NE/Prabhupada 0588 - हामीले जे चाहन्छौं, कृष्णले दिनुहुन्छ



Lecture on BG 2.20 -- Hyderabad, November 25, 1972


जबसम्म ऊसँग थोरै पनि इच्छा हुन्छ कि "यदि म ब्रह्माजी जस्तो भएको भए, वा राजाजस्तो, जवाहरलाल नेहरु जस्तो," तब मैले शरीर स्वीकार्नुपर्छ | यो इच्छा | कृष्ण यति उदार हुनुहुन्छ, यति दयालु | जे हामी चाहन्छौं- ये यथा मां प्रपद्यन्ते (भ गी ४|११)- कृष्णले तपाईलाई दिनुहुन्छ | कृष्णबाट केहि लिनु..... जस्तै इशाई धर्मावलम्बीहरु प्रार्थना गर्छन्,"हे भगवान, हामीलाई हाम्रो दैनिक रोटि दिनुहोस् |" के यो कृष्णको लागि कठिन कार्यो हो...? उहाँले पहिल्यै दिंदै हुनुहुन्छ | उहाँले सबैलाई दैनिक रोटि दिंदै हुनुहुन्छ | त्यसैले यो प्रार्थनाको तरिका होइन | उनीहरुको प्रार्थनाको तरिका.... जसरी चैतन्य महाप्रभुले भन्नुभयो, मम जन्मनि जन्मनीश्वरे भवताद् भक्तिर् अह्ऐतुकी त्वयि (चै च अन्त्य २०।२९, शिक्षाष्टक ४) | यो प्रार्थना हो | हामीले केहि माग्नु पर्दैन | कृष्ण, भगवानले पोषणको लागि राम्रो व्यवस्था मिलाउनुभएको छ | पूर्णस्य पूर्णम् आदाय पूर्णम् एवावशिष्यते (ईशो मंगलाचरण) तर यो प्रकृतिले प्रतिबन्धित हुन्छ जब हामी पापी हुन्छौं | हामी नास्तिक बन्छौं | हामी दानव बन्छौं | तब आपूर्ति रोकिन्छ | तब हामी रुन्छौँ | "ओहो, पानि पर्दैन | यो छैन, नाइँ...." त्यो प्रकृतिको प्रतिबन्ध हो | तर भगवानको व्यवस्थापनबाट, सबैको लागि पर्याप्त खाना छ | एको बहूनां विदधाति कामान् | उहाँ सबैलाई प्रदान गर्दै हुनुहुन्छ | त्यसैले, जबसम्म हामीसँग आफ्ना योजना पुरा गर्ने थोरै पनि भौतिक इच्छा हुन्छ, तब हामीले भौतिक शरीर स्विकार्नुपर्छ, र त्यसलाई जन्म भनिन्छ | अन्यथा, जीवको जन्म र मृत्यु हुँदैन | अब, यो जन्म, र मृत्यु........ जीवहरु, उनीहरुलाई झिल्कासँग तुलना गरिएको छ, र भगवानलाई ठुलो आगोको रुपमा | त्यसैले ठुलो आगो, त्यो तुलना हो | र सानो झिल्का, दुवै आगो हुन् | तर कहिलेकाही झिल्का ठुलो आगोबाट तल झर्छन् | त्यो हाम्रो पतन हो | पतन भनेको हामी भौतिक जगतमा झर्छौं | किन ? केवल आनन्द लिन, कृष्णको अनुकरण गर्न | कृष्ण परम भोक्ता हुनुहुन्छ | हामी दास हौँ | कहिलेकाही.... यो प्राकृतिक हो | दासले इच्छा गर्छ कि "यदि म मालिक जस्तै आनन्द लिन्छु...." त्यसैले जब यो भावना वा प्रस्ताव आउँछ, त्यसलाई माया भनिन्छ | किनकि हामी भोक्ता हुन सक्दैनौं | यो झुठो हो | यदि म सोच्छु कि म भोक्ता बन्न सक्छु, यो भौतिक जगतमा पनि, तथाकथित...... तिनीहरु, सबजना भोक्ता बन्ने प्रयास गर्दैछन् | र भोक्ताको अन्तिम जाल भनेको, यो हो कि एकले सोच्छ कि "अब म भगवान बन्नेछु |" यो अन्तिम जाल हो | सर्वप्रथम, म व्यवस्थाक, वा मालिक बन्न चाहन्छु | अनि प्रधानमन्त्रि | अनि यो अणों त्यो | र जब सबै विफल हुन्छन्, तब एकले सोच्छ कि "अब म भगवान बन्नेछु |" यो भनेको उही झुकाव, मालिक बन्ने, कृष्णको अनुकरण गर्ने, चल्दै छ |