NE/Prabhupada 0590 - शुद्धिकरण भनेको हामीले थाहा पानुनुपर्छ कि 'म यो शरीर होइन । म आत्मा हुँ'



Lecture on BG 2.20 -- Hyderabad, November 25, 1972


त्यसैले आरुह्य कृच्छ्रेण परं पदं ततः पतन्त्य् अधः (श्री भा १०|२|३२) | त्यसैले यो आनन्दको लागिमात्र हामीले यति धेरै योजना बनाउँदैछौं | हाम्रो आफ्नो दिमाग, सानो दिमाग, अनुसार, हामी योजनाहरु बनाउँदैछौं | केवल, राज्यमा पनि, तिनीहरु योजना बनाउँदैछन् | व्यक्तिगत रुपमा, र व्यापारिक रुपमा, सबजना योजना बनाउँदैछन् | योजना बनाउने भनेको बद्ध हुने हो | र उसले, तिनीहरुले योजना पुरा गर्न फेरी जन्म लिनुपर्छ | वासना | यसलाई वासना भनिन्छ | त्यसैले हामीले वासना, इच्छा शुद्ध पार्नुपर्छ | त्यो चाहिएको छ | यदि हामी शुद्ध पर्दैनौं, तब हामीले जन्म लिनुपर्छ, जन्म र मृत्यु, जन्म र मृत्युको पुनरावृत्ति | त्यसैले त्यो इच्छा, कसरी यो शुद्धिकरण हुन सक्छ ? त्यो इच्छा शुद्धिकरण हुन सक्छ | सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् (चै च मध्य १९|१७०) | हामीले यो उपाधि त्याग्नुपर्छ,"म ब्राह्मण हुँ," "म शुद्र हुँ," "म क्षत्रिय हुँ," "म अमेरिकी हुँ," "म भारतीय हुँ," "म यो हुँ र... " धेरै उपाधिहरु | किनकि म आत्मा हुँ, तर यो, यो आवरण मेरो उपाधि हो | त्यसैले यदि मैले आफुलाई यो उपाधिसँग चिन्छु, तब मैले जन्म र मृत्यु दोहोर्याउनुपर्छ | त्यो तपाईले शुद्ध पार्न सक्नुहुन्छ | त्यो कसरी शुद्ध हुन्छ ? त्यसलाई भक्तिबाट शुद्ध पार्न सकिन्छ | जब तपाईले बुझ्नुहुन्छ कि तपाई कृष्णको अंश हो, जब मैले बुझ्छु कि "म कृष्णसँग नित्य रुपमा सम्बन्धित छु | उहाँ परम हुनुहुन्छ, म दास हुँ," र जब मैले आफुलाई उहाँको सेवामा संग्लग्न गराउँछु, त्यो इच्छाको शुद्धिकरण हो | कृष्ण भावना बिना, सबजना विभिन्न भौतिक चेतनामा कार्य गर्दैछन् | "म अमेरिकी हुँ | तसर्थ मैले यस प्रकारले कार्य गर्नुपर्छ | मैले रुसीसँग लडाई गर्नुपर्छ |" रिसी सोच्छन् कि "म रुसी हुँ | मैले अमेरिकीसँग लडाई गर्नुपर्छ |" वा चिन..... धेरै उपाधिहरु | यसलाई माया भनिन्छ, भ्रम | त्यसैले हामी शुद्ध पार्नुपर्छ | त्यो शुद्धिकरण भनेको एकले थाहा पाउनुपर्छ कि "म यो शरीर होइन | म आत्मा हुँ |" त्यसैले मैले आत्माको रुपमा के गर्दैछु ? वर्तमान समयमा म जे कार्य गर्दैछु, जीवनको यो शारीरिक धारणामा...... तर आत्माको रुपमा म के गर्दैछु ? यो ज्ञान चाहिएको छ | यो ज्ञान हामी शुद्ध भएपछी आउँछ | ब्रह्म​-भूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति समः सर्वेषु भूतेषु मद्-भक्तिं लभते पराम् (भ गी १८।५४) मद्-भक्तिं लभते पराम् | कहिले > यो भौतिक उपाधिबाट मुक्त भएपछी, ब्रह्म-भूत: | मुक्त भएपछी, त्यो भन्दा अघि होइन | त्यसैले भक्ति भावना होइन | भक्ति.... मानिस भन्छन्, "जो त्यति विद्वान छैनन्, वैदिक साहित्य राम्ररी पढ्न सक्दैनन्, र तसर्थ तिनीहरुले भक्ति लिन्छन् |" होइन | भक्ति, वास्तविक भक्ति, एक पूर्ण रुप्ली ब्रह्म-भूत भएपछी सुरु हुन्छ | ब्रह्म​-भूतः प्रसन्नात्मा न शोचति न काङ्क्षति समः सर्वेषु भूतेषु मद्-भक्तिं लभते पराम् (भ गी १८।५४) त्यो, त्यो भक्ति सम्पन्न गर्ने शुद्ध दिव्य स्तर हो, भौतिक उपाधिबाट मुक्त भएपछी । सर्वोपाधि-विनिर्मुक्तं तत्-परत्वेन निर्मलम् (चै च मध्य १९|१७०) | यसलाई भनिन्छ निर्मल | यो हो मुक्ति | किनकि आत्मा शाश्वत छ | यसलाई सफा गर्नुपर्छ, भौतिक प्रदुषण | जब औ सफा हुन्छ, तब हृषीकेण हृषीकेश​-सेवनं भक्तिर् उच्यते (चै च मध्य १९|१७०) | जब हाम्रा इन्द्रियहरु शुद्ध हुन्छन.... यो अमेरिकी हात वा भारतीय हात होइन | "यो कृष्णको हार हो | यो हात कृष्णको सेवामा संग्लग्न हुनुपर्छ, मन्दिर बढार्न |" यदि उसले यसरी सोच्छ, ऊ कुनै वेदान्त अध्ययन गर्ने भन्दा धेरै, धेरै महान हुन्छ | यदि उसलाई केवल थाहा छ कि "यो हात कृष्णको हो," तब ऊ कुनै वेदान्त अध्ययन गर्ने भन्दा धेरै, धेरै महान हुन्छ | यी वेदान्त अध्ययन गर्नेहरु..... अवश्य पनि, सबै भक्तहरु, तिनीहरु वेदान्त अध्ययन गर्ने हुन् | तर कसैले सोच्छ कि उसले वेदान्तको रुपमा एकाधिकार प्रकट गरेको छ | वेद भनेको ज्ञान | अन्त भनेको अन्तिम | त्यसैले वेदान्त भनेको अन्तिम ज्ञान | त्यसैले अन्तिम ज्ञान भनेको कृष्ण | वेदैश् च सर्वैर् अहम् एव वेद्यः (भ गी १५|१५) | तथाकथित वेदान्त अध्ययन गर्नेहरु, यदि उसले बुझ्दैन कि कृष्ण को हुनुहुन्छ, वेदान्त अध्ययन गर्नुको के अर्थ भयो ? यसको कुनै अर्थ हुँदैन | तिनीहरु, पूर्ण वेदान्ती हो जसलाई थाहा छ कि "कृष्ण परम हुनुहुन्छ | उहाँ मेरो भगवान हुनुहुन्छ | म उहाँको नित्य दस हुँ |" यो वेदान्त ज्ञान हो |

धेरै धेरै धन्यवाद |

हरे कृष्ण |