NE/Prabhupada 0646 - योग विधि भनेको यो होइन कि तपैले सबै नचाहिने कार्य गर्न सक्नुहुन्छ



Lecture on BG 6.2-5 -- Los Angeles, February 14, 1969


प्रभुपाद: को पढ्दैछ ?

भक्त: श्लोक संख्या दुई | "जसलाई सन्यास भनिन्छ, यो योग सरह हुन्छ वा यो नै आफुलाई परमब्रह्मसँग संयुक्त गर्नु हो, कोहि पनि इन्द्रियतृप्तिको इच्छा नत्यागी योगी बन्न सक्दैन (भ गी ६|२) |"

प्रभुपाद: यहाँ योग-अभ्यासको मुख्य कुरा छ | योग भनेको जोडिनु | अहिले हाम्रो बद्ध अवस्थामा, हामी परमब्रह्मको अंश भए तापनि हामी छुट्टिएका छौं | उही उदाहरण | यो औंला शरीरको अंश हो, तर यदि यो छुट्टिन्छ, काटिएको, यसको कुनै मूल्य हुँदैन | तर जबसम्म यो शरीरसँग जोडिएको हुन्छ, यसको मूल्य लाखौं डलर वा त्यो भन्दा बढी हुन्छ | यदि कुनै रोग हुन्छ तपाईले सन्चो पार्न कुनै पनि रकम खर्च गर्न सक्नुहुन्छ | त्यसैगरी हामी, वर्तमान समयमा, भौतिक अस्तित्वको बद्ध अवस्थामा, हामी भगवानबाट छुट्टिएका छौं | तसर्थ हामी भगवानको बारेमा बोल्न यति अनिच्छुक छौं, भगवानको बारेमा बुझ्न, भगवानसँगको हाम्रो सम्बन्ध | हामी सोच्छौं कि यो केवल समयको नाश हो | यो भेलामा, सबैलाई थाहा छ, यो मन्दिर, कृष्ण भावनाभवित मन्दिर, भगवानको बारेमा बोल्दैछ | व अकुनै चर्च | मानिसहरु त्यति इच्छुक छैनन् | तिनीहरु सोच्छन्, यो एक प्रकारको मनोरन्जन हो, अध्यात्मिक विकासको नाममा, अन्यथा यो केवल समयको नाश हो | यो समय केहि पैसा कमाउन उपयोग गर्दा राम्रो हुन्छ | वा एउटा क्लब वा रेस्टुरेन्टमा आनन्द लिंदा, इन्द्रियतृप्ति | त्यसैले भगवानबाट अपकर्षण भनेको इन्द्रियतृप्ति | जो इन्द्रियतृप्तिप्रति धेरै आसक्त छन्, तिनीहरु योग विधिको लागि योग्य छैनन् | योग विधि यो होइन कि तपाई इन्द्रियतृप्तिमा सबै नचाहिने कुराहरु गर्दै जानुहोस् र बसेर ध्यान गर | यो केवल ठुलो धोका हो | यसको कुनै अर्थ छैन | योग विधि सर्वप्रथम इन्द्रिय नियन्त्रण गर्नु हो, यम, नियम | योग अभ्यासका आठ फरक अवस्था छन् | यम, नियम, आसन, ध्यान, धारण, प्राणायाम, प्रत्याहार, समाधि | त्यसैले सर्वप्रथम हामी यो अध्यायमा बोल्नेछौँ, भगवान कृष्णले तपाईलाई सिकाउनुहुनेछ योग विधि के हो | तसर्थ सुरुवातमा कृष्णले भन्नुहुन्छ कि कोहि पनि योगी बन्न सक्दैन, जबसम्म उसले इन्द्रियतृप्तिको इच्छा त्याग्दैन | त्यसैले जो इन्द्रियतृप्तिमा संग्लग्न छ, ऊ बेकार हो | ऊ योगी होइन | ऊ योगी बन्न सक्दैन | उओग विधि कडा रुपमा ब्रह्मचर्यहो, यौन जीवन हुँदैन | त्यो हो योग विधि | कोहि पनि योगी बन्न सक्दैन यदि ऊ यौन जीवनमा संग्लग्न हुन्छ | तथाकथित योगीहरू तपाईको देशमा आउँछन् र भन्छन्, "हो, जे तिमीलाई मन लाग्छ तिमी गर्न सक्छौ | तिमी ध्यान गर, म तिमीलाई केहि मन्त्र दिन्छु |" यी सब बेकार हुन् | यहाँ आधिकारिक बयान छ कि कोहि योगी बन्न सक्दैन जबसम्म उसले इन्द्रियतृप्तिको इच्छा त्याग्दैन | यो पहिलो सर्ट हो | अघि बढ |

भक्त: श्लोक संख्या तीन "अष्टाङ्ग योगका नयाँ साधकहरुका लागि कर्म नै साधन हो | र योगसिद्ध पुरुषको लागि समस्त भौतिक कार्यकलापहरुको परित्याग नै त्यो साधन हो (भ गी ६|३) |"

प्रभुपाद: हो | दुई अवस्था छन् | जो पूर्णताको स्तरमा पुग्न योग अभ्यास गर्दैछन्, र जसले पूर्णताको स्तर प्राप्त गरेका छन् | त्यसैले जबसम्म कोही पूर्णताको स्तरमा छैन, केवल गर्ने प्रयास गर्दै, त्यस समयमा धेरै कार्यहरु हुन्छन् | त्यो आसन चिधि, यम, नियम | साधारणतया तपाईको देशमा धेरै योग समाजहरु छन् | तिनीहरु यो आसन विधि देखाउँछन् | कसरी बस्ने, विभिन्न मुद्रा | त्यसले मदत गर्छ | तर त्यो विधि केवल वास्तविक स्तरमा पुग्नको लागि हो | ती केवल साधन हुन् | वास्तविक योग विधिको पूर्णता ती शारीरिक व्यायामको विधि भन्दा भिन्न छ | दुई अवस्था छन् | एउटा स्तर भनेको पूर्णताको स्तरमा पुग्ने प्रयास गर्नु, र अर्को अवस्था भनको जो पूर्णताको स्तरमा पुगेको छ |