NE/Prabhupada 0596 -आत्मालाई टुक्र्याउन सकिंदैन



Lecture on BG 2.23 -- Hyderabad, November 27, 1972


यस्यैक​-निश्वसित​-कालम् अथावलम्ब्य जीवन्ति लोम​-विलजा जगद्-अण्ड​-नाथाः विष्णुर् महान् स इह यस्य कला-विशेषो गोविन्दम् आदि-पुरुषं तम् अहं भजामि त्यसैले यहाँ, अध्यात्मिक बुझाईको सुरुवातमा, कि आत्मा, परमात्मालाई टुक्र्याउन सकिंदैन | नैनं छिन्दन्ति शस्त्राणि न्ऐनं दहति पावकः | अब बुझ्ने प्रयास गर्नुहोस् | हामी सोच्दैछौं, आधुनिक वैज्ञानिकहरु, तिनीहरु सोच्दैछन् कि सुर्यमा कुनै जीवन हुनसक्दैन | होइन | त्यहाँ जीवन जीवन छ | हामीले यो जानकारी वैदिक साहित्यबाट पाउँछौं कि त्यहाँ जीवन छ | त्यहाँ पनि हामीजस्ता मानव छन् | तर उनीहरु आगोले बनेका छन् | त्यति हो | किनकि हाम्रो सानो अनुभव छ कि "कसरी आगोमा जीव बाँच्न सक्छन् ?" यो समस्याको जवाफ दिन, कृष्ण भन्नुहुन्छ कि नैनं दहति पावकः | (संगै:) तिमी किन त्यहाँ बस्दैछौ ? तिमी यहाँ आउ | नैनं दहति पावकः | आत्मालाई जलाउन सकिन्न | यदि यसलाई जलाउन सकिन्छ, तब हिन्दु विधि अनुसार, हामी शरीर जलाउँछौं, तब आत्मा मर्छ | वास्तवमा, नास्तिकहरु सोच्छन् कि, कि जब शरीर जल्छ, सबै सकिन्छ | ठुला, ठुला प्रोफेसर, तिनीहरु त्यस्तो सोच्छन् | तर यहाँ, कृष्ण भन्नुहुन्छ, नैनं दहति पावकः "यो जल्दैन |" अन्यथा, यो कसरी रहन्छ ? न हन्यते हन्यमाने शरीरे (भ गी २|२०) | सबै कुरा स्पष्टसँग भनिएको छ | आत्मा जल्दैन; न यसलाई टुक्रा पार्न सकिन्छ | तब: न चैनं क्लेदयन्त्य् आपः | न यो भिज्छ | यो पानीसँगको सम्पर्कमा भिज्दैन | अहिले भौतिक जगतमा हामी पाउँछौँ कि जे पनि, जति साह्रो भए पनि..... जस्तै ढुंगा र फलाम, यसलाई टुक्रा पार्न सकिन्छ | छुटाउने उपकरण छ | यसलाई काट्न सकिन्छ...... जे पनि टुक्रा पार्न सकिन्छ | र जे पनि पगाल्न सकिन्छ | यसलाई भिन्न तापक्रममात्र चाहिन्छ, तर असबाई जलाउन र पगाल्न सकिन्छ | तब सबै कुरा भिजाउन सकिन्छ, भिज्छ | तर यहाँ भनिएको छ, न चैनं क्लेदयन्त्य् आपो न शोषयति मारुतः न यसलाई बाफ बनाउन सकिन्छ | त्यो नित्यता हो | यसको मतलब कुनै भौतिक परिस्थितिले आत्मालाई असर गर्दैन | असङ्गो ऽयं पुरुषः | वेदमा भनिएको छ कि जीव सधैं यो भौतिक जगतको स्पर्श बिना हुन्छ | यो केवल आवरण हो | यो स्पर्शमा छैन | मेरो शरीर जस्तै, वर्तमान, यो शरीर, यो सर्ट र कोटले ढाकिएको भए तापनि, यो आशक्त छैन | यो मिसिएको छैन | शरीर सधैं फरक बस्छ | त्यसैगरी, आत्मा सधैं यस भौतिक आवरणबाट फरक बस्छ | यो केवल विभिन्न योजना र इच्छाको कारणले हो कि उसले भौतिक प्रकृतिमाथि विजय प्राप्त गर्न खोज्दैछ | सबैले देख्न सक्छन् |