NE/Prabhupada 0660 - यदि तपाईले केवल आफ्नो यौन जीवन रोक्नुहुन्छ भने तपाई धेरै शक्तिशाली मानिस बन्नुहुन्छ



Lecture on BG 6.13-15 -- Los Angeles, February 16, 1969


तमाल कृष्ण: तेह्र र चौध: "एक मानिसले आफ्नो शरीर, घाँटी र टाउको एउटा सिधा रेखामा राख्नुपर्छ र स्थिर रुपमा नाकको टुप्पोमा हेर्नुपर्छ | तसर्थ, एउटा अनुत्तेजित, अधिनमा रहेको मनसँग, त्रासमुक्त र यौन जीवा बाट पूर्ण रुपले मुक्त भएर, उसले आफ्नो हृदयमा ममाथि ध्यान गर्नुपर्छ र मलाई जीवनको अन्तिम लक्ष्य बनाउनुपर्छ (भ गी ६|१३) |"

प्रभुपाद: यो विधि हो | सर्वप्रथम तपाईले राम्रो स्थान चुन्नुपर्छ, एकान्त स्थान र तपाईले एक्लै गर्नुपर्छ | यो होइन कि तपाई योग-कक्षा जानुपर्छ र आफ्नो पैसा तिर्नुपर्छ र केहि व्यायाम गर्नुपर्छ र घर फर्केर सबै नचाहिने कार्य गर्नुपर्छ | तपाई देख्नुहुन्छ ? यी सब हास्यास्पद कुराहरुबाट नाबाँधिनुहोस् | तपाई देख्नुहुन्छ ? केवल...... त्यस्तो समाज, मैले घोसना गर्न सक्छु, ठग र ठगिनेको समाज हो | तपाई देख्नुहुन्छ ? यहाँ अभ्यास छ | यहाँ तपाईले देख्न सक्नुहुन्छ | र परम अधिकारि, कृष्णद्वारा बोलिएको | के कुनै व्यक्ति छ, कृष्णभन्दा राम्रो योगी ? यहाँ आधिकारिक बयान छ | कि तपाईले यसरि अभ्यास गर्नुपर्छ | अब, एक मानिसले आफ्नो शरीर....... सर्वप्रथम तपाईले आफ्नो स्थान छान्नुपर्छ, पवित्र स्थान, एक्लै र विशेष आसन | तब तपाई यसरी सिधा बस्नुपर्छ | "एक मानिसले आफ्नो शरीर, घाँटी र टाउकोलाई सिधा राख्नुपर्छ |" सिधा रेखा | यो यिग विधि हो | यी कुराहरुले मनलाई एकाग्र पार्न मदत गर्छ | त्यति हो | तर योगको वास्तविक प्रयोजन भनेको सधैं कृष्णलाई तपाईभित्र राख्नु हो | यहाँ भनिएको छ कि "एक मानिसले आफ्नो शरीर, घाँटी र टाउको सिधा रेखामा रखुपर्छ र स्थिर रुपमा नाकको टुप्पोमा हेर्नुपर्छ |" अब यहाँ, तपाईले हेर्नुपर्छ | र यदि तपाईले बन्द गर्नुहुन्छ, ध्यान, तपाई सुत्नुहुनेछ | मैले देखेको छु | धेरै तथाकथित ध्यान गर्नेहरु, तिनीहरु सुत्दैछन् | (घुरेको आवाज निकाल्नुहुन्छ) मैले देखेको छु | तर जब तपाईले आफ्नो आँखा बन्द गर्नुहुन्छ यो प्राकृतिक हो कि तपाईलाई निद्र लाग्नेछ, तपाई देख्नुहुन्छ ? तसर्थ, आधा-बन्द | तपाईले हेर्नुपर्छ | त्यो विधि हो | तपाईले आफ्नो नाकको टुप्पोमा हेर्नुपर्छ, दुई आँखा | तसर्थ अविचलित मनसँग...... यो विधिले तपाईलाई आफ्नो मन एकाग्र, अविचलित, अधिनमा , त्रासमुक्त पार्न मदत गर्छ | हो | किनकि तपाईले...... साधारणतया योगीहरूले जङ्गलमा अभ्यास गर्ने गर्थे, र यदि उसले सोच्छ कि,"कुनै बाग आएको छ कि छैन, त्यो के हो ?" (हाँसो) तपाई देख्नुहुन्छ ? वा एउटा सर्पो आउँदैछ | किनकि तपाई जङ्गलमा एकै बस्नुपर्छ | तपाई देख्नुहुन्छ | धेरै पशुहरु हुन्छन् | बाग र मृग र सर्पो | तसर्थ यो विशेषगरी वर्णित छ,"त्रासमुक्त |" मृगचर्म विशेषगरि योग-आसनमा प्रयोग हुन्छ किनकि यसको केहि चिकित्सा सम्बन्धि असर हुन्छ कि सर्पोहरु आउँदैनन् | यसी तपाई त्यस चर्ममा बस्नुहुन्छ, सर्पो र अरु पशु त्यहाँ आउँदैनन् | त्यो प्रयोजन हो | तपो विचलित हुनुहुँदैन | त्रासमुक्त, यौन जीवनबाट पूर्ण रुपले मुक्त | यदि तपाई यौन जीवनमा संग्लग्न हुनुहुन्छ, तपाईले आफ्नो मन केहिमा संग्लग्न गराउन सक्नुहुन्न | त्यो ब्रह्मचारी जीवनको असर हो | यदि तपाई ब्रह्मचारी रहनुहुन्छ, यौन जीवन बिना, तब तपाई दृढ हुन सक्नुहुन्छ | जस्तै हामीले भारतमा महात्मा गान्धीको व्यवहारिक उदाहरण देखेका छौं | अहिले, उनले एक अभियान सुरु गरे, अहिंसा, असहयोग | त्यस अभियान, शक्तिशाली बेलायती साम्राज्यमाथि युद्ध घोषणा भएको थियो | र उनी दृढ थिए कि "म बेलायतीसँग अहिंसाले लड्नेछु | कुनै अस्त्र बिना |" किनकि भारत निर्भर थियो, त्यहाँ कुनै हतियार थिएन | र धेरै पटक यो प्रयास भएको थियो, शास्त्रसहितको क्रान्ति | तर यी बेलायतीहरु धेरै शक्तिशाली थिए, तिनीहरुले हराइदिन्थे | त्यसैले गान्धी, उनले यो विधि आविष्कार गरे, कि "म बेलायतीहरुसँग युद्ध गर्नेछु, उनीहरु हिंस्रक भए पनि, म हिंस्रक हुनेछैन | त्यसैले मैले संसारको सहानुभूति पाउनेछु |" र यो उनको योजना थियो | उनी महान नेता थिए | तर उनको दृढता यति अचल थियो किनकि उनी एक ब्रह्मचारी थिए | छत्तिस वर्षको उमेरमा उनले त्यागिदिए | उनकी पत्नी थिइन् तर उनले यौन जीवन त्यागिदिए | उनी पारिवारिक पुरुष थिए, उनका बच्चा थिए, उनकी पत्नी थिइन् | तर छत्तिस वर्षको उमेर देखि, युवा, उनले आफ्नी पत्नीसँगको यौन जीवन त्यागिदिए | त्यसले उनलाई यति दृढ बनायो कि "म यी बेलायतीहरुलाई भारतको जमिनबाट भगाउनेछु," र उनले त्यसो गरे | तपाई देख्नुहुन्छ ? र वास्तवमा उनले त्यसो गरे | त्यसैले यौन जीवन नियन्त्रण गर्नु, यौन जीवनबाट अलग हुनु यति शक्तिशाली हुन्छ | तपाईले केहि नगरे पनि, यदि तपाईले केवल आफ्नो यौन जीवन रोक्नुहुन्छ, तपाई धेरै शक्तिशाली मानिस बन्नुहुन्छ | मानिसलाई रहस्य थाहा छैन | त्यसैले तपाई जे गर्नुहुन्छ, यदि तपाई दृढतापुर्वक गर्न चाहनुहुन्छ, तपाईले यौन जीवन रोक्नुपर्छ | त्यो रहस्य हो | त्यसैले कुनै विधि, वैदिक विधि लिनुहोस् | तपाई योग विधि लिनुहोस् वा भक्ति विधि वा ज्ञान विधि, कुनै विधिमा यौन संग्लाग्नता स्वीकृत छैन, छैन | यौन संगग्न्ता केवल पारिवारिक जीवनमा स्वीकृत छ, केवल राम्रा बच्चा जन्माउन | त्यति हो | यौन जीवन इन्द्रियतृप्तिको लागि होइन | त्यसमा प्राकृतिक रुपले आनन्द भए तापनि | जबसम्म त्यसमा आनन्द हुँदैन, कसैले पारिवारिक जीवनको आनन्द किन लिन्छ ? यो प्राकृतिक उपहारको रहस्य हो | तर हामीले यसको फाइदा उठाउनुहुँदैन | यी जीवनका रहस्य हुन् | (सँगै): तिमीले यो लिन सक्छौ | यी जीवनका रहस्य हुन् | त्यसैले योग अभ्यास, यति राम्रो कुरा | यदि तपाई यौन जीवनमा संग्लग्न हुनुहुन्छ, यो केवल बेकार हो | केवल बेकार | र यदि कसैले भन्छ कि तपाई आफ्नो यौन जीवनसँग आफुले चाहे जति चल्दै जानुहोस्, र उही समयमा तपाई योगी बन्नुहोस्, केवल मेरो पैसा तिर्नुहोस् | म तपाईलाई 'जादुयी मन्त्र दिन्छु' | यी सब बेकार हुन् | सब बेकार | तर हामी ठगिन चाहन्छौं | हामी ठगिन चाहन्छौं | हामी केहि दिव्य धेरै सस्तोमा चाहन्छौं | त्यसको मतलब हामी ठगिन चाहन्छौं | यदि तपाई धेरै राम्रो कुरा चाहनुहुन्छ तपाईले पैसा तिर्नुपर्छ | "होइन | म एउटा पसलमा जानेछु, महाशय, म तपाईलाई दस सेन्ट तिर्छु, तपाई मलाई यसको सर्वोत्तम कुरा दिनुहोस् |" तपाई कसरी आश गर्न सक्नुहुन्छ, दस सेन्टले ? यदि तपाई केहि मुल्यवान चाहनुहुन्छ, यदि तपाई सुन किन्न चाहनुहुन्छ, तब तपाईले त्यसको लागि तिर्नुपर्छ | त्यसैगरि यदि तपाई योग अभ्यासमा पूर्णता चाहनुहुन्छ, तब तपाईले त्यसको लागि यसरी तिर्नुपर्छ | यसलाई कुनै बच्चा गतिविधि नबनाउनुहोस् | यो भगवद गीताको उपदेश हो | यदि तपाई यसलाई बच्चा गतिविधि बनाउनुहुन्छ तब तपाई ठगिनुहुनेछ | र धेरै ठगहरु तपाईलाई ठग्न तयार छन् र तपाईको पैसा लिन्छन् र भाग्छन् | त्यति हो | यहाँ बयान छ, आधिकारिक बयान | यौन जीवनबाट मुक्त |