NE/Prabhupada 0616 - ब्राह्मण, क्षत्रिय, वैश्य, शूद्र-यो प्राकृतिक विभाजन हो



Lecture at World Health Organization -- Geneva, June 6, 1974


मानव समाज, यदि उनीहरु महान आचार्यको पदचिह्नको अनुसरण गर्दैनन्, महान साधु व्यक्तिहरुको, तब समस्या हुनेछ | र त्यो वास्तवमा हुँदैछ | भगवद गीतामा, जब कृष्ण....., कृष्ण र अर्जुन बोल्दै हुनुहुन्थ्यो, त्यसैले कृष्णले युद्धको प्रभाव प्रस्तुत गरे, कि स्त्रीहरु विधवा हुनेछन् र उनीहरुले आफ्नो चरित्र सम्हाल्न असक्षम हुनेछन्, र तब अधर्म सुरु हुनेछ | त्यसैले उनले भने....... उनले यसरी तर्क गर्दै थिए कि, अधर्माभिभवात् कृष्ण​, प्रदुष्यन्ति कुल​-स्त्रियः, स्त्रीषु दुष्टासु वार्ष्णेय​, जायते वर्ण​-सङ्करः (भ गी १|४०) वैदिक सभ्यता वर्णाश्रम धर्म हो | यदि वर्णाश्रम-धर्म उचित ढंगमा सुरक्षित छैन, तब यस्तो जनसंख्या हुनेछ जसलाई वर्ण-संकर, मिस्रित जनसंख्या भनिन्छ | ब्राह्मण, क्षत्रिय, वैश्य, शुद्र - यो प्राकृतिक विभाजन हो | समाज विभाजित हुनुपर्छ..... चातुर्-वर्ण्यं मया सृष्टं गुण​-कर्म​-विभागशः (भ गी ४|१३) | (संगै:) कुनै जरुरत छैन | प्राकृतिक विभाजन.... जस्तै तपाईको शरीरमा प्राकृतिक विभाजन छ: टाउको, हात, पेट र खुट्टा, त्य्यासैगारी, सामाजिक विभाजन, त्यहाँ छ | कोहि धेरै बुद्धिमान वर्गका मानिस छन् र कोहि लडाईमा झुकाव भएका मानिस, र कोहि व्यापार र उद्योगमा धेरै रुची राख्छन्, र कोहि केवल पेट भर्न रुची राख्छन् | त्यसैले यो प्राकृतिक विभाजन हो | तासर्थ कृष्ण भन्नुहुन्छ, चातुर्-वर्ण्यं मया सृष्टम् | यदि यो चातुर्-वर्ण्यं, यो विभाजन..... सबभन्दा बुद्धिमान वर्गका मानिस, तिनीहरुलाई ब्राह्मणको रुपमा तालिम दिनुपर्छ | शमो दमो तितिक्ष आर्जव ज्ञानं विज्ञानम् आस्तिक्यं ब्रह्म​-कर्म स्वभाव​-जम् (भ गी १८|४२) | सामाजिक विभाजन हुनुपर्छ | सबभन्दा बौद्धिक वर्गका मानिस, उनीहरु वेदको अध्ययनमा संग्लग्न हुनुपर्छ, र ज्ञान प्राप्त गर्नुपर्छ, र मानव समाजमा फैलौनुपर्छ, ताकी तिनीहरु निर्देशित हुन सक्छन्, र समाजको शान्त अवस्थाको लागि आवश्यक कार्य गर्नुपर्छ | त्यो निर्देशन हो | क्षत्रिय, उनीहरु समाजको सुरक्षाको लागि हुन्, सैन्य शक्ति वा लडाईमा झुकाव भएका | जब खतरा हुन्छ, आक्रमण, उनीहरुले हामीलाई सुरक्षा दिनेछन् | त्यसैले अना उत्पादन गर्न र गाईको रक्षा गर्न एक वर्गको मानिस हुनुपर्छ | कृषि-गोऋअक्ष्य वाणिज्यं व्ऐश्य​-कर्म स्वभाव​-जम् (भ गी १८|४४) | र अरु मानिसहरु, जो बौद्धिक वा लडाईमा झुकाव भएका मानिस जसरी कार्य गर्न सक्दैनन्, वा खानेकुराको उत्पादनमा लग्न सक्दैनन्, उनीहरुले यी सब तिन वर्गका मानिसहरुलाई सहयोग गर्नुपर्छ | र उनीहरुलाई शुद्र भनिन्छ | यो सामाजिक विभाजन हो | यसलाई भनिन्छ वर्णाश्रम धर्म | धर्म शब्द प्रयोग भएको छ | धर्म भनेको अनिवार्य कर्तव्य | धर्म भनेको कुनै साम्प्रदायिक भावना होइन | होइन | प्राकृतिक विभाजन र अनिवार्य कर्तव्य |