गर्दै) "टकर् टक्" |