NE/Prabhupada 0604 - यदि मैले निरन्तरता दिएँ भने कृष्णले मलाई खुसीसाथ दिव्य स्तरमा राख्नुहुनेछ



Vanisource:Lecture on SB 1.5.11 -- New Vrindaban, June 10, 1969


निवृत्त भनेको पहिल्यै सकिएको, पूर्णत: सकिएको | त्यो के सकिएको हो ? तृष्ण | तृष्ण भनेको चाहना गर्नु | जसले यो भौतिक चाहना सकाएको छ, उनीहरुले भगवानको यो दिव्य महिमा जप्न सक्छन् | अरुले सक्दैनन् | हाम्रो संकिर्तन अभियानमा जस्तै, तपाईले यस्तो परमानन्द लिंदै हुनुन्छ | अरुले भन्नेछन्,"यी मानिस के गर्दैछन् ? पागलहरु, उनीहरु रमाउँछन्, नाच्छन् र केहि ढोल बजाउँछन् |" तिनीहरुले त्यस्तो सोच्छन् किनकि तिनीहरुको भौतिक आनन्दको चाहना सकिएको छैन | तसर्थ निवृत्त | वास्तवमा, कृष्ण वा भगवानको यो दिव्य नाम, मुक्त स्तरमा जप्न सकिन्छ | तसर्थ सुझाव दिन्छौं, जप्दै गर्दा, तीन स्तरहरु हुन्छन् | अपराधपूर्ण स्तर, मुक्त स्तर, र वास्तवमा भागवत प्रेमको स्तर | त्यो जपद्वारा प्राप्त गर्ने पूर्णताको स्तर हो | सुरुवातमा हामीले अपराधपूर्ण स्तरमा जप्छौँ- दस्श प्रकारका अपराधहरु | तर यसको मतलब यो होइन कि हामीले जप्नेछैनौँ | अपराधहरु भए पनि, हामी जप्दै जानेछौं | त्यो जपले मलाई सबै अपराधहरुबाट बहिया निकाल्नेछ | अवश्य पनि हामीले ख्याल राख्नुपर्छ कि हामीद्वारा अपराध नहोस् | तसर्थ दश प्रकारक अपराधहरुको यो सुची दिइएको छ | हामीले बच्ने प्रयास गर्नुपर्छ | र जब यो अपराधरहित जप हुन्छ, तब यो मुक्त स्तर हो | त्यो मुक्त स्तर हो | र मुक्त स्तर पछी, जप यति आनन्द प्रदायक हुन्छ, किनकि त्यो दिव्य स्तरमा हुन्छ, कृष्ण र भगवानको वास्तविक प्रेम लिन सकिनेछ | तर उही कुरा...... जप..... अपराधपूर्ण स्तरमा जप र मुक्त स्तरमा पनि जप...... तर परिपक्व स्तरमा...... जस्तै रुप गोस्वामी, उहाँले भन्ने गर्नुहुन्थ्यो को "मैले एउटा जिब्रोले के जप्नेछु र मैले दुई कानबाट के सुन्नेछु ? यदि लाखौं कान मसँग हुन्थ्यो, यदि लाखौं जिब्रो मसँग हुन्थ्यो, तब मैले जप्न र सुन्न सक्थें |" किनकि उहाँहरु मुक्त स्तरमा हुनुहुन्छ | तर हामीले त्यस कारणले नकार्नुहुँदैन | हामीले दृढ भएर निरन्तरता दिनुपर्छ | उत्साहाद् धैर्यात् | उत्साहात् भनेको उत्साहको साथ्, र धैर्यात् भनेको दृढता, धैर्यता | उत्साहात् | निश्चयात् | निश्चयात् भनेको दृढ संकल्प सहित: "हो, मैले जप सुरु गरेको छु | अपराध हुनसक्छ, तर यदी म निरन्तर गर्छु, कृष्ण मलाई दिव्य स्तरमा राख्न खुसी हुनुहुनेछ जब मैले यस हरे कृष्ण जप को स्वाद बुझ्नेछु |" जस्तै विश्वनाथ चक्रवर्तीले पाकेको र काँचो अवस्थाको आँप दिनुभएको छ | काँचो अवस्थामा यो तितो हुन्छ, तर उही आँप, जब पुरा पाक्छ, यो मिठो हुन्छ | हामीले यो अवस्थाको लागि पर्खनुपर्छ, र हामी सावधान हुनुपर्छ कि हामीद्वारा कुनै अपराश नहोस् | तब हामी, अवश्य पनि, हामी आउनेछौं | जस्तै एउटा रोगी, यदि उसले चिकित्सकले दिएको नियम पालन गर्छ र औषधि लिन्छ, तब अवश्य ऊ सन्चो हुन्छ |