NE/Prabhupada 0502 - बेकार धारणा त्याग्नुहोस्-कृष्ण भावनामृतको फराकिलो जीवन लिनुहोस्



Lecture on BG 2.15 -- Hyderabad, November 21, 1972


त्यसैले प्रह्लाद महाराजले सल्लाह दिईरहनु भएको छ कि “तिमी यी सबै नचाहिने धारण त्यागिदेऊ ।” वनं गतो यद् धारिम् आश्रयेत (श्री भा ७।५।५) केवल वनं गत, मतलब केवल यस धारणबाट मुक्त हुनु, जीवनको गृहं अन्ध कुपं धारण । कृष्ण भावनामृतको फराकिलो जीवन लिनुहोस । तब तपाई खुशी हुनुहुनेछ । हित्वात्म पातं गृहं अन्ध कुपं वनं गतो यद् धरिम् आश्रयेत (श्री भा ७।५।५) हरिम् आश्रयेत । वास्तविक कार्य भनेको हरिम् आश्रयेत हो । वनं गतः । वनं गतः भनेको वन जानु । पहिले, गृहस्थ जीवनपछि, वानप्रस्थ जीवन, सन्यास जीवन, उनिहरु जङ्गलमा बस्ने गर्दथे । तर जङ्गल जानु जीवनको मुख्य लक्ष्य होइन । किनकी जङ्गलमा थोरै जनावरहरु छन् । के यसको मतलब तिनीहरु अध्यात्मिक जीवनमा विकसित छन् ? त्यसलाई भनिन्छ मर्कट वैराग्य । मर्कट वैराग्य भनेको “बाँदर त्याग ।” बाँदर नाङ्गो छ । नाग बाबा । नाङ्गो । र फल खान्छ, बाँदर, र रुखमुनि वा रुखमा बस्छ । तर उसमा कम्तिमा तिन दर्जन श्रीमती छन् । त्यसैले यो मर्कट वैराग्य, यस्तो प्रकारको त्यागको कुनै मुल्य छैन । वास्तविक त्याग । वास्तविक त्याग भनेको तपाईले अन्ध कुप जीवन त्याग्नु पर्छ, र कृष्णको आश्रय लिनुपर्छ, हरिम् आश्रयेत । यदि तपाईले कृष्णको आश्रय लिनुहुन्छ भने तपाईले यी त्याग्न सक्नुहुन्छ, यी सब “वाद” जीवन । अन्यथा, यी सम्भव छैन; तपाई यो “वाद” जीवनमा फस्नुहुनेछ । त्यसैले हित्वात्म पातं गृहं अन्ध कुपं वनं गतो यद् धरिम् आश्रयेत (श्री भा ७।५।५) । त्याग्ने होइन..... यदि तपाईले केहि त्याग्नुहुन्छ, तपाईले केहि लिनैपर्छ । अन्यथा, यी अशान्त हुनेछ । लिनुपर्छ । यी सिफारिश छः परं दृष्ट्वा निवर्तते (भ गी २।५९) । तपाईले आफ्नो पारिवारिक जीवन, सामाजिक जीवन, राजनैतिक जीवन, यो जीवन, त्यो जीवन त्याग्नसक्नुहुन्छ, जब तपाईले कृष्ण भावना भावित जीवन लीनुहुन्छ । अन्यथा यो सम्भव छैन । अन्यथा, तपाईले कुनै यस्तो जीवन लिनुपर्छ । तपाईको स्वतन्त्रताको कुनै प्रश्न छैन । चिन्ताबाट स्वतन्त्राको कुनै प्रश्न छैन । यो तरिका हो । त्यसैले यहाँ उहि कुरा, कि तत्व दशिभिः । जो वास्तवमा परम सत्यको दर्शक छन्..... अथातो ब्रह्म जीज्ञासा, वेदान्त सुत्रमा बताइए अनुसार ..... हिजोमात्र, एक युवक मलाई सोध्दै थिएः “यो वेदान्त के हो ? वेदान्त, वेदान्तको अर्थ के हो?” यो धेरै राम्रो हो, यी धेरै सजिलो छ । वेद भनेको ज्ञान र अन्त भनेको अन्तिम । त्यसैले वेदान्त भनेको अन्तिम ज्ञान । त्यसैले अन्तिम ज्ञान भनेको कृष्ण । कृष्ण भन्नुहुन्छ, वेदैश् च सर्वैइ अहं एव वेधो वेदान्त कृद् वेद विद् च अहं । अहाँ वेदान्तको सृष्टिकर्ता हुनुहुन्छ र उहाँ वेदान्तको ज्ञाता हुनुहुन्छ । उहाँ वेदान्तको ज्ञाता नभए, उहाँले कसरी वेदान्त लेख्न सक्नुहुन्छ ? वास्तवमा, वेदान्त सिद्दान्त व्यसदेव, कृष्णको अवतारद्घारा लेखिएको हो । त्यसैले उहाँ वेदान्त कृत् हुनुहुन्छ । र उहाँ वेदान्त वित् पनि हुनुहुन्छ । त्यसैले प्रश्न थियो कि वेदान्तको मतलब अद्घौत–वाद वा द्घौत–वाद । यो बुझ्न निकै सजिलो छ । वेदान्तको पहिलो कथनः अथतो ब्रह्म जिज्ञासा, ब्रह्म, परम सत्यको बारेमा सोध्नु । अब, कहाँ, सोध्ने ? यदि तपाइलाई सोध्ने मन छ, तपाई उहाँ समक्ष जानु पर्छ जसलाई थाहा छ । तसर्थ, तत्काल, वेदान्त सुत्रको सुरुवातमा नै त्यहाँ द्घैतवाद छ, कि एकले सोध्नुपर्छ र एकले जवाफ दिनुपर्छ । अथतो ब्रह्म जिज्ञासा । त्यसैले वेदान्त सुत्रमा, यो कसरी अद्घौत–वाद हुन सक्छ ? यो द्घौत वाद हो, सुरुवात ु देखि । अथतो ब्रह्म जिज्ञासा । एकले ब्रह्मको बारेमा सोध्नुपर्छ र एकले जवाफ दिनुपर्छ, वा आध्यात्मिक गुरु, वा शिष्य, यो द्घौत छ । तपाई कसरी भन्न सक्नुहुुन्छ कि यो अद्धौत वाद हो? त्यसैले हामीले यस प्रकारको अध्ययन गर्नुपर्छ । यहाँ भनिएको छ, तत्व दर्शिभिः तत्व दर्शिभिःको मतलब वेदान्त वित् जसले वेदान्त जानेको छ । जन्मादि अस्य यतः (श्री भा १।१।१) जसले परम सत्य जानेको छ, जहाँबाट सबै कुराको स्रुवात हुन्छ । जन्मादि अस्य यतः । यो श्रीमद् भागवतमको सुरुवात हो ।