NE/Prabhupada 0609 - तिमीहरु धेरै जना हरे कृष्ण जप्दैछौ । यही मेरो सफलता हो



Arrival Lecture -- Los Angeles, May 18, 1972


त्यसैले मेरा प्रिय युवा तथा युवतीहरु, करिब छ वर्ष अघि म तपाईको राष्ट्रमा आएँ, एक्लै, कर्तालको यो जोडीसँग | अहिले तपाईहरु यति धेरै हरे कृष्ण जप्दै हुनुहुन्छ | त्यो मेरो सफलता हो | यो चैतन्य महाप्रभुको भविष्यवाणी थियो: पृथिवीते आछे यत नगरादि ग्राम​, सर्वत्र प्रचार होइबे मोर नाम (चै भा अन्त्य​-खण्ड ४।१२६) | चैतन्य महाप्रभुले चाहनुभयो कि "हरेक शहरमा, जति धेरै शहर र गाउँ यो पृथ्वीको सतहमा छन्, मेरो नाम प्रसारण हुनेछ |" उहाँ स्वयं कृष्ण हुनुहुन्छ, स्वयं कृष्ण​, कृष्ण चैतन्य​-नामिने, केवल उहाँको नाम कृष्ण चैतन्यमा परिवर्तन गरेर | त्यसैले उहाँको भविष्यवाणी व्यर्थमा कहिल्यै जानेछैन | यो तथ्य हो | त्यसैले मेरो योजना थियो कि "म अमेरिका जानेछु | अमेरिका संसारको प्रमुख राष्ट्र छ | यदि मैले अमेरिकाका युवावर्गलाई सम्झाउन सकें भने उनीहरुले लिनेछन् |" म वृद्ध छु | म यहाँ सत्तरी वर्षको उमेरमा आएँ, अहिले म छयत्तर छु | त्यसैले मेरो चेतावनी पहिल्यै छ | १९७१मा मलाई गम्भीर हृदयघात भयो | तपाई सबलाई थाहा छ | त्यसिए चैतन्य महाप्रभुको लक्ष्य अब तपाईको हातमा छ | तपाई अमेरिकी युवा र युवती हुनुहुन्छ, धेरै बिद्धिमान र कृष्णद्वारा कृपा प्राप्त | तपाई गरिबीको मारमा हुनुहुन्न | तपाईसँग पर्याप्त श्रोत, मान छ | सबै कुरा भौतिक रुपले, तपाईहरु सुसज्जित हुनुहुन्छ | यदि तपाईले यस कृष्ण भावनामृत अभियान गम्भिरतापूर्वक लिनुहुन्छ भने, तपाईको राष्ट्र बच्नेछ, र सम्पूर्ण संसार बच्नेछ |