NE/Prabhupada 0657 - मन्दिर यस युगको एकमात्र एकान्त स्थान हो



Lecture on BG 6.6-12 -- Los Angeles, February 15, 1969


भक्त: "योग अभ्यास गर्न, एक मानिस एकान्त स्थानमा जानुपर्छ.... (भ गी ६|११) |"

प्रभुपाद: यो सुझाव छ, कसरी योग अभ्यास गर्ने | तपाईको देशमा, योग अभ्यास धेरै प्रचलित छ | धेरै तथाकथित योग-समाजहरु छन् | तर यहाँ भगवानद्वारा सुझाव दिइएको छ, कसरी योग अभ्यास गर्ने | अघि बढ |

तमाल कृष्ण: "एक मानिस एकान्त स्थानमा जानुपर्छ र कुशको घाँस जमिनमा राख्नुपर्छ, र त्यसलाई मृगचरम र नरम कपडाले ढाक्नुपर्छ | त्यस आसन धेरै ठुलो हुनुहुन्न र धेरै तल पनि हुनुहुन्न र पवित्र स्थानमा अवस्थित हुनुपर्छ | ती योगीले त्यसमा दृढतापुर्वक बस्नुपर्छ र मन र इन्द्रिय नियन्त्रण गरेर योगको अभ्यास गर्नुपर्छ, हृदयलाई शुद्ध गरेर र मनलाई एउटा विन्दुमा एकाग्र गरेर |"

प्रभुपाद: पहिलो सुझाव भनेको कसरी बस्ने र कहाँ बस्ने | बस्ने आसन | तपाईले एउटा स्थान छान्नुपर्छ जहाँ तपाई बस्नुहुनेछ र योगको अभ्यास गर्छ | त्यो पहिलो सुझाव हो | अघि बढ |

तमाल कृष्ण: "तात्पर्य: पवित्र स्थल भनेको तिर्थस्थल | भारतमा, योगीहरु, अध्यात्मवादी वा भक्तहरु सबै घर छाड्छन्, र पवित्र स्थानमा बस्नुपर्छ जस्तै प्रयाग, मथुरा, वृन्गावन, हृषिकेश, हर्द्वर, र त्यहाँ योग अभ्यास गर्ने |"

प्रभुपाद: अब, मानौं तपाईले एउटा पवित्र स्थान भेटाउनुहुन्छ | यस युगमा, कति मानिसहरु पवित्र स्थान भेटाउन तयास छन् ? आफ्नो जीविकोपार्जनको लागि ऊ व्यस्त शहरमा बस्नुपर्छ | पवित्र स्थानको प्रश्न कहाँ छ ? यदि तपाईले एउटा पवित्र स्थान पाउनुहुन्न, तब तपाईले कसरी योग अभ्यास गर्नुहुन्छ ? त्यो पहिलो सुझाव हो | तसर्थ, यो भक्ति-योग विधि, पवित्र स्थान यस मन्दिर हो | तपाई यहाँ बस्नुहोस्, यो निर्गुण छ, यो दिव्य छ | वैदिक उपदेश यो छ कि शहर रजो गुणको स्थान हो | र जङ्गल सतो गुणको स्थान हो | र मन्दिर दिव्य हो | यदि तपाई शहरमा बस्नुहुन्छ, त्यो रजो गुणको स्थान हो | र यदि तपाई रजो गुणको स्थानमा बस्न चाहनुहुँदैन, तपाई जङ्गलमा जानुहोस् | त्यो सतो गुणको स्थान हो | तर एक मन्दिर, भगवानको मन्दिर, रजो गुण र सतो गुणभन्दा माथि छ | तसर्थ मन्दिर यस युगको लागि एकमात्र एकान्त स्थान हो | तपाई जङ्गलमा एकान्त स्थानमा जान सक्नुहुन्न | यो असम्भव छ | र यदि तपाईले तथाकथित कक्षामा देखावटी योग अभ्यास गर्नुहुन्छ र हरेक प्रकारको बेकार कार्यहरुमा संग्लग्न हुनुहुन्छ, त्यो योग अभ्यास होइन | यहाँ योग अभ्यास कसरी गर्ने सुझाव छ | अघि बढ |

तमाल कृष्ण: " तसर्थ बृहन् नारदीय पुराण​मा भनिएको छ कि कलि युगमा, वर्तमान युगमा, जब मानिसहरुको आयु छोटो हुन्छ, अध्यात्मिक अनुभूतिमा मान्द, र सधैं विभिन्न चिन्ताले व्याकुल, अध्यात्मिक अनुभूतिको उत्कृष्ट मार्ग भनेको भगवानको पवित्र नाम जप्नु हो | झगडा र कपटको यस युगमा, मुक्तिको एकमात्र बाटो भनेको भगवानको पवित्र नाम जप्नु हो | सफलताको कुनै अरु उपाय छैन |"

प्रभुपाद: हो | बृहन् नारदीय पुराण​मा त्यो सुझाव छ | हरेर् नाम हरेर् नाम हरेर् नामैव केवलम् कल्औ नास्त्य् एव नास्त्य् एव नास्त्य् एव गतिर् अन्यथा (चै च अदि १७।२१) हरेर् नाम, केवल भगवानको पवित्र नाम जप्नुहोस् | त्यो आत्मानुभूति वा ध्यान वा एकाग्रताको एकमात्र विधि हो | र अर्को कुनै विकल्प छैन, कुनै विकल्प छैन, कुनै विकल्प छैन | अरु अभ्यासहरु सम्भव हुनेछैनन् | र यो यति राम्रो छ कि एउटा बच्चाले पनि यसमा भाग लिन सक्छ | यो सार्वभौमिक छ | (अन्त्य)