NE/Prabhupada 0538 - कानून भनेको राज्यले दिएको शब्द । घरमा कानून बनाउन सकिंदैन



Janmastami Lord Sri Krsna's Appearance Day Lecture -- London, August 21, 1973


कृष्ण हामीलाई शिक्षा दिन आउनुहुन्छ | यदा यदा हि धर्मस्य ग्लानिर् भवति भारत (भ गी ४|७) | कृष्ण भन्नुहुन्छ,"मेरो प्रिय अर्जुन, म आउँछु, जब धार्मिक जीवनको प्रक्रियामा त्रुटी हुन्छ |" धर्मस्य ग्लानिर् भवति | र धर्म के हो ? धर्मको नमुना व्याख्या भनेको धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९) | यो धर्म हो | धर्मं तु साक्षाद् भगवत्-प्रणीतम् (श्री भा ६|३|१९) | जस्तै, कानुनको अर्थ के हो ? कानुन भनेको राज्यए दिएको शब्द | तपाईले आफैं कानुन बनाउन सक्नुहुन्न | त्यो सम्भव छैन | सरकारले तपाईलाई जे दिन्छ, "तिमी यसरि कार्य गर," त्यो कानुन हो | त्यसैगरी, धर्म भनेको भगवानद्वारा दिइएको निर्देशन | त्यो धर्म हो | सरल व्याख्या | तपाईले धर्म सिर्जना गर्नुहुन्छ | मैले यो धर्म सिर्जना गरेको छु, अर्को मानिसले अर्को धर्म सिर्जना गर्छ; यी धर्म होइनन् | तसर्थ, जहाँ भगवद गीता अन्त्य हुन्छ, कि सर्व​-धर्मान् परित्यज्य माम् एकं शरणं (भ गी १८|६६), यो धर्म हो- कृष्णमा शरणागत हुनु | अरु कुनै धर्म वास्तवमा धर्म होइनन् | अन्यथा, किन कृष्णले भन्नुहुन्छ सर्व​-धर्मान् परित्यज्य: "सबै कुरा त्याग ?" उहाँले भन्नुभयो कि धर्म​-संस्थापनार्थाय सम्भवामि युगे युगे: "म धर्मको सिद्धान्त स्थापना गर्न आउँछु |" र अन्तिममा उहाँले भन्नुहुन्छ, सर्व​-धर्मान् परित्यज्य​ | त्यसको मतलब हामीले उत्पादन गरेका तथाकथित मानव-सिर्जित धर्महरु वास्तवमा धर्म होइनन् | धर्म भनेको भगवानले जे दिनुभएको छ | तर हामीसँग कुनै धारणा छैन कि भगवान के हुनुहुन्छ र उहाँको शब्द के छ | त्यो आधुनिक सभ्यताको कमजोरी हो | तर भगवान त्यहिं हुनुहुन्छ, आदेश त्यहिं छ- हामीले स्वीकार्दैनौं | शान्तिको सम्भावना कहाँ हुन्छ ? आदेश त्यहिं छ | कृष्णले भन्नुहुन्छ, भगवान् उवाच​ | व्यासदेवले भगवान उवाच लेख्नुहुन्छ | हामीले थाहा पाउनुपर्छ कि भगवान को हुनुहुन्छ | व्यासदेवले कृष्ण उवाच लेख्न सक्नुहुन्थ्यो | होइन | उहाँले भन्नुहुन्छ..... यदि कसैले कृष्णलाई बुझ्दैन भने उसले हरेक पंक्ति, हरेक श्लोकमा श्री भगवान उवाच लेख्छ | भगवान त्यहिं हुनुहुन्छ | भगवान बोल्दै हुनुहुन्छ | भगवानलाई सबै आचार्यहरुले स्वीकारेका छन् | रामानुजाचार्य, मध्वाचार्य, विष्णु स्वामी | हालसालै, चैतन्य महाप्रभु पनि, शङ्कराचार्य पनि, उनले पनि कृष्णलाई स्वीकार्छन्- स भगवान् स्वयं कृष्ण​ | आधुनिक आचार्यहरुको निर्णय र अतितमा पनि, व्यासदेव, नारद, असित, सबजनाले कृष्णलाई सर्वोच्च पुरुषोत्तम भगवान स्वीकारे | कृष्णबाट भगवद गीता बुझेपछि अर्जुनले भने कि परं ब्रह्म परं धाम पवित्रं परमं भवान् पुरुषम् आद्यं शाश्वतम् (भ गी १०|१२) | सबै कुरा त्यहिं छ | विशेषगरी भारतमा भगवानलाई बुझ्न हामीसँग यति धेरै सम्पत्ति छ | सरल कुरा | सबै कुरा त्यहाँ पहिल्यै छ | तर हामीले स्वीकार्दैनौं | त्यस्तो रोगको के उपचार छ ? हामी शान्तिको खोजिमा छौं तर हामीलाई वास्तवमा शान्ति दिने कुरालाई हामी स्वीकार्दैनौं | यो हाम्रो रोग हो | यस कृष्ण भावनामृत अभियानल पुनर्जागृत गराउन प्रयासरत छ, सबैको हृदयमा सुषुप्त अवस्थामा भएको कृष्ण भावना | अन्यथा, कसरी यी युरोपेली र अमेरिकी र अरु देशवासीहरु, जसले कृष्णको बारेमा चार वा पाँच वर्ष अघि पनि केहि सुनेका थिएनन्, उनीहरुले कृष्ण भावना यति गम्भिरतापूर्वक कसरी लिंदैछन् ? कृष्ण भावना सबैको हृदयमा छ | यसलाई पुनर्जागृत गर्नुपर्छ | यो कुरा चैतन्य-चरितामृतमा वर्णित छ: नित्य​-सिद्ध कृष्ण​-भक्ति ऽसाध्य​ऽ कभु नय श्रवणादि-शुद्ध​-चित्ते करये उदय (चै च मध्य २२|१०७) | यो पुनर्जागृत हुन्छ | कृष्णप्रतिको प्रेम, कृष्णप्रतिको भक्ति, त्यहाँ छ, सबैको हृदयमा, तर हरेकले बिर्सिएका छन् | यस कृष्ण भावनामृत अभियान केवल कृष्ण भावनालाई पुनर्जागृत गर्न हो | यो प्रक्र्रिया हो | जब तपाई सुत्नुहुन्छ, मैले तपाईलाई कराएर बोलाउनुपर्छ | "श्रीमान उठ्नुहोस | तपाईले यो कारण गर्नुपर्छ |" तपाई सुत्नुभएको बेला अरु कुनै इन्द्रियहरुले कार्य गर्नेछैनन् | तर कानले कार्य गर्नेछ | तसर्थ यो युगमा, जब मानिसहरु यति पतित छन् कि उनीहरुले केहि पनि सुन्दैनन्, यदि हामीले यस हरे कृष्ण महा-मन्त्र कीर्तन गर्छौं भने ऊ कृष्ण भावनामा पुनर्जागृत हुनेछ | यो व्यवहारिक छ |