NE/Prabhupada 0536 - तपाईले कृष्णलाई बुझ्नुहुन्न भने वेद अध्ययनको के अर्थ रहन्छ ?



Janmastami Lord Sri Krsna's Appearance Day Lecture -- London, August 21, 1973


तपाईले तस्विरमा देख्नुहुन्छ कि जब कृष्ण कुरुक्षेत्रको युद्धभूमिमा उपस्थित हुनुहुन्थ्यो, उहाँ बढीमा चौबीस वर्षीय युवा जस्तै देखिनुहुन्छ | तर त्यस समयमा उहाँका पनातिहरु थिए | तसर्थ कृष्ण सधैं युवा हुनुहुन्छ | नवयौवनम् च | यी वैदिक साहित्यका बयान हुन् | अद्वैतम् अच्युतम् अनादिं अनन्त​-रूपम् आद्यं पुराण​-पुरुषं नव​-यौवनं च​ वेदेषु दुर्लाभं अदुर्लाभं आत्मा-भक्तौ(ब्र स ५|३३) यदि हामीले वैदिक शास्त्र आधिकारिकताको रुपमा मात्र पढ्छौं, कृष्णलाई बुझ्न धेरै कठिन हुनेछ | वेदेषु दुर्लाभं | सम्पूर्ण वेदहरु कृष्णलाई बुझ्नको लागि हुन् | भगवद गीतामा भनिएको छ, वेदैश् च सर्वैर् अहम् एव वेद्यो | अहं एव वेद्यो | यदि तपाईले कृष्णलाई बुझ्नुहुन्न भने वेद-अध्ययनको के अर्थ रहन्छ ? किनकि शिक्षाको अन्तिम लक्ष्य भनेको बुझ्नु हो, परमेश्वरलाई बुझ्नु, परम-पितालाई बुझ्नु, परम कारणलाई बुझ्नु | वेदान्त सूत्रमा भनिएको छ, जन्माद्य् अस्य यतः (श्री भा १|१|१) | अथातो ब्रह्म जिज्ञासा | ब्रह्म-जिज्ञासा, परम-सत्य भगवानको बारेमा छलफल गर्नु | ती ब्रह्म के हुनुहुन्छ ? जन्माद्य् अस्य यतः | ती ब्रह्म भनेको जसबाट सबै कुरा प्रकट हुन्छ | त्यसैले विज्ञान, दर्शन भनेको सबै कुराको अन्तिम कारण पट्ट लगाउनु हो | हामीले शास्त्रबाट बुझ्छौं कि कृष्ण सम्पूर्ण कारणहरुको पनि कारण हुनुहुन्छ | सर्व-कारण​-कारणम् | ईश्वरः परमः कृष्णः सच्-चिद्-आनन्द​-विग्रहः अनादिर् आदिर् गोविन्दः सर्व​-कारण​-कारणम् (ब्र स ५|१) सम्पूर्ण कारणहरुको पनि कारण | यो बुझ्ने प्रयास गर्नुहोस् | मेरो कारण मेरो पिता हुनहुन्छ | मेरो पिताको कारण उहाँको पिता हुनहुन्छ | उहाँको कारण उहाँको पिता हुनुन्हुन्छ, उहाँको पिता............. खोज्दै जानुहोस्, तब तपाई अन्तिममा ती व्यक्तिसम्म पुग्नुहुन्छ जो सबैको कारण हुनुहुन्छ | तर उहाँको अरु कोहि कारण छैन | अनादिर् आदिर् गोविन्दः (ब्र स ५|१) | म मेरो पुत्रको कारण हुनसक्छु तर म पनि कुनै कारण अर्थात् मेरो पिताको नतिजा हुँ | तर शास्त्रमा भनिएको छ कि अनादिर् आदिर्, उहाँ मूल पुरुष हुनुहुन्छ तर उहाँको कुनै कारण छैन | ती कृष्ण हुनुहुन्छ | तसर्थ कृष्णले भन्नुहुन्छ कि जन्म कर्म च मे दिव्यं यो जानाति तत्त्वतः (भ गी ४|९) | कृष्णको प्राकट्य धेरै महत्वपूर्ण कुरा हो | हामीले कृष्णलाई बुझ्नुपर्छ, उहाँ किन प्रकट हुनहुन्छ, उहाँ कोण यो भौतिक जगतमा आउनुहुन्छ, उहाँको कर्तव्य के हो, उहाँको गतिविधि के हो | यदि हामीले केवल कृष्णलाई बुझ्ने प्रयास गर्छौं भने नतिजा के हुन्छ ? नतिजा भनेको त्यक्त्वा देहं पुनर् जन्म नैति माम् एति कौन्तेय (भ गी ४.९) तपाईले अमरता प्राप्त गर्नुहुन्छ | जीवनको लक्ष्य अमरता प्राप्त गर्नु हो | अमृतत्वाय कल्पते | कृष्णको प्राकट्य दिवसमा, हामी कृष्णको दर्शन बुझ्ने प्रयास गर्छौं | महामहिमले शान्ति सम्बन्धि बोल्दै हुनुहुन्थ्यो | शान्तिको सूत्र यहाँ कृष्णले भन्नुभएको छ | त्यो के हो ? भोक्तारं यज्ञ​-तपसां सर्व​ऌओक​-महेश्वरम् सुहृदं सर्व​-भूतानां ज्ञात्वा मां शान्तिम् ऋच्छति (भ गी ५|२९) यदि नेताहरु, कुटनीतिज्ञहरु संसारमा शान्ति स्थापित गर्न प्रयासरत छन्...... संयुक्त राष्ट्रसंघ लगायत धेरै संघहरु छन् | तिनीहरु वास्तविक शान्ति र स्थिरता प्राप्त गर्न प्रयासरत छन्, मानिस-मानिसबीच, राष्ट्र-राष्ट्रबीचको असमझदारी हटाउने प्रयासमा छन् | तर त्यसो हुन सकेको छैन | कमजोरी यो छ कि जरा गलत छ | सबजना सोच्दैछन् "यो मेरो राष्ट्र हो | यो मेरो परिवार हो | यो मेरो समाज हो | यो मेरो सम्पत्ति हो |" यो "मेरो" भन्नु भ्रम हो |