NE/Prabhupada 0560 - जबसम्म कसैले नैतिक चरित्र स्वीकार्दैन, हामी उसलाई दीक्षा दिंदैनौं



Press Interview -- December 30, 1968, Los Angeles


पत्रकार:........ब्रह्माण्डीय तारा र हामीले भर्खर जनवरीमा त्यसको नाम परिवर्तन गर्यौं, पहिलो अंक | पहिलो अंक भर्खर, यो प्रिन्टरबाट आज आउँदै छ | प्रभुपाद: यो हरेक महिना प्रकाशित हुँदैछ ? पत्रकार: मासिक, त्यो ठिक हो, त्यो ठिक हो, हो | र हामी पूर्वीय धर्महरु बारे लेख्छौं | हामीले यो महिना पादरी जेम्स पिके, यु.एफ.ओ, र ज्योतिषशास्त्रमा मुख्य लेख लेख्यौं | तपाईलाई थाहा छ डा. बोडे, फ्राम्बोसे बोडे...... उहाँ म्यान्ली हलसँग हुनुहुन्छ | तपाई म्यान्ली हलसँग परिचित हुनुहुन्छ |

प्रभुपाद: छैन |

पत्रकार: तपाईलाई थाहा छैन फ्राम्बोसे बोडे ?

प्रभुपाद: छैन |

पत्रकार: उहाँ भारतबाट हुनुहुन्छ | पर्सी |

प्रभुपाद: ए हो | पर्सी, हो |

पत्रकार: उहाँले अर्को महिना हाम्रोआगी एक लेख गर्नुहुन्छ | तर म डानसँग कुरा गरें र मैले उहाँलाई एउटा कुरा भनें जुन म तपाईलाई सोध्न चाहन्छु, र म सोच्छु कि हाम्रा नेताहरुमध्ये धेरै, संयुक्त राज्यमा धेरै नै मानिसहरु निकै आफुलाई अवतार दाबि गर्ने धेरै मानिस देखि झन्झटमा छन् र जो भारतबाट यो राष्ट्रमा आउँछन्, एक पछि अर्कोमा, अर्को पछी, र तिनीहरु भन्छन्......

प्रभुपाद: म घोषणा गर्न सक्छु, तिनीहरु सब बेकार हुन् |

पत्रकार: त्यो.......म चाहन्थें कि........यदि तपाईले यसमा अझ विस्तृत रुपमा भन्न सक्नुहुन्थ्यो |

प्रभुपाद: र म अझै भन्न सक्छु, तिनीहरु सब धुर्त हुन् |

पत्रकार: उदाहरणको लागि महऋषि.....

प्रभुपाद: ऊ एक नम्बरको धुर्त थियो | म सार्वजनिक रुपले भन्छु |

पत्रकार: के तपाई त्यसको व्याख्या गर्न सक्नुहुन्छ, त्यसमा थोरै पृष्ठभूमि दिन सक्नुहुन्छ र किन, किनकि हाम्रो पाठकहरु......

प्रभुपाद: मलाई थाहा छैन, तर उसको व्यवहारबाट म बुझ्न सक्छु कि ऊ एक नम्बरको धुर्त हो | मलाई उसको बारेमा जान्न मन छैन, तर जे उसले गर्यो..... तर अश्चार्यजनक कुरा यो छ कि पश्चिमी देशमा मानिसहरु, तिनीहरु धेरै विकसित मानिन्छन् | तिनीहरु कसरी यस्तो धुर्तताबाट ठगिन्छन् ?

पत्रकार: मलाई लाग्छ मानिस त्यो विश्वास गर्छन् जे तिनीहरु विश्वास गर्न चाहन्छन् | तिनीहरु केहि कुराको लागि हेर्दै छन्, र ऊ आउँछ.....

प्रभुपाद: हो | तर तिनीहरु केहि धेरै सस्तो चाहन्छन् | त्यो तिनीहरुको दोष हो |

पत्रकार: हो |

प्रभुपाद: अब हाम्रा शिष्यहरुको लागि, हामी केहि सस्तो दिंदैनौं | हाम्रो पहिलो सर्त भनेको चरित्र हो, नैतिक चरित्र | तपाई देख्नुहुन्छ ? त्यसैले जबसम्म कसैले नैतिक चरित्र स्वीकार्दैन, हामी दिक्षा दिंदैनौं, उसलाई यो संस्थामा अनुमति दिंदैनौं | र यो महऋषि,"ओहो, तिमि जे मन लाग्छ गर | तिमी केवल मलाई पैंतीस डलर तिर र म तिमीलाई केहि मन्त्र दिन्छु |" तपाई देख्नुहुन्छ | त्यसैले मानिस ठगिन चाहन्छन्, र धेरै ठगहरु आउँछन् | तिनीहरु कुनै अनुशासनमा रहन चाहँदैनन्, तपाई देख्नुहुन्छ ? जे पनि | तिनीहरुसँग पैसा छ | तिनीहरु सोच्छन् कि "म तिर्नेछु," र तत्काल उसले पैसा पाउँछ |

पत्रकार: तत्काल स्वर्ग |

प्रभुपाद: हो | त्यो तिनीहरुको स्थिति छ | जस्तै मानिसहरु चन्द्रमामा जान चाहन्छन् | मैले मेरो तर्क दिइसकें | तपाईले लस एन्जलस टाइम्समा देख्नुभयो ? यो मौका धेरै सुदूर छ |

पत्रकार: ओहो ?

प्रभुपाद: हो | किन होइन ? मानौं तपाईको देशमा, तपाईसँग आप्रवासीको लागि कुनै आरक्षण छ | यस ग्रह भित्र, यदि कोहि आउँछ, तपाईको आप्रवासी विभागको आदेश बिना, कोहि पनि प्रवेश गर्न सक्दैन | तपाई कसरी आशा गर्नुहुन्छ त्यस लोकमा जहाँ मानिसहरु अझ विकसित छन्, तिनीहरुलाई देवता भनिन्छ, तिनीहरु दश हजार वर्षको लागि बाँच्छन्, तपाई कसरी आशा गर्नुहुन्छ कि तपाई जानुहुन्छ र तपाई तत्काल चन्द्रमाभित्र प्रवेश गर्नुहुन्छ ? र तिनीहरु टिकट विक्री गर्दै छन्, आरक्षण | तपाई देख्नुहुन्छ ? सबै, तिनीहरु त्यसको हाँसो बनाउँछन् |