NE/Prabhupada 0636 - जो विद्वान छन्, उनीहरुले कुनै भेद गर्दैनन्, कि उसको आत्मा छैन



Lecture on BG 2.30 -- London, August 31, 1973


तसर्थ, यो शरीर, यो भौतिक भए तापनि, उही श्रोतबाट आउँदैछ, तब पनि यो निच छ | त्यसैले जब देही, वा आत्मा, यो प्रकृतिले भौतिक प्रकृतिभन्दा वरिष्ठ भए तापनि, तर पनि, किनकि ऊ भौतिक प्रकृतिमा बद्ध छ, ऊ कृष्णलाई बिर्सन्छ | यो विधि हो | तर जसरी यहाँ भनिएको छ, कि देहे सर्वस्य, सर्वस्य देहे, उही आत्मा त्यहाँ छ | तसर्थ, जो धुर्त छैनन्, जो बुद्धिमान छन् र पूर्ण ज्ञानमा छन्, उनीहरुले मानव वा पशुमा कुनै अन्तर पाउँदैनन् | पण्डिताः सम​-दर्शिनः | किनकि ऊ पण्डित हो, ऊ विद्वान छ, उसलाई थाहा छ कि आत्मा त्यहाँ छ | विद्या-विनय​-सम्पन्ने ब्राह्मणे (भ गी ५|१८) | प्रथम श्रेणीका विद्वान ब्राह्मणभित्र आत्मा छ, उनी गुणको आत्मा छ | विद्या-विनय​-सम्पन्ने ब्राह्मणे गवि, गाईमा, हस्तिनि, हात्तीमा, शुनि - शुनि भनेको कुकुर - चण्डाल, मानवमा सबभन्दा निच, सबतिर आत्मा छ | यो होइन कि केवल मानवमा आत्मा छ, वा उच्च देवताहरुमा आत्मा छ, र निर्बल पशुको आत्मा हुँदैन | होइन | सबजनाको छ..... देहे सर्वस्य भारत | त्यसैले हामीले कसलाई स्वीकार्ने ? कृष्णको बयान वा कोहि धुर्त दार्शनिक वा कोहि तथाकथित धर्मवादी ? हामीले कसलाई स्वीकार्ने ? हामीले कृष्णलाई स्विकार्नुपर्नेछ, परम अधिकारी, परम व्यक्ति | उहाँले सर्वस्य भन्नुहुन्छ | शेरे स्थानमा, कृष्णले भन्नुहुन्छ | तसर्थ, जो विद्वान छन्, उनीहरुले कुनै भेद गर्दैनन्, कि उसको आत्मा छैन | सबजनाको आत्मा छ | तस्मात् सर्वाणि भूतानि | फेरी उहाँ भन्नुहुन्छ, सर्वाणि भूतानि । न त्वं शोचितुम् अर्हसि । यो तपाईको कर्तव्य हो | कृष्ण केवल यो कुरामा जोड दिंदै हुनुहुन्छ कि आत्मा शाश्वत छ, यसलाई मार्न सकिन्न | धेरै प्रकारले | आत्मा नश्वर छ | "त्यसैले अब लडाई गर्ने तिम्रो कर्तव्य हो | शरीर मर्न सक्छ, शरीर नाश हुन सक्छ | तर न हन्यते हन्यमाने शरीरे (भ गी २|२०) | तर शरीरको नाश भएपछी पनि, आत्मा रहन्छ | उसले अर्को शरीर प्राप्त गर्छ, त्यति हो | "देह, तथा देहान्तर​-प्राप्तिः (भ गी २|१३) | देहान्तर प्राप्ति: | तपाईले अर्को शरीर प्राप्त गर्नुपर्छ | र यो अर्को श्लोकमा व्याख्या गरिनेछ | युद्धमा संग्लग्न भएका क्षत्रियहरु, धार्मिक युद्ध........ युद्ध धार्मिक युद्ध हुनुपर्छ | कारण ठिक हुनुपर्छ | तब युद्ध थि हुन्छ | त्यसैले धार्मिक युद्धमा क्षत्रियले मार्नु, उनी जिम्मेवार हुँदैनन्, उनी पापी हुँदैनन् | त्यो भनिएको छ | जस्तै ब्राह्मण | उनी केहि पशुलाइ यज्ञमा हाल्छन् | त्यसको मतलब उनी मार्दैछन् भन्ने होइन | त्यसैगरी, क्षत्रिय, जब उनी मार्नमा संग्लग्न हुन्छन्, उनी पापी हुँदैनन् | यो अर्को श्लोक मा व्याख्या हुनेछ | "त्यसैले यो तिम्रो कर्तव्य हो |" "चिन्ता नगर कि तिनी आफ्ना नातेदार वा आफ्ना हजुरबुवालाई मार्दैछौ | मबाट आश्वासन लिऊ कि देही अवध्य, तिमीले मार्न सक्दैनौ, ऊ शाश्वत हुन्छ |" अब, देहे सर्वस्य भारत, यो महत्वपूर्ण कुरा तपाईले विचार गर्नुपर्छ, कि हरेक जीव, शरीर आत्माको मंचमा हुर्किएको छ | शरीर धेरै विशाल वा धेरै सानो हुन सक्छ, यसको मतलब हुँदैन | तर....... तसर्थ पद्धार्थ उत्पादित हुन्छ वा आत्माको मंचमा हुर्कन्छ | यो होइन कि आत्मा अस्तित्वमा आउँछ, वा जीवनशक्ति पद्धार्थको समिश्रणबाट अस्तित्वमा आउँछ | यो वैज्ञानिक तर्क हो | पद्धार्थ आत्मामा आश्रित छ | तसर्थ, यसलाई निच भनिन्छ | ययेदं धार्यते जगत् | धार्यते, यसको लिन्छ | आत्मा त्यहाँ छ; तसर्थ, विशाल ब्रह्माण्ड आत्मामा आश्रित छ | कि परमात्मा कृष्ण वा सानो आत्मा | दुई प्रकारका आत्मा छन् | आत्मा र परमात्मा | ईश्वर र परमेश्वर |