NE/Prabhupada 0631 - म शाश्वत छु, शरीर शाश्वत छैन, यो तथ्य हो



Lecture on BG 2.28 -- London, August 30, 1973


यो सम्बन्धमा एउटा तर्क यो छ कि रातमा जब म सपना देख्छु, म यो शरीरलाई बिर्सन्छु | यो शरीर, सपनामा, मैले देख्छु कि म विभिन्न स्थानमा गएको छु, विभिन्न मानिससँग बोल्दै, र मेरो स्थिति भिन्न हुन्छ | तर त्यो समयमा म स्मरण गर्दिनँ कि वास्तवमा मेरो शरीर म आएको घरको ओच्छ्यानमा छ | तर हामी यो शरीर स्मरण गर्दैनौं | यो सबैको अनुभव हो | त्यसैगरी, जब अटपी फेरी आउनुहुन्छ, बिहान ओच्छ्यानबाट उठेपछी जागरुक अवस्थामा, मैले मेरा सपनामा सिर्जना गरेका सब शरीरहरु बिर्सन्छु | कुन ठिक हो ? यो ठिक हो ? यो शरीर ठिक हो वा त्यो शरीर ठिक हो ? किनकि रातमा म यो शरीर बिर्सन्छु र दिनमा म अर्को सपनाको शरीर बिर्सन्छु | त्यसैले दुवै ठिक होइनन् | यो केवल भ्रम हो | तर म ठिक छु किनकि म रातमा देख्छु, म दिनमा देख्छु | त्यसैले म शाश्वत छु, शरीर शाश्वत छैन | यो तथ्य हो | अन्तवन्त इमे देहा नित्यस्योक्ताः शरीरिणः (भ गी २|१८) | शारीरिन:, शरीरको मालिक, शाश्वत छ, तर शरीर होइन | विभिन्न तरिकाले, कृष्णले यो जीवनको भौतिक स्थिति बारे व्याख्या गर्दै हुनुहुन्छ | तर जो धेरै बुद्धिमान हुँदैनन्, ज्ञानको कमीले गर्दा, यो उनीहरुको लागि बुझ्न धेरै कठिन छ | अन्यथा, कुराहरु धेरै स्पष्ट छन् | यो तर्क धेरै स्पष्ट छ | रातमा म यो शरीर बिर्सन्छु, र दिनमा म रातको शरीर बिर्सन्छु | यो तथ्य हो | त्यसैगरी, म मेरो पहिलेको उपस्थितिको शरीर बिर्सन सक्छु, पहिलेको जन्म, वा मैले मेरो भविष्यको शरीर थाहा नपाउन सक्छु | तर म रहन्छु, र शरीर परिवर्तन हुन सक्छ, तर मैले अर्को शरीर स्विकार्नुपर्नेछ जुन अस्थायी हुन्छ | तर म, जसरी म रहन्छु, यो भनेको मसँग एउटा शरीर छ | त्यो हो अध्यात्मिक शरीर | त्यसैले अध्यात्मिक शरीर रहन्छ र अध्यात्मिक विकास भनेको सर्वप्रथम मेरो अध्यात्मिक परिचय जान्नु | जस्तै सनातन गोस्वामी आफ्नो मन्त्रिपदबाट अवकाशप्राप्त भएपछि श्री चैतन्य महाप्रभुकहाँ जानुभयो | उहाँले सर्वप्रथम भन्नुभयो कि के आमि, केने आमाय जारे ताप​-त्रय​ | "वास्तवमा, मलाई थाहा छैन म के हुँ, र म किन जीवनका पीडादायी परिस्थितिको अधिनमा छु |" तसर्थ जीवनको पीडादायी परिस्थिति यो शरीर हो | किनकि मैले पाउँछु...... सपनामा पनि | जब म अर्को शरीर प्राप्त गर्छु, कहिलेकाही हामीले पाउँछौँ कि धेरै अग्लो बाँस वा अग्लो हिमालको टुप्पोमा म अहिले, म तल झर्दैछु | र म भयभीत छु, म कहिले रुन्छु,"अहिले म तल झर्दैछु |" त्यसैले यो शरीर, यो भौतिक शरीर, जुन शरीरमा म छु, जुन म हुँ....... वास्तवमा, म यी कुनै शरीरहरुसँग सम्बन्धित छैन | मसँग भिन्न अध्यात्मिक शरीर छ | त्यसैले यो मानव जीवन त्यस अनुभूतिको लागि हो, कि "म यो भौतिक शरीर होइन, मसँग एक अध्यात्मिक शरीर छ |" तव अर्को प्रश्न हुनेछ,"तब मेरो के कार्य हो ?" वर्तमान शरीरमा केहि भौतिक स्थिति अन्तर्गत म सोच्दैछु, "यो मेरो शरीर हो," र शरीर यो देश वा यो परिवारको विशेष परिस्थिति अन्तर्गत उत्पादित हो; तसर्थ,"यो मेरो परिवार हो, यो मेरो देश हो, यो मेरो राष्ट्र हो |" सबै कुरा जीवनको शारीरिक धारणामा छ | र यदि म यो शरीर होइन, तब यो शरीरसँगको सम्बन्धमा, कि मेरो परिवार वा मेरो राष्ट्र वा मेरो समाज, वा मेरो अरु सम्बन्ध, तिनीहरु पनि झुठो हुन् किनकि यो शरीर झुठो हो |