NE/Prabhupada 0508 - जो पशु हत्यारा हुन्छन्, उनीहरुको दिमाग ढुंगा जस्तै सुस्त हुन्छ



Lecture on BG 2.18 -- London, August 24, 1973


अब यी आत्मा, जसरी अघिल्लो श्लोकमा हामीले बुझ्यौ, अविनाशि तु तद् विद्घि येन सर्वम् इदं ततम् । यो आत्माको गणना होइन, तर आत्माको शक्ति तपाई नाप्न सक्नुहुन्छ । तर आत्माको होइन । यो सम्भव छैन । आत्मा यस्तो सानो छ कि यो सम्भव छैन । तपाईसँग गणना गर्ने साधन छैन, र किनकि अहिले हाम्रो भौतिक इन्द्रियहरु, यो सम्भव छैन । तपाई केवल चेतनाद्दारा बुझ्न सक्नुहुन्छ । जस्तै जब चैतन्य महाप्रभु जगन्नाथ मन्दिरमा बेहोस हुनुभयो, सार्वभौम भट्टाचार्यले जाँच्नुभो कि त्यहाँ कुनै चेतना थिएन । पेट पनि चलिरहेको थिएन । जब तपाईको वास्तवमा चेतना हुन्छ र तपाई श्वास फेर्नुहुन्छ, पेट चल्छ । तर चैतन्य महाप्रभुको पेट सार्वभौम भट्टाचार्यद्दारा जाँचिएको थियो । त्यो पनि चलिरहेको थिएन । त्यसैले उहाँले साच्नुभयो कि “यो सन्यासी मरे होलान् ।” तर उहाँले फेरि प्रयास गर्नुभयो । उहाँले थोरै कपास ल्याउनुभयो र उहाँको नाकको प्वाल अघि राख्नुभयो र जब उहाँले कपास हेर्नुभयो, रेसाहरु थोरै चलिरहेको, तब अहाँ आशावादि हुनुभयो, हो । त्यसैले सबै कुराको विभिन्न किसिमको गणना, नाप हुन्छ । तर जहाँसम्म आत्माको कुरा छ, यहाँ भनिएको छ,अप्रमेयस्य, गणनाको श्रोत छैन । कुनै श्रोत छैन । तसर्थ, तथाकथित भौतिक विज्ञान, तिनिहरु भन्छन् आत्मा छैन । होइन, आत्मा छ । यो प्रमाण हो कि आत्मा छ । यो हो प्रमाण । त्यो के हो ? सर्वप्रथम चेतना छ । यो प्रमाण हो । तर तपाई नाप्न सक्नुहुन्न । स्थान पनि थाहा छ । आत्मा हृदयमा छ । ईश्वरः सर्व भुतानां हृद् देशे अर्जुन तिष्ठति (भ गी १८।६१) । त्यसैले आत्मा हृदयमा छ र कृष्ण पनि हृदयमा हुनुहुन्छ । किनकि दुवै सँगै रहनुहुन्छ । त्यसैले स्थान पनि थाहा छ । तपाईले चेतनाद्दारा पनि आत्माको उपस्थिति अनुभव गर्न सक्नुहुन्छ, तर यदि तपाई प्रयोगद्दारा नाप्न चाहनुहुन्छ, त्यो सम्भव छैन । तसर्थ यसलाई अप्रमेय भनिन्छ । प्रमेय भनेको प्रत्यक्ष अनुभव । मैले देख्न सक्छु वा मैले छुन सक्छु, मैले समाउन सक्छु । त्यसैले त्यो..... कृष्ण भन्नुहुन्छ हाइन, यो सम्भव छैन । अप्रमेय । तब, मैले कसरी स्वीकार्ने ? अब कृष्ण भन्नुहुन्छ । मैले कसरी कृष्णको विश्वास गर्ने ? कुष्ण भन्नुहुन्छ उक्त, यो अधिकारीद्दारा पहिल्यै कायम गरिएको छ । उक्त । यो परम्परा विधि हो । कृष्ण पनि उक्त भन्नुहुन्छ । कृष्णले भन्नुहुन्छ कि “म भन्छु,” होइन । उक्त, त्यहाँ वैदिक प्रमाण छ । कहाँ छ ? उपनिसद्मा छ । जस्तै, बालाग्र शत–भाग्यस्य शतधा कल्पितस्य च भागो जीवः स विज्ञेयः स चानन्त्थाय कल्पते उपनिषद्मा भनिएको छ, श्वेताश्वतर उपनिषद् । त्यसलाई भनिन्छ वैदिक प्रमाण । अर्कोमा, श्रीमद् भागवतम्मा, त्यहाँ प्रमाण छ । के हो त्यो ? केशाग्र–शत–भागस्य शतधा, सदृशं जीवः सुक्ष्म (चै च मध्य १९।१४०) । सुक्ष्म, धेरै सानो । जीवः सुक्ष्म–स्वरुपोऽयं संख्यातीतः कल्पते । यो जीव, एउटा हाइन, दुई, तीन, चार –तपाई गन्न सक्नुहुन्न । अखंख्य । वैदिक साहित्यमा प्रमाणहरु छन् । त्यसैले हामीले स्वीकार्नुपर्छ । कृष्णले यसको पुष्टि गर्नुहुन्छ र वास्तवमा तपाईले पनि नाप्न सक्नुहुन्न । तर हामीले प्रमाण पाउँछै, आत्मको उपस्थिति,आत्माको उपस्थिति । अझ पनि, हामी कसरी भन्न सक्छौ कि आत्मा छैन ? होइन । यो मुर्खता हो । सारा संसार यो मुर्खतामा चलीरहेको छ । अहिले मात्र होइन पहिले पनि । जस्तै चार्वाक मुनी, उनी नास्तिक थिए, उनले विश्वास गरेनन् । भगवान बुद्घले पनि त्यस्तै भन्नुभयो, तर उहाँले ठग्नुभयो । उहाँले सबै जान्नुहुन्थ्यो किनकि उहाँ भगवानको अवतार हुनुहुन्थो । तर उहाँले त्यस प्रकारको मानिसलाई ठग्नुपथ्र्यो, किनकि तिनीहरु त्यति बुद्घिमान् छैनन् । किन बुद्घिमान् थिएनन् ? किनकि तिनीहरु पशुको हत्यारा थिए, तिनीहरुले आफ्नो बुद्घि गुमाए । केशव धृत बुद्ध शरीर जय जगदिश हरे । जो पशु हत्यारा छन्, तिनीहरुको दिमाग ढुङ्गा जस्तै मन्द हुन्छ । उनीहरु केहि बुझ्न सक्दैनन् । तसर्थ मांस भक्षण रोक्नुपर्छ । दिमागको सुक्ष्म रेसाहरु पुनर्जागरण गर्न, सुक्ष्म कुराहरु बुझ्न, मांस भक्षण त्याग्नै पर्दछ ।