NE/Prabhupada 0549 - योगको वास्तविक प्रयोजन इन्द्रियलाई नियन्त्रण गर्नु हो



Lecture on BG 2.62-72 -- Los Angeles, December 19, 1968


तमाल कृष्ण: "......इन्द्रियहरुको, एक मानिसले तिनीहरुमा आशक्ति विकास गर्छ, र उक्त आशक्तिबाट काम विकास हुन्छ, र कामबाट क्रोध आउँछ (भ गी २|६२) |" तात्पर्य | "कृष्ण भावनाभवित नहुने व्यक्तिले भौतिक इच्छा सामना गर्नुपर्छ इन्द्रियका वस्तुको मनन गर्दा | इन्द्रियलाई वास्तविक संग्लग्नता हुनुपर्छ, र यदि तिनीहरु भगवानको दिव्य प्रेममय सेवामा संग्लग्न हुँदैनन्, तिनीहरुले अवश्य भौतिकताको सेवामा संग्लग्नता खोज्छन |"

प्रभुपाद: हो | यहाँ योग विधिको रहस्य छ | योग-इन्द्रिय संयम | योगको वास्तविक प्रयोजन इन्द्रिय नियन्त्रण गर्नु हो | हाम्रो भौतिक गतिविधि भनेको इन्द्रियलाई केहि विशेष लक्ष्य वा आनन्दमा संग्लग्न गैनु हो | त्यो हाम्रो भौतिक संग्लग्नता हो | र योग विधि भनेको तपाईले इन्द्रिय नियन्त्रण गर्नुपर्छ र इन्द्रियलाई भौतिक आनन्दबाट अनाशक्त पार्नुपर्छ, वा भौतिक आनन्द र पिडा, र यसलाई मोड्नुपर्छ, तपाई भित्रको परमात्मा विष्णुलाई देख्न केन्द्रित गर्नुपर्छ | त्यो योगको वास्तविक प्रयोजन हो | योग भनेको यो होइन कि...... अवश्य पनि, सुरुवातमा धेरै नियमहरु छन्, बस्ने आसन, केवल मनलाई नियन्त्रणमा ल्याउन | तर तिनीहरु आफैंमा अन्त्य होइनन् | अन्त्य भनेको भौतिक संग्लग्नता रोक्नु र अध्यात्मिक संग्लग्नता सुरु गर्नु हो | यहाँ यो व्याख्या गरिएको छ | पढ्दै जाऊ |

तमाल कृष्ण: "भौतिक संसारमा सबजना, शिवजी र ब्रह्माजी समेत - उच्च लोकका अरु देवताको के कुरा गर्नु- इन्द्रियातित वस्तुको प्रभावमा पर्छन् |"

प्रभुपाद: इन्द्रियातित वस्तु, हो |

तमाल कृष्ण:" इन्द्रियातित वस्तु | र यस भौतिक अस्तित्वको पहेलीबाट बाहिर निस्कने एकमात्र विधि भनेको कृष्ण भावनाभवित हुनु हो |"

प्रभुपाद: वैदिक साहित्यबाट जानिन्छ कि...... अवश्य पनि, उनीहरु हामीलाई देखाउँदै छन्, शिवजी, ब्रह्माजी | उनीहरु पनि कहिलेकाही इन्द्रियातित वस्तुबाट आकर्षित हुन्छन् | जस्तै ब्रह्माजी, उनको छोरी सरस्वती..... सरस्वतीलाई सुन्दरता, स्त्री सुन्दरताको सबभन्दा पूर्ण रुप मानिन्छ | त्यसैले ब्रह्माजी आफ्नी छोरीको सुन्दरताबाट मोहित भए केवल हामीलाई उदाहरण देखाउन कि ब्रह्माजीजस्ता व्यक्तित्व पनि कहिलेकाही मोहित हुन्छन् | यी माया धेरै बलियो छिन् | उनले बिर्सिए कि "उनी मेरी छोरी हुन् |" तब यो पश्चाताप गर्न, ब्रह्माजीले शरीर छाड्नुपर्यो | यी कथाहरु भागवतममा छन् | त्यसैगरी, शिवजी पनि, जब कृष्ण उनी समक्ष मोहिनी-मुर्तिको रुपमा आउनुभयो..... मोहिनी-मुर्ति.....मोहिनी भनेको सबभन्दा मोहित गर्ने, सुन्दर स्त्री रुप | शिवजी पनि उहाँ पछी पागल हुनुभयो | त्यसैले जता उहाँ जाँदै हुनुहुन्थ्यो, शिवजी पछी पर्दै हुनुहुन्थ्यो | र भनिएको छ कि मोहिनी-मुर्तिको पछी लाग्दा, शिवजीको विर्य-नाश भयो | यी उदाहरणहरु छन् | भगवद गीतामा भनिए अनुसार, दैवी ह्य् एषा गुणमयी मम माया दुरत्यया (भ गी ७|१४) | सर भौतिक शक्तिले हामी सबैलाई यस सुन्दरता, स्त्री सुन्दरताबाट मोहित परेको छ | वास्तवमा, यहाँ कुनै सुन्दरता छैन | यो भ्रम हो | शंकराचार्य भन्नुहुन्छ कि "तिमि यस सुन्दरता पछी छौ, तर के तिमीले यस सुन्दरताको परिक्षण गरेका छौ ? यो सुन्दरता के हो ?" एतद् रक्त​-मांस​-विकारम् | यो हाम्रो विद्यार्थी जस्तै हो, गोविन्द दासी र नर-नारायण पेरिस प्लास्टरलाई रुप दिंदै छन् | यस समयमा, कुनै आकर्षण छैन | तर यो पेरिस प्लास्टर जब राम्ररी रंग लाइन्छ, यो धेरै आकर्षक हुनेछ | त्यसैगरी, यो शरीर रगत र मासु र नशाको समिश्रण हो | यदि तपाईले आफ्नो शरीरको माथिल्लो भाग काट्नुहुन्छ, जब तपाई भित्र हेर्नुहुन्छ, यो सबै घिनलाग्दो र डरलाग्दो कुरा हुन्छ | तर बाहिरबाट मायाको भ्रामिक रंगबाट रंगिएको छ, ओहो, यो धेरै आकर्षक देखिन्छ | र त्यसले हाम्रो इन्द्रियलाई आकर्षित परेको छ | यो हाम्रो बन्धनको कारण हो |