NE/Prabhupada 0655 - धर्मको प्रयोजन भगवानलाई बुझ्नु र उहाँलाई प्रेम गर्न सिक्नु हो



Lecture on BG 6.6-12 -- Los Angeles, February 15, 1969


भक्त:"यस भगवद गीता कृष्ण भावनाको विज्ञान हो | कोहि पनि केवल सांसारिक विद्वताले कृष्ण भावनाभवित हुँदैन |"

प्रभुपाद: हो | तपाईसँग केहि उपाधि छ भन्दैमा: एम.ए., पीएचडी, डीएसि, तपाईले भगवद गीता बुझ्नुहुन्छ, यो सम्भव छैन | यो दिव्य विज्ञान हो | यसलाई बुझ्न भिन्न इन्द्रिय चाहिन्छ | र त्यो इन्द्रिय तपाईले सिर्जना गर्नुपर्छ, तपाईले सेवा गरेर शुद्ध पार्नुपर्छ | अन्यथा, ठुला विद्वान पनि, जस्तै धेरै डाक्टर र पीएचडीहरु, तिनीहरु गल्ति गर्छन् कि कृष्ण के हुनुहुन्छ | तिनीहरु बुझ्न सक्दैनन् | यो सम्भव छैन | तसर्थ कृष्ण यथारुप आउनुहुन्छ | अजो ऽपि सन्न् अव्ययात्मा (भ गी ४|६) | उहाँ अजन्मा हुनुभए पनि, हामीले भगवान कस्तो हुनुहुन्छ भने थाहा पाउनको लागि उहाँ आउनुहुन्छ, तपाईले देख्नुहुन्छ ? अघि बढ |

भक्त: "शुद्ध चेतनामा अवस्थित व्यक्तिसँग सङ्ग गर्न एउटा मानिस भाग्यमानी हुनुपर्छ | एउटा कृष्ण भावनाभवित व्यक्तिसँग कृष्णको कृपाले अनुभूति गरेको ज्ञान हुन्छ |"

प्रभुपाद: हो, कृष्णको कृपाले | कुनै शैक्षिक योग्यताले होइन | तपाई.... हामीले कृष्णको कृपा प्राप्त गर्नुपर्छ, तब हामीले कृष्णलाई बुझ्न सक्नेछौं | तब हामीले कृष्णलाई देख्न सक्नेछौं | तब हामी कृष्णसँग बोल्न सक्नेछौं, तब हामी सब गर्न सक्नेछौं | उहाँ व्यक्ति हुनुहुन्छ | उहना परम व्यक्ति हुनुहुन्छ | त्यो वैदिक उपदेश हो | नित्यो नित्यानां चेतनश् चेतनानाम् (कठ उपनिषद् २|२|१३) | उहाँ परम पुरुष वा परम शाश्वत हुनुहुन्छ | हामी सब शाश्वत हौँ | हाम्रो..... अहिले हामी यो शरीरभित्र बद्ध छौं | हामी जन्म र मृत्यु भोग्दैछौं | तर वास्तवमा हाम्रो जान र मृत्यु हुँदैन | हामी शश्वत आत्मा हौँ | र मेरो कार्य अनुसार, मेरो इच्छा अनुसार, म एक प्रकारको शरीरबाट अर्को शरीर, अर्को शरीर, अर्को शरीरमा सर्दैछु | यो चल्दै छ | वास्तवमा मेरो जन्म र मृत्यु हुँदैन | यो भगवद गीतामा व्याख्या गरिएको छ, दोस्रो अध्यायमा तपाईले पढ्नुभयो: न जायते न म्रियते वा | जीवको कहिल्यै जन्म वा मृत्यु हुँदैन | त्यसैगरी, भगवान पनि शाश्वत हुनुहुन्छ, तपाई पनि शाश्वत हुनुहुन्छ | जब तपाई शाश्वत, पूर्ण शाश्वतसँग आफ्नो सम्बन्ध स्थापित गर्नुहुन्छ..... नित्यो नित्यानां चेतनश् चेतनानाम् | उहाँ जीवहरु मध्ये परम जीव हुनुहुन्छ | उहाँ शाश्वतहरुमध्ये परम शाश्वत हुनुहुन्छ | त्यसैले, कृष्ण भावनाबाट, इन्द्रिय शुद्ध गरेर, यो ज्ञान आउनेछ र तपाईले भगवानलाई देख्नुहुनेछ | अघि बढ |

भक्त: एउटा कृष्ण भावनाभवित व्यक्तिसँग अनुभूति गरेको र्यान हुन्छ, कृष्णको कृपाले, किनकि ऊ शुद्ध भक्तिमय सेवाद्वारा सन्तुष्ट हुन्छ | अनुभूति गरेको ज्ञानद्वारा, एक मानिस पूर्ण हुन्छ | त्यस्तो पूर्ण ज्ञानद्वारा एक मानिस आफ्नो धारणामा स्थिर रहन सक्छ, तर शैक्षिक ज्ञानद्वारा एक मानिस बाहिरी विरोधाभाषद्वारा सजिलै मोहित र भ्रमित हुन्छ | एक आत्मा-अनुभूति गरेको आत्मा आत्म संयमि हुनसक्छ किनकि ऊ कृष्णप्रति शरणागत हुन्छ | ऊ दिव्य हुन्छ किनकि उसलाई संसारिक विद्वतासँग कुनै सरोकार हुँदैन |

प्रभुपाद: हो | कोहि अशिक्षित भए पनि | कसैलाई ए.बि.सि.डी थाहा नभए पनि, उसले भगवानलाई अनुभव गर्न सक्छ, जब उसले आफुलाई दिव्य विनम्र प्रेममय सेवामा संग्लग्न गराउँछ | र कोहि धेरै विद्वान हुन सक्छ, तर उसले भगवान अनुभव गर्न सक्दैन | भगवान भौतिक परिस्थितिको अधिनमा हुनुहुन्न | उहाँ परमात्मा हुनुहुन्छ | त्यसैगरी, भगवानको अनुभूत गर्ने प्रक्रिया पनि कुनै भौतिक परिस्थितिको अधिनमा छैन | यो होइन कि तपाई गरिब मानिस भएकाले तपाई भगवानलाई अनुभव गर्न सक्नुहुन्न | वा तपाई धेरै धनि मानिस भएकाले तपाईले भगवान अनुभव गर्नुहुन्छ | होइन | किनकि तपाई अशिक्षित हुनुहुन्छ, तसर्थ तपाईले भगवान अनुभव गर्न सक्नुहुन्न, होइन, यो त्यस्तो होइन | किनकि तपाई धेरै शिक्षित हुनुहुन्छ, तसर्थ तपाईले भगवान अनुभव गर्न सक्नुहुन्छ | होइन, यो त्यस्तो होइन | उहाँ सर्तरहित हुनुहुन्छ | अप्रतिहता | स वै पुंसां परो धर्मः | भागवतमा भनिएको छ कि यो प्रथम श्रेणीको धार्मिक सिद्धान्त हो | भागवतमा भनिएको छैन कि यो हिन्दु प्रथम श्रेणीको हो, वा इशाई धर्म प्रथम श्रेणीको हो, वा मुहम्मद धर्म प्रथम श्रेणीको हो, वा अरु कुनै धर्म | हामीले यति धेरै धर्म सिर्जना गरेका छौं | तर भागवतमा भनिएको छ कि यो धार्मिक सिद्धान्त प्रथम श्रेणीको हो | कुन ? स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे (श्री भा १।२।६) | त्यो धर्म जसले तपाईलाई आफ्नो भक्तिमय सेवा र भागवत प्रेममा प्रगति गर्न मदत गर्छ | त्यति हो | त्यो प्रथम श्रेणीको धर्मको व्याख्या हो | हामी विश्लेषण गर्दैनौं कि यो धर्म प्रथम श्रेणीको हो, त्यो धर्म अन्तिम-श्रेणीको हो | अवश्य पनि, मैले तपाईलाई भनें कि भौतिक संसारमा तीन गुणहरु छन् | त्यसैले गुण अनुसार, धार्मिक अवधारणा पनि सिर्जना गरिन्छ | तर धर्मको प्रयोजन भगवानलाई बुझ्नु हो | र भगवानलाई कसरी प्रेम गर्ने सिक्नु हो | त्यो प्रयोजन हो | कुनै धार्मिक विधि | यदि तपाईलाई यसले सिकाउँछ कि भगवानलाई कसरी प्रेम गर्ने, तब यो प्रथम श्रेणीको हो | अन्यथा यो बेकार हुन्छ | तपाईले आफ्ना धार्मिक सिद्धान्त धेरी कडा गरि र धेरै राम्ररी पालन गर्नु होला, तर तपाईको भागवत प्रेम शुन्य छ | तपाईको पद्धार्थ प्रतिको प्रेम बढ्दैछ, त्यो धर्म होइन | भागवत अनुसार: स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|६) | अप्रतिहता | अहैतुक्य् अप्रतिहता | त्यो धार्मिक विधिको कुनै कारण छैन | र कुनै अवरोध बिना | यदि तपाई त्यस प्रकारको धार्मिक सिद्धान्त पुग्नुहुन्छ, तब तपाईले पाउँछौं कि तपाई हरेक तर्फबाट खुसी हुनुहुन्छ | अन्यथा कुनै सम्भावना छैन | स वै पुंसां परो धर्मो यतो भक्तिर् अधोक्षजे (श्री भा १|२|६) | अधोक्षजे | भगवानको अर्को नाम अधोक्षज हो | अधोक्षज भनेको जसले भगवानलाई देख्ने सबै भौतिक प्रयास जित्नुहुन्छ | अधोक्षज | अक्षज भनेको अनुसन्धान गरिएको ज्ञान | तपाईले भगवानलाई अनुसन्धान गरिएको ज्ञानद्वारा बुझ्न सक्नुहुन्न, होइन | तपाईले भिन्न तरिकाले सिक्नुपर्छ | त्यसको मतलब विनम्र श्रवन विधि र दिव्य प्रेममय सेवा गरेर | तब तपाईले भगवानलाई बुझ्न सक्नुहुन्छ | त्यसैले जुन धार्मिक सिद्धान्तले तपाईलाई सिकाउँछ र मदत गर्छ, कुनै कारण बिनाको भागवत प्रेम विकास गर्न...... "म भगवानलाई प्रेम गर्छु किनकि उहाँले मलाई इन्द्रियतृप्तिको लागि धेरै राम्रो कुराहरु प्रदान गर्नुहुन्छ |" त्यो प्रेम होइन | अहैतुकि | बिना कुनै...... भगवान महान हुनुहुन्छ | भगवान मेरा पिता हुनुहुन्छ | उहाँलाई प्रेम गर्नु मेरो कर्तव्य हो | त्यति हो | कुनै सम्झौता हुँदैन | "ओहो, भगवानले मलाई दैनिक रोटि दिनुहुन्छ, तसर्थ म भगवानलाई प्रेम गर्छु |" होइन | भगवानले दैनिक रोटि पशु, बिरालो र कुकुरलाई पनि दिनुहुन्छ | भगवान सबैको पिता हुनुहुन्छ | उहना सबैलाई भोजन प्रदान गर्नुहुन्छ | त्यसैले त्यो प्रेम होइन | प्रेम बिना कारण हुन्छ | भगवानले मलाई दैनिक रोटि प्रदान नगर्नु भए पनि, म भगवानलाई प्रेम गर्नेछु | त्यो प्रेम हो | चैतन्य महाप्रभुले भन्नुहुन्छ कि: आश्लिष्य वा पाद​ऋअतां पिनष्टु माम् (चै च अन्त्य २०४७) | "हजुर मलाई अंगाल्नुहोस् वा आफ्नो खुट्टाले कुल्चिनुहोस् | वा हजुर मेरो समक्ष कहिल्यै नआउनुहोस् | म हजुरलाई नदेखी दु:खी हुन्छु | तब पनि म हजुरलाई प्रेम गर्छु |" त्यो शुद्ध भागवत प्रेम हो | जब हामी भगवानलाई प्रेम गर्ने त्यस स्तरमा आउँछौं, तब हामीले पाउनेछौं, आनन्दमय | जसरी भगवान आनन्दमय हुनुहुन्छ, तपाई पनि आनन्दमय हुनुहुन्छ | त्यो पूर्णता हो | अघि बढ |