NE/Prabhupada 0627 - ताजापन बिना, कसैले पनि यो दिव्य विषय बुझ्न सक्दैन



Lecture on BG 2.13 -- Pittsburgh, September 8, 1972


आधिकारिक अध्यात्मिक गुरुको लक्षण के हो ? सबजना अध्यात्मिक गुरु बन्न चाहन्छन् | त्यसैले त्यो पनि वर्णित छ | शाब्दे परे च निष्णातम् | जसले वैदिक साहित्यको समुद्रमा पूर्ण स्नान गरेको छ, शाब्दे परे च निष्णातम् | जस्तै यदि तपाई स्नान गर्नुहुन्छ, तपाई ताजा अनुभव गर्नुहुन्छ | यदि तपाईले राम्रो स्नान गर्नुहुन्छ, तपाईले ताजा अनुभव गर्नुहुन्छ | शाब्दे परे च निष्णातम् | ताजापन बिना, कसैले पनि यो दिव्य विषय बुझ्न सक्दैन | र गुरु, वा अध्यात्मिक गुरु, वैदिक ज्ञानको समुद्रमा स्नान गरेर ताजा हुनुपर्छ | र नतिजा के हुन्छ ? शाब्दे परे च निष्णातम् ब्रह्मण्य् उपशमाश्रयम् | त्यस्तो सरसफाईपछी, उनले परमसत्यको आश्रय लिएका छन्, कुनै भौतिक इच्छा बिना | उनको कुनै भौतिक इच्छा छैन; उनी केवल कृष्ण वा परमसत्यमा रुची राख्छन् | यी गुरुका लक्षण हुन् | त्यसैले बुझ्नको लागि..... जस्तै कृष्णले अर्जुनलाई सिकाउँदै हुनुहुन्छ | योभन्दा अघि, अर्जुनले आफुलाई शरानगर गराए | शिष्यस् ते ऽहं शाधि मां प्रपन्नम् (भ गी २|७) | उनीहरु मित्र थिए, कृष्ण र अर्जुन मित्र थिए...... सर्वप्रथम उनीहरु मित्र जसरी बोल्दै थिए र अर्जुन कृष्णसँग तर्क गर्दै थिए | यो तर्कको कुनै मूल्य छैन किनकि यदि म अपूर्ण छु, मेरो तर्कको के अर्थ ? मैले जे तर्क गर्नेछु, त्यो पनि अपूर्ण हुन्छ | त्यसैले अपूर्ण तर्कद्वारा समय नाश गरेको के काम ? यो विधि होइन | विधि यो हो कि हामी पूर्ण मानिस समक्ष जानुपर्छ र उहाँको उपदेश यथारूपमा लिनुपर्छ | तब हाम्रो ज्ञान पूर्ण हुन्छ | कुनै तर्क बिना | हामीले वैदिक ज्ञान त्यसरी स्वीकार्छौं | उदाहरणको लागि, जस्तै पशुको विष्टा | वैदिक साहित्यमा वर्णित छ कि यो अशुद्ध हुन्छ | यदि तपाईले विष्टा छुनुहुन्छ..... वैदिक विधि अनुसार, मैले आफ्नो विष्टा फालेपछि पनि, मैले स्नान गर्नुपर्छ | र अरुको विष्टाको के कुरा गर्नु | त्यो चलन छ | विष्टा अशुद्ध हुन्छ | कोहि पनि विष्टा छोएपछि, उसले स्नान गर्नुपर्छ | यो वैदिक उपदेश छ | तर अर्को स्थानमा भनिएको छ कि गाईको विष्टा शुद्ध हुन्छ, र यदि गोबर कुनै अशुध्ह स्थानमा प्रयोग गरिन्छ, यो शुद्ध हुन्छ | अब, तपाईको तर्कबाट, तपाईले भन्न सक्नुहुन्छ कि "पशुको विष्टा अशुद्ध हुन्छ | किन एउटा स्थानमा शुद्ध र अर्को स्थानमा अशुद्ध भनिएको छ ? यो विरोधाभाष हो | तर यो विरोधाभाष होइन | तपाईले व्यवहारिक रुपमा अनुसन्धान गर्नुहोस् | तपाई गोबर लिनुहोस् र जहाँ पनि प्रयोग गर्नुहोस्, तपाईले पाउनुहुनेछ कि यो शुद्ध हुन्छ | तत्काल शुद्धिकरण | यो छ वैदिक उपदेश | यो पूर्ण ज्ञान हुन् | तर्क गरेर र झुठो मान अघि सरेर समय नाश गर्नुभन्दा, यदि तपाई केवल पूर्ण ज्ञान स्वीकार्नुहुन्छ, जसरी यिनीहरु वैदिक साहित्यमा वर्णित छ, तब हामीले पूर्ण ज्ञान प्राप्त गर्छौं, र हाम्रो जीवन सफल हुन्छ | शरीरमा आत्मा कहाँ छ भनेर अनुसन्धान गर्नु भन्दा...... आत्मा छ, तर यो यति सानो छ कि तपाईका कम्जोर आँखाले देख्न सम्भव छैन | कुनै माइक्रोस्कोप वा कुनै यन्त्र, किनकि भनिएको छ कि यो कपालको टुप्पोको दश हजार भागको एक भाग छ | त्यसैले कुनै यन्त्र छैन | तपाई देख्न सक्नुहुन्न | तर यो छ | अन्यथा, मृत शरीर र जीवित शिर बीच हामीले कसरी भेद पाउन सक्छौं ?