NE/Prabhupada 0659 - केवल इमान्दारीपूर्वक र विनम्रतापूर्वक सुन्ने, तब कृष्णलाई बुझ्न सकिनेछ



Lecture on BG 6.13-15 -- Los Angeles, February 16, 1969

प्रभुपाद: हँ ?

भक्त: प्रभुपाद, हजुरले भन्नुभयो कि कृष्णको अंग छैन, आँखा छैन, कुनै रुप छैन जुन हामीले बुझ्न सक्छौं | त्यसो भए हामीले कृष्णको रुप कसरी बुझ्ने जुन हामीलाई चित्र र मुर्तिमा दिइएको छ ?

प्रभुपाद: त्यो मैले व्याख्या गरिसकें | कि तिमीले केवल उहाँको सेवा गर्नुपर्छ, तब उहाँले आफुलाई प्रकट गराउनुहुन्छ | तपाईले कृष्णलाई आफ्नो आरोहण विधिबाट बुझ्न सक्नुहुन्न | तिमीले कृष्णको सेवा गर्नुपर्छ र कृष्ण तपाई समक्ष प्रकट हुनुहुन्छ | त्यो भगवद गीतामा वर्णित छ, तपाईले दशौँ अध्यायमा पाउनुहुन्छ | तेषाम् एवानुकम्पार्थम् अहम् अज्ञान​-जं तमः नाशयाम्य् आत्म​-भाव​-स्थो ज्ञान​-दीपेन भास्वता (भ गी १०|११) "जो मेरो सेवामा सधैं संग्लग्न हुन्छन्, केवल उनीहरुलाई विशेष कृपा देखाउन," तेषाम् एवानुकम्पार्थम्, अहम् अज्ञान​-जं तमः नाशयामि | "म सम्पूर्ण प्रकारको अज्ञानताको अन्धकार ज्ञानको प्रकासले नष्ट गर्दिन्छु |" कृष्ण तिमी भित्र हुनुहुन्छ | र जब तिमी भक्तिद्वारा कृष्णलाई इमान्दारीपूर्वक खोज्छौ, जसरी भगवद गीतामा वर्णित छ, तिमीले अठारौं अध्यायमा पाउँछौ, भक्त्या माम् अभिजानाति (भ गी १८|५५) | "एकले मलाई केवल यस भक्तिको विधिबाट बुझ्न सक्छ |" भक्त्या | र भक्ति के हो ? भक्ति यो हो: श्रवणं कीर्तनं विष्णोः (श्री भा ७|५|२३) | विष्णुको बारेमा केवल सुन्ने र जप्ने | यो भक्तिको सुरुवात हो | त्यसैले यदि तिमीले इमान्दारीपूर्वक र विनम्रतापूर्वक सुन्छौ, तब तिमीले कृष्णलाई बुझ्नेछौ | कृष्णले आफुलाई तिमी समक्ष प्रकट गर्नुहुन्छ | श्रवणं कीर्तनं विष्णोः स्मरणं पाद​-सेवनम् अर्चनं वन्दनं दास्यम्, नौ प्रकारका विधिहरु छन् | त्यसैले वन्दनम्, प्रार्थना गर्नु, त्यो पनि भक्ति हो | श्रवानम्, सुन्नु | जस्तै हामीले कृष्णको बारेमा यस भगवद गीताबाट सुन्दैछौं | उहाँको महिमागान गर्नु, हरे कृष्ण | यो सुरुवात हो | श्रवणं कीर्तनं विष्णोः (श्री भा ७|५|२३) | विष्णु भनेको....... सबै विष्णु हुनुहुन्छ | यो ध्यान विष्णु हुनुहुन्छ | भक्ति विष्णु हुनुहुन्छ | विष्णु बिना हुँदैन | र कृष्ण विष्णुको मूल रुप हुनुहुन्छ | कृष्णस् तु भगवान् स्वयम् (श्री भा १|३|२८) | सर्वोच्च पुरुषोत्तम भगवानको मूल रुप | त्यसैले यदि हामीले यो विधि पालन गर्छौं तब हामीले बिना कुनै शंका बुझ्नेछौँ |