NE/Prabhupada 0532 - कृष्णको आनन्द भौतिक होइन



Radhastami, Srimati Radharani's Appearance Day -- London, August 29, 1971


कृष्ण, परम-सत्य आनन्दमय हुनुभएको कारण, एको बहु स्याम, उहाँ धेरै बन्नुभएको छ | हामी पनि कृष्णका अंश हौँ, कृष्णलाई आनन्द दिन | र प्रमुख आनन्द शक्ति राधारानी हुनुहुन्छ | राधा-कृष्ण​-प्रणय​-विकृतिर् ह्लादिनी-शक्तिर् अस्माद् एकात्मानाव् अपि भुवो (पुरा) देह​-भेदो-गतौ तौ चैतन्याख्यं प्रकटम् अधुना तद्-द्वयं चैक्यम् आप्तं राधा-भाव​-(द्युति)-सुवलितं नौमि कृष्ण​-स्वरूपम् (चै च आदि १|५) तपाईले भगवद-गीताबाट थाहा पाउनुहुन्छ कि कृष्ण परम प्रह्म हुनुहुन्छ | जब अर्जुनले भगवद गीता बुझे, उनले कृष्णको पुष्टि गरे, परं ब्रह्म परं धाम पवित्रं परमं भवान् (भ गी १०|१२) | कृष्ण परम ब्रह्म हुनुहुन्छ | यो भौतिक जगतमा हामीले देख्छौं कि एउटा महान सन्त पुरुष, केवल ब्रह्मानन्दको प्राप्त गर्न भौतिक आनन्दका सम्पूर्ण कुराहरु त्याग्छन् | उनी सन्यासी बन्छन् | अहं ब्रह्मास्मि | केवल यो बुझ्न कि उनी ब्रह्मानुभूतिमा छन् | यदि कसैले ब्रह्मानुभूतिको लागि सम्पूर्ण भौतिक कुरा त्याग्नुपर्छ भने के तपाईलाई लाग्छ कि परम ब्रह्मले कुनै भौतिक कुराको आनन्द लिनुहुन्छ ? होइन | कृष्णको आनन्द भौतिक हुँदैन | यो कुरा बुझ्नुपर्छ | ब्रह्मनुभुतिको लागि हामी सम्पूर्ण भौतिक कुराहरु त्याग्दैछौं | कसरी परम ब्रह्मले कुनै भौतिक कुराको आनन्द लिनुहुन्छ ? यो प्रश्नको जवाफ जीव गोस्वामीले धेरै राम्ररी दिनुभएको छ | त्यसैले जब परम ब्रह्म..... सर्वोप्रथम, परम ब्रह्मको जानकारी यो भौतिक जगतमा छैन | यहाँ ब्रह्मको थोरै जानकारी छ | तर परम ब्रह्म वा भगवानको जानकारी छैन | तसर्थ भनिएको छ, मनुष्याणां सहस्रेषु कश्चिद् यतति सिद्धये (भ गी ७|३) | सिद्धये अर्थम ब्रह्म वा परमात्मालाई बुझ्नु | तर ब्रह्म र परमात्मालाई बुझेका धेरै व्यक्तिहरुमध्ये मुस्किलले एउटा व्यक्तिले कृष्णलाई बुझ्न सक्छ | र त्यो...... सर्वप्रथम..... (विराम) ..... हामीले कृष्णको आनन्द शक्तिको बारेमा के बुझ्न सक्छौं ? जस्तै, यदि मैले कुनै ठुलो मानिसको बारेमा बुझ्न चाहन्छु भने एउटा प्रक्रिया पालन गर्नुपर्छ | र त्यो ठुलो मानिसलाई नबुझिकन मैले उसको भित्रि कार्यको बारेमा कसरी बुझ्न सक्छु ? त्यसैगरी, यदि हामीले कृष्णलाई बुझ्दैनौं भने हामीले कृष्णले आनन्द लिंदै हुनुहुन्छ भन्ने कसरी बुझ्न सक्छौं ? त्यो सम्भव छैन | तर गोस्वमिहरुले हामीलाई जानकारी दिनुभएको छ कि कृष्णको आनन्द शक्ति को हुनुहुन्छ | ती श्रीमती राधारानी हुनुहुन्छ | हामीले राधा-कृष्णको प्रेममय सम्बन्धको बारेमा विवरण दिएका छौं, हाम्रो "चैतन्य महाप्रभुको दिव्योपदेश"को पृष्ठ २६४मा | यदि तपाईसँग यो पुस्तक छ भने तपाईले पढ्न सक्नुहुन्छ, राधा-कृष्णको दिव्य प्रेममय सम्बन्धमा कसरी आदानप्रदान हुन्छ | आज, हाम्रो राधारानीप्रतिको प्रार्थना,...... हामीले राधारानीलाई प्रार्थना गर्छौं किनकि उहाँ कृष्णको आनन्द शक्ति हुनुहुन्छ | कृष्ण अर्थात् "सर्व-आकर्षक" | तर राधारानी यति महान हुनुहुन्छ कि उहाँले कृष्णलाई आकर्षित पार्नुहुन्छ | कृष्ण सर्व-आकर्षक हुनुहुन्छ र उहाँ कृष्णलाई आकर्षण गर्ने हुनुहुन्छ | त्यसोभए श्रीमती राधारानीको स्थिति के छ ? हामीले यो दिनको महत्व बुझ्ने प्रयास गर्नुपर्छ र र हामीले राधारानीलाई दण्डवत प्रणाम गर्नुपर्छ | राधे वृन्दावनेश्वरी | तप्त​-काञ्चन​-ग्औरङ्गी राधे वृन्दावनेश्वरी वृषभानु-सुते देवी प्रनमामि हरि-प्रिये | हाम्रो कार्य भनेको "राधारानी, हजुर कृष्णलाई धेरै प्रिय हुनुहुन्छ | हजुर राजा वृषभानुकी पुत्री हुनुहुन्छ र हजुर कृष्णलाई धेरै प्रिय हुनुहुन्छ, त्यसैले हामी हजुरलाई दण्डवत प्रणाम गर्छौं |"

तप्त​-काञ्चन​-गौराङ्गी राधे वृन्दावनेश्वरी वृषभानु-सुते देवी प्रनमामि हरि-प्रिये |