NE/Prabhupada 0574 - तपाईले स्वीकृति बिना कसैलाई मार्न सक्नुहुन्न । त्यो पाप हुन्छ



Lecture on BG 2.19 -- London, August 25, 1973


आत्माको न जन्म हुन्छ न मृत्यु हुन्छ | न एकपटक भएपछी, कहिल्यै रहन अन्त्य हुन्छ | ऊ अजन्मा छ, नित्य छ, शाश्वत छ, नमर्ने र पुरातन छ | शरीर मर्दा पनि ऊ मर्दैन |" त्यसैले, विभिन्न तरिकामा, कृष्णले कसरी आत्मा अमर छ सम्झाउने प्रयाद गर्दै हुनुहुन्छ | विभिन्न तरिका | य एनं वेत्ति हन्तारम् (भ गी २|१९) | जब लडाई हुन्छ, यदि कोहि मारिन्छ वा..... कृष्णले भन्नुहुन्छ कि यदि कसरिले सोच्छ कि,"यो मानिसले यो मानिसलाई मार्यो," त्यसैले, वा "यो मानिसले यो मानिसलाई मार्न सक्छ," यस प्रकारको ज्ञान अपूर्ण छ | कसैले कसैलाई मार्दैन | तब कसाई, तिनीहरुले भन्न सक्छन् कि "तब तिमीहरु किन असन्तोष प्रकट गर्छौ कि हामी मार्दै छौं ?" तिनीहरु शरीर मार्दै छन्, तर तपाईले मार्न सक्नुहुन्न जब उपदेश छ कि "तिमीले मार्नेछैनौ |" त्यसको मतलब तपाईले प्रतिबन्ध बिना पनि शरीर मार्न सक्नुहुन्न | तपाईले मार्न सक्नुहुन्न | आत्मा नमारिए पनि, शरीर मारिन्छ, तब पनि तपाईले प्रतिबन्ध बिना शरीर मार्न सक्नुहुन्न | त्यो पाप हुन्छ | उदाहरणको लागि, कोहि मानिस एउटा घरमा बस्दै छ | कुअनी तरिकाले तपाईले उसलाई त्यहाँबाट निकाल्दिनुहुन्छ, अवैध तरिकाले, तपाईले उसलाई निकाल्दिनुहुन्छ | त्यो मानिस बाहिर जानेछ र कहिँ आश्रय लिनेछ | त्यो तथ्य हो | तर किनकि तपाईले उसलाई उसको आधिकारिक स्थितिबाट निकाल्दिनुभयो, तपाई अपराधी हुनुहुन्छ | तपाईले भन्न सक्नुहुन्न," मैले उसलाई निकाले तापनि, उसले कुनै स्थान पाउनेछ |" होइन | त्यो ठिक छ, तर तपाईसँग उसलाई निकाल्ने कुनै शक्ति छैन | ऊ त्यस घरमा बस्न आफ्नो वैध स्थितिमा थियो, र किनकि तपाईले उसलाई बलपूर्वक निकाल्दिनुहुन्छ तपाई अपराधी हुनुहुन्छ, तपाईलाई सजाय हुनुपर्छ | त्यसैले यो तर्क कि कसाई वा पशु हत्यारा वा कुनै प्रकारका हत्याराहरु, तिनीहरुले तर्क गर्न सक्दैनन् | कि "यहाँ, भगवद-गीतामा भनिएको छ कि आत्मा कहिल्यै मर्दैन, न हन्यते हन्यमाने शरीरे (भ गी २|२०), यो शरीर विनाश भएपछी पनि | त्यसैले किन तिमीहरु असन्तोष प्रकट गर्छु कि हामी मार्दैछौं ? यो तर्क छ, कि तपाई शरीर पनि मार्न सक्नुहुन्न | त्यसको अनुमति छैन | त्यो पाप हो | उभौ तौ न विजानीतो नायं हन्ति न हन्यते | त्यसैले कसैले कसैलाई मार्दैन, न कोहि अरुबाट मर्छ | यो एउटा कुरा हो | फेरी, अर्को हिसाबले, कृष्ण भन्नुहुन्छ न जायते: जीवले कहिल्यै जन्म लिंदैन | शरीरको जन्म भनेको शरीरको मृत्यु हो | जीव, अध्यात्मिक झिल्को, त्यो कृष्णको अंश भएकाले, जसरी कृष्णले जन्म लिनुहुन्न, मर्नुहुन्न..... अजो ऽपि सन्न् अव्ययात्मा | तपाईले चौथो अध्यायमा पाउनुहुन्छ | अजो ऽपि | कृष्ण अज हुनुहुन्छ | अज भनेको जसले कहिल्यै जन्म लिंदैन | त्यसैगरी, हामी कृष्णको अंश भएकाले, हामी पनि कहिल्यै जन्म लिंदैनौं | यो शरीरको जन्म र मृत्यु, र हामी जीवनको शारीरिक धारणामा यति डुबेका छौं कि जब शरीरको जन्म वा मृत्यु हुन्छ हामी पिडा र आनन्द अनुभव गर्छौं | अवश्य पनि आनन्द छैन | जन्म र मृत्यु, यो धेरै पीडादायी हुन्छ | किनकि.... त्यसको व्याख्या पहिल्यै भइसक्यो | आत्माको चेतना सम्पूर्ण शरीर भित्र फैलिएको छ | तसर्थ, यो शरीरको कारणले पिडा र आनन्द अनुभव गरिएको हो | त्यसैले कृष्णले पहिल्यै सुझाव दिइसक्नुभयो कि त्यस्तो प्रकारको पिडा र आनन्द, मात्रा-स्पर्शास् तु कौन्तेय (भ गी २|१४), छालालाई छुने, कसैले धेरै झन्झट मान्नुहुन्न | तांस् तितिक्षस्व भारत​ | यस प्रकारले यदि हामीले आफ्नो स्थिति बारेमा सोच्छौं, आत्मा साक्षात्कार, कसरी हामी शरीर भन्दा भिन्न छौं...... वास्तवमा, यो ध्यान हो | यदि हामी आफ्नो बारेमा र शरीरको बारेमा धेरै गम्भिरतापूर्वक सोच्छौं, त्यो आत्म-साक्षात्कार हो | आत्म-साक्षात्कार भनेको म यो शरीर होइन, म अहं ब्रह्मास्मि हुँ, म आत्मा हुँ | यो आत्म-साक्षात्कार हो |