NE/Prabhupada 0579 - हामीले आफ्नो वस्त्र परिवर्तन गरे जस्तै आत्माले आफ्नो शरीर परिवर्तन गर्दैछ



Lecture on BG 2.21-22 -- London, August 26, 1973


प्रद्युम्न​: अनुवाद-"हे पार्थ, जसरी एक व्यक्ति जसलाई थाहा छ कि आत्मा अविनाशी छ, अजन्मा, शाश्वत र अचल छ, कसैलाई मार्ने वा मार्नलाई कारक बन्ने ?" "जसरी मानिसले नयाँ वस्त्र लगाउँछ, पुरानो त्यागेर, त्यसैगरी, आत्माले नया शरीर स्वीकार्छ, पुरानो र बेकार त्यागेर |"

प्रभुपाद: यो बुझाउने अर्को तरिका हो कि..... धेरै सजिलो कुरा | जसले पनि बुझ्न सक्छ | वासांसि जीर्णानि यथा विहाय​ | जसरी हाम्रो वस्त्र, कोट र सर्ट, जब तिनीहरु पुरानो हुन्छन्, बिग्रिएर, अझै प्रयोग गर्न नमिल्ने, हामी त्यसलाई फाल्दिन्छौँ र नयाँ वस्त्र लिन्छौं, सर्ट, कोट | त्यसैगरी, आत्माले बच्चा, बाल्यावस्थादेखि वस्त्र परिवर्तन गर्दैछ | जस्तै बच्चाको जुत्ता छ, तर जब उसले थोरै ठुलो शरीर पाउँछ, जुत्ता अट्दैन | तपाईले अर्को जुत्ता लिनुपर्छ | त्यसैगरी, जब उही बच्चा हुर्कन्छ वा शरीर परिवर्तन गर्छ, उसलाई अर्को जुत्ता चाहिन्छ | त्यसैगरी, हामीले वस्त्र परिवर्तन गरेजस्तै आत्माले उसको शरीर ठिक त्यस्तै गरेर परिवर्तन गर्दैछ | वासांसि जीर्णानि | ञीर्णानि भनेको जब यो बुढो हुन्छ, प्रयोग गर्नको लागि अयोग्य, यथा विहाय, जसरी हामी त्याग्छौं..... विहाय भनेको त्याग्नु | नवानी, नया वस्त्र | नर: अपराणि गृह्णाति | अब शरीरलाई वस्त्रसँग तुलना गरिएको छ | जस्तै कोट र सर्ट | दर्जीले कोट शरीर अनुसार काट्छन् | त्यसैगरी, यो भौतिक शरीर, यदि यो सर्ट र कोट हो, तब यो अध्यात्मिक शरीर अनुसार काटिन्छ | अध्यात्मिक शरीर निराकार, रुप बिना हुँदैन | यदि यो रुप बिना हुन्छ, तब कसरी वस्त्र, कोट र सर्टको हात र खुट्टा हुन्छ ? यो व्यवहारिक बुद्धि हो | कोटको हात हुन्छ, वा पाइन्टको खुट्टा हुन्छ, किनकि कोट प्रयोग गर्ने मानिसको हात र खुट्टा हुन्छ | त्यसैले यसले प्रमाणित गर्छ कि अध्यात्मिक शरीर निराकार हुँदैन | यो शुन्य होइन, यसको स्वरुप हुन्छ | तर स्वरुप यति सानो हुन्छ, अणोर् अणीयान् महतो महीयान्: एउटा स्वरूप अणुभन्दा सानो हुन्छ | अणोर् अणीयान् महतो महीयान् दुईवटा स्वरूप हुन्छन्, अध्यात्मिक | यिता परम भगवानको स्वरूप, विराट-रुप, महतो महीयान्, र हाम्रो स्वरूप, अणोर् अणीयान्, अणुभन्दा सानो | यो कठ उपनिषदमा वर्णन गरिएको छ | अणोर् अणीयान् महतो महीयान् आत्मास्य जन्तोर् निहितो गुहायाम् | निहितो गुहायाम्, गुहायाम् भनेको हृदयमा | दुवै त्यहाँ छन् | अब खोज्नुहोस्, आधुनिक विज्ञान | दुवै आत्मा र परमात्मा हृदयमा अवस्थित छन् | इश्वर: सर्व भूतानां हृद्-देशे (भ गी १८|६१) | हृद्... कुनै छैन...... यो भनिएको छैन "शरीरमा जहाँपनि यो बस्दै छ |" होइन | हृद्-देशे, हृदयमा | र वास्तवमा, चिकित्सा विज्ञानबाट, हृदय शरीरको सम्पूर्ण गतिविधिहरुको केन्द्र हो, कार्यालय | र दिमाग व्यवस्थापक हो | निर्देशक हुनुहुन्छ कृष्ण | उहाँले अर्को स्थानमा पनि भन्नुहुन्छ, सर्वस्य चाहं हृदि सन्निविष्टः | सबै कुरा स्पष्ट छ |