NE/Prabhupada 0568 - हामी केवल दानमा निर्भर छौं । यदि तपाई चाहनुहुन्छ भने तपाईले तिर्न सक्नुहुन्छ



Press Interview -- December 30, 1968, Los Angeles


प्रभुपाद: त्यसैले, यी सब विचारसँग, म यहाँ आएँ, र मलाई लाग्छ म सफल छु, हो |

पत्रकार: त्यति समयमा धेरै अनुयायी भए जस्तो लाग्दैन | कति अनुयायीहरु छन्....... (खोक्दै) मलाई क्षमा गर्नुहोस् |

प्रभुपाद: त्यो ठिकै छ |

पत्रकार: कति अनुयायीहरु छन्...? केवल सय ?

प्रभुपाद: सयभन्दा थोरै बढी |

हयग्रीव​: यी दीक्षित भक्त हुन् जो कडागरि पालन गर्दै छन् | अवश्य पनि, मन्दिर आउने धेरै-धेरै मानिस छन् | धेरै मानिस हामीसँग सहभागी हुन्छन् |


पत्रकार: कति मन्दिरहरु छन् ? प्रभुपाद: हामीसँग तेह्र मन्दिर छन् | तेह्र |

पत्रकार: तेह्र ?

प्रभुपाद: एउटा यस लस एन्जलसमा, यिता सान फ्रान्सिस्कोमा, एउटा न्यु योर्कमा, यिता सन्ता फेमा, एउटा बफ्यालोमा, एउटा बस्टनमा, एउटा मन्ट्रियलमा, एउटा वान्कुवरमा, र सियाटलमा, कोलम्बसमा र लण्डनमा, हमबर्गमा, यसरी.... हवाईमा |

पत्रकार: तेह्र मन्दिरमा सयजना भन्दा बढी मानिस हुनुपर्छ |

प्रभुपाद: हो | हो, सयभन्दा बढी, हो | करिब....

हयग्रीव​: मलाई थाहा छैन |

प्रभुपाद: हो, मसँग सुची छ | सयभन्दा बढी छन् |

हयग्रीव​: कम्तिमा हुनुपर्छ किनकि त्यो एक मन्दिरमा मात्र दशजना औसत हुन्छ |

प्रभुपाद: हो | यहाँ हामीसँग यस मन्दिरमा करिब सय टाउको छन् |

पत्रकार: करिब बिस यहाँ | गडहेड छाप्न पैसा कहाँबाट आउँछ ?

प्रभुपाद: भगवान, भगवानले पठाउनुहुन्छ | (हाँस्नुहुन्छ)

पत्रकार: हो, म त्यसमा निश्चित थिएँ, तर भगवानले चेक र त्यस्तो कुरा लेख्नुहुन्न | म जिज्ञासु थिएँ | र मैले भन्नुपर्छ.......

प्रभुपाद: भगवानले तपाईलाई भन्नुहुन्छ र तपाईले तिर्नुहुन्छ | त्यति हो |

पत्रकार: मैले भन्नुपर्छ कि यो प्रश्नको जवाफ धेरै विरोधाभाष हुने जवाफ छ |

प्रभुपाद: (हाँस्दै) हो | म यहाँ आएँ.... तपाई चकित हुनुहुनेछ | म यहाँ केवल सात डलरसँग आएँ, र सारा संस्थानको खर्च, मलाई लाग्छ, मासिक पाँच हजार डलरभन्दा कम छैन | कम्तिमा |

पत्रकार: त्यो वार्षिक साथी हजार डलर हुन्छ, के यो दान हुन्छ ?

प्रभुपाद: पाँच हजार डलर निकै कम हो | मलाई लाग्छ यो भन्दा धेरै छ |

हयग्रीव​: मसँग कुनै विचार छैन |

प्रभुपाद: हो | किनकि हामीले तिर्दै छौं, यो मन्दिर, हामीहरु चार सय तिर्दै छौं, केवल भाडा | त्यसैगरी हरेक स्थानमा हामी तिन सय, चार सय भाडा तिर्दै छौं |

पत्रकार: के मानिसहरु सेवामा आउँछन् को शिष्य र भक्त हुँदैनन् ?

प्रभुपाद: हो | होइन, हामी सबलाई अनुमति दिन्छौं,"आऊ, जप | प्रसादम् लिऊ |" हामी यो प्रसादम् दिन्छौं | जप्नुहोस् , नाच्नुहोस्, भगवद गीता सुन्नुहोस् र प्रसादम् लिनुहोस् र घर जानुहोस् |

पत्रकार: अर्को शब्दमा, यदि उनीहरु केहि दान गर्न चाहन्छन्, उनीहरु दान गर्छन् |

प्रभुपाद: हो | हामी दान माग्छौं, कि "हामी केवल दानमा निर्भर छौं | यदि तपाई चाहनुहुन्छ भने तपाईले तिर्न सक्नुहुन्छ |" मानिस तिर्छन् | हो |

पत्रकार: हो | के यसरी नै पत्रिका प्रकाशित हुन्छ ?

प्रभुपाद: पत्रिका पनि, हामी बजार जान्छौं र यसलाई विक्रीमा आउँछौं | मानिस खरिद गर्छन् | त्यसैले वास्तवमा हाम्रो केहि स्थिर कोष छैन |

पत्रकार: ओहो, तपाईसँग छैन |

प्रभुपाद: छैन | हामी केवल कृष्णमा भर पर्दै छौं | तर कृष्णको कृपाले, हाम्रो अभियान बढ्दै छ | यो घट्दै छैन |

पत्रकार: त्यो राम्रो हो | म यो बारेमा जिज्ञासु थिएँ किनकि यो सुन्दर पत्रिका छ |

प्रभुपाद: त्यसैले हाम्रो मदत गर्ने प्रयास गर्नुहोस् |

पत्रकार: माफ गर्नुहोला ?

प्रभुपाद: यो अभियानलाई मदत गर्ने प्रयास गर्नुहोस् | तपाईको अमेरिका, धेरै धनि मानिसहरु छन् | यदि कोहि आउँछ र यो अभियानलाई मदत गर्छ, एक वा दुई, हामीले धेरै स्थिर प्रगति गर्न सक्छौं | हामीसँग पैसा छैन | हामी धेरै कठिन संघर्ष गर्दै छौं | तपाई देख्नुहुन्छ | यी केटा ओहायो विश्वविद्यालयमा प्रोफेसर छन् | जे उनले कमाउँदै छन्, उनले यसको लागि खर्च गर्दैछन् | त्यसैगरी, सबै केटाहरुले जे कमाउँछन्, उनीहरु खर्च गर्छन | तर त्यो पर्याप्त छैन, तपाई देख्नुहुन्छ ? हामीलाई प्रचार गर्नु परेको छ | हामीले पर्याप्त मात्रामा प्रकाशन गर्न सक्दैनौं | हामी मासिक कम्तिमा पचास हजार प्रकाशन गर्न चाहन्छौं, तर पैसा छैन | हामी बढीमा पाँच हजार प्रकाशन गर्दैछौं |

पत्रकार: कसले भित्र शंख बजाउँदै छन् ? (शंख बज्दै)