NE/Prabhupada 0572 - किन तपाई भन्नुहुन्छ "ओहो, म तपाईलाई आफ्नो चर्चमा बोल्ने अनुमति दिन सक्दिनँ"



Press Interview -- December 30, 1968, Los Angeles


पत्रकार: के तपाईलाई लाग्छ कि, वास्तवमा, निकै व्यवहारिक दृष्टिकोणबाट, के तपाईलाई अग्छ कि तपाईको अभियान यहाँ अमेरिकामा कुनै सम्भावना छ ?

प्रभुपाद: मैले देखेसम्म ठुलो मौका छ | (विराम)

पत्रकार: तपाईको सन्देश मोसेस वा क्राइस्ट वा कुनै अरु महान धार्मिक नेताको भन्दा फरक छैन | यदि मानिसले दश आदेशको नीति पालन गर्छन र यसको पालन गर्छन्, त्यो ठिकै छ |

प्रभुपाद: हामी मानिसलाई भन्छौं..... हामी भन्दैनौं कि "तपाई त्याग्नुहोस्, यो धर्म | तपाई हामीकहाँ आउनुहोस् |" तर कम्तिमा तपाई आफ्नो सिद्धान्त पालन गर्नुहोस् | र... एउटा विद्यार्थी जस्तै | सकेपछी...... कहिलेकाही भारतमा यस्तो हुन्छ कि उनीहरुले भारतीय विश्वविद्यालयमा एम.ए उत्तीर्ण गरे तापनि, तिनीहरु विदेशी विश्वविद्यालयमा अझ धेरै पढ्न आउँछन् | ऊ किन आउँछ ? धेरै शिक्षा प्राप्त गर्न | त्यसैगरी, तपाईले कुनै धार्मिक शास्त्र पालन गरे पनि, तर यदि तपाईले यहाँ यस कृष्ण भावनामृत अभियानमा धेरै शिक्षा पाउनुहुन्छ, किन तपाई यो स्विकार्नुहुँदैन यदि तपाई भगवान बारेमा गम्भीर हुनुहुन्छ ? किन तपाईले भन्नुपर्यो," ओहो, म इशाई हुँ | म यहुदी हुँ | मैले तपाईको सभामा उपस्थित हुन सक्दिनँ |" किन तपाईले भन्नुपर्यो,"ओहो, मैले तपाईलाई मेरो चर्चमा बोल्न अनुमति दिन सक्दिनँ |" यदि म भगवान बारेमा बोल्दैछु, तपाईको के आपत्ति भयो ?

पत्रकार: म तपाईसँग सहमत हुन सक्दिनँ | म पक्का छु तपाईलाई थाहा छ र म निश्चितरुपमा अवगत कि हालसालै मात्र, उदाहरणको लागि, कुनै अरु चर्चको कारणले एक क्याथोलिक यहाँ आउन सकेनन् | त्यो परिवर्तित भइसक्यो |