NE/Prabhupada 0645 - जसले कृष्णलाई बुझेको छ, ऊ सधै वृन्दावनमा बसिरहेको हुन्छ



Lecture on BG 6.1 -- Los Angeles, February 13, 1969


प्रभुपाद: तिम्रो प्रश्न के हो?

भक्त: के क्षिरोदकशायी सबै निर्जीव वस्तुमा हुनुहुन्छ, निर्जीव वस्तु जस्तै ढुंगा?

प्रभुपाद: हँ ?

भक्त: के क्षिरोदकशायी विष्णु निर्जीव वस्तु, पदार्थमा हुनुहुन्छ?

प्रभुपाद: हुनुहुन्छ, हुनुहुन्छ, अणुमा पनि |

भक्त: उहाँको चतुर्भुज रुपमा...?

प्रभुपाद: हो |

भक्त: उहाँको के....?

प्रभुपाद: जहाँ पनि उहाँ बस्नुहुन्छ, उहाँ आफ्नै साजका साथ बस्नुहुन्छ | अणोर अणियान महतो महियान उहाँ सबभन्दा ठुलोभन्दा पनि ठुलो हुनुहुन्छ र सबभन्दा सानो भन्दा पनि सानो हुनुहुन्छ | ती हुनुहुन्छ विष्णु | अंडांतर-स्थ-परमाणु-चयानंतर-स्थम ( ब्र स ५।३५) । परमाणु भनेको अणु | तपाईले अणु पनि देख्न सक्नुहुन्न, कति सानो हुन्छ | उहाँ अणुभित्र हुनुहुन्छ | उहाँ सर्वत्र हुनुहुन्छ |

तमल कृष्ण: प्रभुपाद, हजुरले हामीलाई भन्नुभएको थियो कि जहाँ कृष्ण हुनुहुन्छ, त्यहाँ वृन्दावन हो | मैले के विचार गरिरहेको थिएँ कि, यदि कृष्ण हाम्रो हृदयमा हुनुहुन्छ भने के त्यसको मतलब हाम्रो हृदय भित्र.....

प्रभुपाद: हो | जसले बुझेको छ, ऊ जहाँ पनि वृन्दावनमा बसिरहेको हुन्छ | एक आत्मसाक्षात्कार गरेको जीव सधै वृन्दावनमा बस्छ | चैतन्य महाप्रभुले भन्नुभएको छ | जसले कृष्णलाई बुझेको छ, तब ऊ जहिले पनि वृन्दावनमा बसिरहेको हुन्छ | ऊ कहिँ पनि... जस्तै कृष्ण अथवा विष्णु सबैको हृदयमा बसिरहनुभएको छ, तर उहाँ कुकुरको हृदयमा पनि बसिरहनुभएको छ | के यसको मतलब उहाँ कुकुरजस्तो हुनुहुन्छ भन्ने हो? उहाँ वैकुण्ठमा बसिरहनुभएको छ | उहाँ कुकुरको हृदयमा बसिरहनुभएको तापनि उहाँ वैकुण्ठमा बसिरहनुभएको छ | त्यसैगरी एक भक्त कुनै एउटा ठाउँमा बसिरहेको जस्तो देखिन सक्छ जुन वृन्दावन भन्दा टाढा छ तर ऊ वृन्दावनमा बसिरहेको छ | त्यो तथ्य हो | हो | (अन्त्य)