NE/Prabhupada 0561 - देवता भनेको लगभग भगवान् । उनीहरुमा सबै भागवत गुण हुन्छन्



Press Interview -- December 30, 1968, Los Angeles


पत्रकार: मलाई यो बुझ्न दिनुहोस् यदि म सक्छु | के तपाई भन्दै हुनुहुन्छ कि चन्द्रमामा मानिस छन् ?

प्रभुपाद: हो |

पत्रकार: त्यहाँ छन् | के तिनीहरु देवता हुन् ?

प्रभुपाद: हो |

पत्रकार: तिनीहरु देवता हुन् | तपाईलाई यो कसरी थाहा भयो ?

प्रभुपाद: हाम्रो शास्त्रबाट, वैदिक साहित्यबाट |

पत्रकार: कुन साहित्य बाट ?

प्रभुपाद: वैदिक साहित्य |

पत्रकार: त्यसको हिज्जे के हो ?

प्रभुपाद: भी-इ-डी-आइ-सी |

पत्रकार: ए, वैदिक | मलाई माफ गर्नुहोस् |

प्रभुपाद: हो |

पत्रकार: तपाईले मलाई माफ गर्नुहोस्, मैले सोध्नुपर्छ....

प्रभुपाद: ठिकै छ, त्यसले केहि......

पत्रकार: म तपाईको अपमान गर्न चाहन्न |

प्रभुपाद: कहिलेकाही म तपाइको उच्चारण बुझ्दिन |

पत्रकार: मलाई थाहा छ |

प्रभुपाद: त्यो देशको भिन्नता हो | त्यसको मतलब छैन | हो |

पत्रकार: र त्यस साहित्यबाट, वैदिक साहित्यबाट, भनिएको छ कि, चन्द्रमामा मानिस छन् |

प्रभुपाद: हो |

पत्रकार: तर तिनीहरु देवता हुन् |

प्रभुपाद: देवता भनेको तिनीहरु यी मानवभन्दा धेरै विकसित छन् | तसर्थ......तिनीहरु पनि हामी जस्तै जीव हुन्, तर तिनीहरुको आयु, तिनीहरुको जीवनको स्तर, तिनीहरुको सभ्यता, अध्यात्मिक ज्ञान, यति विकसित कि तिनीहरुलाई देवता भनिन्छ | झन्डै भगवान | तिनीहरु यति विकसित हुन्छन् | देवता भनेको झन्डै भगवान | तिनीहरुसँग सबै भागवत् गुण हुन्छ, र तिनीहरु वायुमण्डलीय गतिविधिका नियन्त्रक हुन्छन् | तिनीहरु मध्ये कोहि वर्षा मौसम नियन्त्रण गर्छन्, कोहि तप नियन्त्रण गर्छन् | जसरी यहाँ तपाईको नियन्त्रक छ, यस विभागको कुनै विभागीय निर्देशक, त्यस विभागको निर्देशक, त्यसैगरी किन तपाई सोच्नुहुन्न कि यो ब्रह्माण्डीय अभिव्यक्ति, यो पछाडी महान दिमाग छ र विभिन्न निर्देशक छन् र व्यवस्थापन छ ? मानिस यो स्विकार्दैनन् | प्रकृति | प्रकृति भनेको के हो ? यस्तो राम्रो कुराहरु, यस्तो आश्चर्यजनक कुराहरु स्वत: चल्दै छन्, कुनै नियन्त्रण बिना ? तपाई देख्नुहुन्छ ?

पत्रकार: मलाई थाहा छ कि एउटा प्रश्न छ कि, अवश्य पनि, कसैले आफुलाई सधै सोध्छ, म अनुमान गर्छु | यो मानिसको यात्राको भाग हो कि आफुलाई भेटाउनु र......

प्रभुपाद: तर तिनीहरुसँग व्यवहारिक बुद्धि हुनुपर्छ कि तपाई एउटा स्पुत्निक उदाउन, धेरै वैज्ञानिक दिमाग कार्य गर्दै छन् | र लाखौं आश्चर्यजनक स्पुत्निकहरु जसलाई ग्रह भनिन्छ, तिनीहरु हावामा उड्दै छन्, र त्यसको पछाडी कुनै दिमाग छैन | यो के हो ? के यो धेरै राम्रो तर्क हो ?

पत्रकार: मलाई थाहा छैन | मैले त्यो विचार गर्नुपर्छ |

प्रभुपाद: तपाईले यो थाहा पाउनुपर्छ | यो कसरी हुन सक्छ | यसको पछाडी धेरै ठुलो दिमाग छ | तिनीहरु कार्य गर्दै छन् |

पत्रकार: अब के तपाई भन्नुहुन्छ कि चन्द्रमा, भन्नको लागि.....? म के भन्नु ? केन्द्रीय कार्यालय, कहाँ यी देवताहरु बस्छन् ?

प्रभुपाद: होइन, उही स्तरमा धेरै ग्रहहरु छन् | धेरै ग्रहहरु छन् | चन्द्रमा तिनीहरु मध्ये एक हो |

पत्रकार: के यी देवतामध्ये कोहि पृथ्वी आएका छन् वा....

प्रभुपाद: पहिले तिनीहरु आउँथे किनकि मानिसहरु त्यस समयमा उनीहरुलाई देख्न लायक थिए | तपाई देख्नुहुन्छ ?

पत्रकार: जब तपाई पहिले भन्नुहुन्छ, तपाईको मतलब हजारौं वर्ष अघि हो कि वा.....

प्रभुपाद: होइन | कम्तिमा पाँच हजार वर्ष अघि |

पत्रकार: कम्तिमा, पाँच हजार वर्ष अघिको अन्तिम समय कि कुनै, जुन हामीले....... के तिनीहरु मानव रुपमा छन् ?

प्रभुपाद: हो | जहाँसम्म हामीसँग जानकारी छ, कहिलेकाही महान यज्ञहरु गरिन्थ्यो, र देवताहरु अरु लोकबाट, तिनीहरु आमन्त्रित हुन्थे, र तिनीहरु आउने गर्थे |

पत्रकार: कहाँ.....? कहाँ......? र यो....... यस भनाइ वैदिक साहित्यमा आधारित छ ?

प्रभुपद: हो |

पत्रकार: ए | ए |

प्रभुपाद: यो मद्वारा उत्पादित होइन |

पत्रकार: ओहो, मलाई थाहा छ ! होइन ! मेरो मतलब त्यो होइन | तर म केवल यो जान्न चाहन्छु कि कहाँ......