NE/Prabhupada 0601 - चैत्य गुरु भनेको जसले भित्रबाट विवेक र ज्ञान दिनुहुन्छ



Sunday Feast Lecture -- Los Angeles, May 21, 1972


यी भगवानका शक्तिहरु हुन् | यो होइन कि मैले केहि जादु देखाउन सक्छु र तत्काल म भगवान बन्छु | जादु हेर्नुहोस्, भगवानको वास्तविक जादु | सस्तो भगवान नस्विकार्नुहोस् | भगवानले भगवानजस्तो जादु देखाउनुपर्छ | जस्तै हामी थोरै जादु देखाउदैछौं, केहि हवाईजहाज वा स्पुत्निक वा विमान उडाउँदै | हामी यति धेरै श्रेय लिंदैछौं, यति धेरै श्रेय कि वैज्ञानिकहरु घोषणा गर्दैछन्, "भगवान हुनुहुना | म भगवान हुँ, किनकि मैले यो हवाईजहाज बनाएँ |" र तपाईको हवाईजहाज यी ग्रहहरुको तुलनामा जे हो ? त्यसैले बुद्धिमान मानिस, उनीहरुले भगवानलाई यी वैज्ञानिक वा दार्शनिकहरुभन्दा धेरै श्रेय दिन्छन् | किनकि उसले शक्तिहरु देख्न सक्छ, कति शक्ति छ | उहाँका धेरै शक्तिहरु छन् | वैदिक साहित्यमा हामी बुझ्न सक्छौं, परास्य शक्तिर् विविधैव श्रूयते (चै च मध्य १३|६५, तात्पर्य) वेदमा, उपनिषद: न तस्य कार्यं करणं च विद्यते | भगवानले व्यक्तिगत रुपमा केहि गर्नुपर्दैन | न तस्य कार्यं करणं च विद्यते | न तत्-समस् चाभ्यधिकश् च दृश्यते | कोहि उहाँसँग बराबर वा उहाँभन्दा ठुलो छैन | कोहि होइन | ती हुनुहुन्छ भगवान | यदि कोहि प्रतिस्पर्धी छ, एउटा भगवान प्रतिस्पर्धी, अर्को भगवान प्रतिस्पर्धी.... जस्तै आजकल भगवान बन्ने फेसन भएको छ र एउटा "भगवान" र अर्को बीच प्रतिस्पर्धा छ | तर वास्तवमा, कोहि भगवानसँग प्रतिस्पर्धा गर्न सक्दैन | ती हुनुहुन्छ भगवान | न तस्य सम | सम भनेको बराबर | अधिकस्य, वा ठुलो | त्यो भनेको सबै अधीनमा | सबजन अधिनमा | सबजना भगवानभाडा तल छन् | ऊ धेरै शक्तिशाली हुनसक्छ, तर कोहिपनि भगवानसँग बराबर वा उहाँभन्दा महान हुनसक्दैन | त्यो वैदिक जानकारी हो | न तस्य सम अदिकस्य दृश्यते | हामीले पाउँदैनौं..... उनीहरु पनि, महान साधुहरु, उनीहरु अनुसन्धान गर्दैछन्, कि महानतम व्यक्तित्व को हुनुहुन्छ | महानतम व्यक्तित्व | त्यसैले महान साधुबाट अनुसन्धानले, विशेषगरि ब्रह्माजीबाट..... उहाँ यस ब्रह्माण्डको पहिलो प्राणि हुनुहुन्छ | त्यसैले उहाँले आफ्नो अध्यात्मिक विकास र अनुसन्धानबाट पाउनुभएको छ कि कृष्ण महानतम हुनुहुन्छ | ईश्वरः परमः कृष्णः (ब्र स ५।१) | उहाँ आफ्नो निर्णय दिनुहुन्छ: "महानतम व्यक्तित्व कृष्ण हुनुहुन्छ |" जस्तै हामी बस्दैछौं, धेरै महिला र सज्जनहरु यहाँ | हामी विश्लेषण गर्नसक्छौं यहाँ को महानतम छ | त्यसैले, भनौं, तर्कको लागि, तपाईले स्वीकार्न सक्नुहुन्छ कि "तपाई महानतम हुनुहुन्छ |" तर म महानतम होइन | मेरो अध्यात्मिक गुरु हुनुहुन्छ | उहाँको आफ्नो अध्यात्मिक गुरु हुनुहुन्छ | उहाँको आफ्नो अध्यात्मिक गुरु हुनुहुन्छ | यस प्रकारले हामी ब्रह्मसम्म पुग्छौं | ब्रह्मा यस ब्रह्माण्डभित्र मूल अध्यात्मिक गुरु हुनुहुन्छ, जसले हामीलाई वैदिक ज्ञान दिनुभयो | उहाँलाई तसर्थ पुर्खा, हजुरबुवा, पितामह भनिन्छ | तर उहाँ पनि स्वतन्त्र हुनुहुन्न | वेदान्त सुत्रमा वा भागवतमा भनिएको छ कि ब्रह्मा.... उहाँ पहिलो प्राणी हुनुहुन्छ | अरु कोहि थिएन, कुनै अरु जीव जब उहाँ सर्वप्रथम सिर्जित हुनुभएको थियो | त्यसैले यदि मैले भन्छु कि उहाँले पनि अरुबाट ज्ञान प्राप्त गर्नुभयो, तब तर्क हुनसक्छ, "उहाँलाई ज्ञान दिने अर्को व्यक्ति को हो ?" तसर्थ भागवतमा भानिएको छ,"होइन | उहाँले कृष्णबाट ज्ञान प्राप्त गर्नुभयो |" कसरी "हृदयबाट |" तेने ब्रह्म हृदा | हृदा | किनकि भगवान, कृष्ण सबैको हृदयमा बास्दै हुनुहुन्छ- तपाईको हृदय, मेरो हृदय, सबजना | र उहाँले तपाईलाई उपदेश दिन सक्नुहुन्छ | तसर्थ उहाँको नाम चैत्य-गुरु हो | चैत्य-गुरु भनेको जसले भित्रबाट अंतःकरण र ज्ञान दिनुहुन्छ | भगवद-गीतामा कृष्ण भन्नुहुन्छ, सर्वस्य चाहं हृदि सन्निविष्टो: (भ गी १५।१५) | "सबैको हृदयमा म बस्दैछु |" हृदि,"हृदय भित्र"; सन्निविष्टो,"म त्यहाँ बस्दैछु |" सर्वस्य | म र तपाईमात्र होइन, पशु, किरा, चरा, ब्रह्मा, सबजना | सर्वस्य | सबै जीव | त्यसैले सर्वस्य चाहं हृदि सन्निविष्टो मत्तः "मबाट"; स्मृतिर् ज्ञानम् अपोहनं च​,"स्मृति, ज्ञान र विस्मृति |" विस्मृति पनि | यदि हामी भगवाण बिर्सन चाहन्छौं, भगवानले तपाईलाई बुद्धि दिनुहुन्छ कि तपाईले कहिल्यै भगवानलाई बिर्सनुहुन्न | उहाँ यति दयालु हुनुहुन्छ | तपाई जे चाहनुहुन्छ, उहाँले तपाईलाई बुद्धि दिनुहुन्छ, "यसरी गर |"