NE/Prabhupada 0663 - कृष्णसँगको सम्बन्ध पुनर्स्थापित गर्ने । यो योग अभ्यास हो



Lecture on BG 6.13-15 -- Los Angeles, February 16, 1969


तमाल कृष्ण: तात्पर्य: "योग अभ्यासको अन्तिम लक्ष्य यहाँ स्पष्टसँग व्याख्या गरिएको छ |"

प्रभुपाद: अहिले स्पष्टसँग व्याख्या गरिएको छ | योगको प्रयोजन के हो ? तिनीहरु योगी बन्नुमा र योग-कक्षामा उपस्थित हुनमा धेरै गर्व गर्छन् | तर यहाँ योग अभ्यास छ | स्पष्टसँग व्याख्या गरिएको | अघि बढ |

तमाल कृष्ण: "योग अभ्यास कुनै भौतिक सुविधा प्राप्त गर्नको लागि होइन | यो सम्पूर्ण भौतिक अस्तित्वको समाप्ति हो |"

प्रभुपाद: जबसम्म तपाईलाई भौतिक सुविधा चाहिन्छ, तपाईले भौतिक सुविधा पाउनुहुन्छ, तर त्यो तपाईको जीवनका समस्याको समाधान होइन | भौतिक सुविधाहरु, मलाई लाग्छ तपाई अमेरिकी युवा र युवतीहरु, तपाईसँग अन्य कुनै राष्ट्र भन्दा राम्रो भौतिक सुविधा छ | कम्तिमा भारतभन्दा राम्रो, त्यो मैले मेरो अनुभवबाट भन्न सक्छु | र मैले धेरै राष्ट्रहरुमा यात्रा गरिसकें, जापानमा पनि मैले देखेको छु, तर तपाईहरु राम्रो अवस्थामा हुनुहुन्छ | तर के तपाईलाई लाग्छ तपाईले शान्ति प्राप्त गर्नुभयो ? के कसैले भन्न सक्छ,"हो, म पूर्णत: शान्तिमा छु" ? तब किन युवावर्ग किन यति विचलित र भ्रमित छन् ? त्यसैले जबसम्म हामीले योग-अभ्यास उपयोग गर्नेछौं, यो अभ्यास, केहि भौतिक सुविधाको लागि, शान्तिको कुनै प्रश्न छैन | योग अभ्यास कृष्णलाई बुझ्नको लागि गर्नुपर्छ, त्यति हो | वा तपाईको कृष्णसँगको सम्बन्ध पुनर्स्थापना गर्न | त्यो योग अभ्यास हो | अघि बढ |

तमाल कृष्ण: "जो स्वास्थमा प्रगति वा भौतिक वस्तु इच्छा गर्छ......"

प्रभुपाद: साधारणतया यो योग अभ्यास स्वास्थ राम्रो गर्ने नाममा चल्दैछ | कोहि बोसो घटाउन जान्छ | तपाई देख्नुहुन्छ ? बोसो घटाउन | किनकि तपाई धनि राष्ट्र हुनुहुन्छ, तपाई धेरै खानुहुन्छ र मोटो हुनुहुन्छ, र तब फेरी तपाई योग अभ्यासको शुल्क तिर्नुहुन्छ र आफ्नो बोसो घटाउनु | त्यो चल्दैछ | मैले अर्को दिन एउटा विज्ञापन देखेको थिएँ,"आफ्नो बोसो घटाउ |" किन आफ्नो बोडो बढाउने ? यो नचाहिने कुरा तिनीहरुले बुझ्दैनन् | कि यदि मैले घटाउनु पर्छ, किन यसलाई बढाउने ? किन सरल भोजनसँग सन्तुष्ट नहुने ? यदि तपाई अन्न र सागपात र हलुका भोजन खानुहुन्छ, तपाई कहिल्यै मोटो हुनुहुन्न | तपाई देख्नुहुन्छ ? तपाई कहिल्यै मोटो हुनुहुनेछैन | भोजन सक्दो घटाउनुहोस् | रातमा नखानुहोस् | योग अभ्यास यसरि गर्नुहोस् | यदि तपाई डरलाग्दोगरि खानुहुन्छ, तपाई........... दुई प्रकारका रोगहरु छन् | डरलाग्दोगरि खाने, तिनीहरुलाई मधुमेय हुन्छ र जसले पर्याप्त खाना सक्दैनन्, तिनिहरुई क्षयरोग हुन्छ | त्यसैले तपाई धेरै वा थोरै सक्नुहुन्न | तपाई केवल आफुलाई चाहिने खानुहोस् | यदि तपाई धेरै खानुहुन्छ, तब तपाई रोगी हुनुहुन्छ | र यदि तपाई थोरै खानुहुन्छ, तपाई रोगी हुनुहुन्छ | त्यसको व्याख्या हुनेछ | युक्ताहार​-विहारस्य​… योगो भवति सिद्धि न (भ गी ६|१७) तपाई भोको बस्नुपर्ने होइन, तर धेरै नखानुहोस् | हाम्रो कार्यक्रम, कृष्ण प्रसादम्, भनेको तपाई कृष्ण-प्रसादम् खानुहोस् | खानु जरुरि छ- तपाईए आफ्नो शरीर स्वस्थ राख्नुपर्छ, कुनै पनि अभ्यासको लागि | त्यसैले खानु जरुरि छ | तर धेरै नखानुहोस् | थोरै पनि नखानुहोस् | हामी भन्दैनौं कि तपाई थोरै खानुहोस् | यदि तपाई दश पाउण्ड खाना सक्नुहुन्छ, खानुहोस् | तर यदि तपाई दश पाउण्ड खाना सक्नुहुन्न, लोभले गर्दा, यदि तपाई दश पाउण्ड खानुहुन्छ, तब तपाईले पिडा भोग्नुपर्छ | तपाई देख्नुहुन्छ? त्यसैले यहाँ छ, त्यो के हो ? कुनै भौतिक सुविधा छैन | अघि बढ |